राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साढे दुई दशकभन्दा बढीको इतिहासमा सात जना अध्यक्ष भए । त्यसमध्ये पहिलो महिला अध्यक्ष रीता थापा मगर हुनुहुन्छ ।
छोरीमान्छेले सारङ्गी बजाउनु हुन्न भन्ठान्ने समुदायका लागि एउटा गतिलो अपवाद हुनुहुन्छ, बर्त गन्धर्व । भोजपुरमा जन्मिएकी उहाँले सात वर्षको उमेरमै सारङ्गी बजाउन थाल्नुभएको थियो ।