२०४६ साल चैत २४ गते काठमाडौँको न्यूरोडमा फोटो खिच्दै कियोको ओगुरा

    689
    0

    २०४६ सालको ऐतिहासिक जनआन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने क्रममा २०४६ चैत २४ गते एकजना विदेशी नागरिकले आन्दोलनको तस्विर खिच्दै गर्दाको तस्विर प्रकाशन गरेका छौँ । काठमाडौँको न्यूरोडमा फोटो खिच्दै गर्नुभएकी कियोको ओगुरा त्यो बेला जापानबाट आउनुभएको थियो । उहाँले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको बारेमा पुस्तक पनि लेख्नुभएको छ ।

    यो तस्विर मिन रत्न बज्राचार्यले खिच्नुभएको हो ।

    सन्धानको जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष अन्तर्गत हामीले कियोको ओगुरासँग कुराकानी गरेका छौँ । उहाँसँगको कुराकानी हामी छिट्टै सन्धानमा प्रस्तुत गर्नेछौँ ।

    सन्धान, प्रकाशन मिति २०७८ चैत २५ गते शुक्रबार


    Previous article‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
    Next article‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी