Home Stories केही भएन महिनावारी नबार्दा (भिडियो सहित)

केही भएन महिनावारी नबार्दा (भिडियो सहित)

614
0

– गमता विक, प्रदेश सभा सदस्य, कर्णाली प्रदेश

गमता विक कर्णाली प्रदेशको प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २०३० पुस १० गते दैलेख जिल्ला साबिकको साताला गाविस (हालको आठबीस नगरपालिका वडा नम्बर १) मा भएको थियो । उहाँले गरिबी र अशिक्षामै हुर्किन पर्‍यो । आर्थिक अभावकै कारण उहाँले पढ्न पाउनु भएन । २०४९ असारमा उहाँको बिहे भयो ।

अहिले त बालविवाह हुने गरेको कर्णालीको त्यतिबेलाको समाजमा गमताको बिहे १९ वर्षमा भएको थियो । उहाँका २०५३ सालमा छोरा र २०५५ सालमा छोरी जन्मिए । उहाँले दुई जना मात्र सन्तान जन्माउनुभयो । धेरै सन्तान जन्माउनुपर्छ भन्ने मान्यता भएको त्यो बेलामा पनि श्रीमान्‌लाई सम्झाइबुझाइ दुई सन्तान भएपछि परिवार नियोजन गर्नुभयो । उहाँका अनुसार, विवाह र दुई मात्र सन्तान जन्माउनु पनि त्यो बेलाको समाजमा एक किसिमको विद्रोह मानिन्थ्यो । आफ्नो जीवनलाई फर्केर हेर्दा उहाँ आफू सानैदेखि बोलिहाल्नुपर्ने खालको भएको स्मरण गर्नुहुन्छ । दलित समुदायमाथि समाजबाट विभेद र अन्याय भइरहेको छ भन्ने महसुस त उहाँलाई सानै उमेरमा भएको थियो ।

पहिले महिनावारी भएको छु भनेर टोलछिमेकका दिदीबहिनीलाई भन्ने उहाँले पछि त महिनावारी भएको छु वा छैन भनेर सुनाउन पनि छाड्नुभयो । गाउँका मानिसहरूले भने सोधखोज गर्न थाले । सोधखोज गर्नेलाई उहाँले आफूले ‘छाउ’ नबारेको र त्यसबाट आफूलाई कुनै हानिनोक्सानी नभएको भनेर जवाफ दिन थाल्नुभयो ।

विद्यालय जाने उमेर घाँसदाउरा, गोठाला र खेतीपातीमा बिताएकी गमताले २०५६ सालमा प्रौढ शिक्षा लिने अवसर पाउनुभयो । त्यसअघि २०५४ सालदेखि नै उहाँ राजनीति र सामाजिक कामहरूमा सक्रिय हुनुहुन्थ्यो । छोरीलाई पनि पढाउनुपर्छ, महिनावारी बार्न पर्दैन, जातीय छुवाछुत हुनु हुँदैन भन्ने अभियानमा उहाँ लाग्न थालिसक्नुभएको थियो । दैनिक घरपरिवारको काम र मेलापात गर्नु त छँदै थियो । त्यसका अतिरिक्त प्रौढ कक्षा बढ्दै जाँदा उहाँ आफ्नो नाम लेख्न र नेपाली किताबहरू बिस्तारै पढ्न सक्ने हुनुभयो । पढाइसँगै सामाजिक र राजनीतिक काममा सहभागी हुन थालेपछि उहाँ धेरैको नजरमा पर्नुभयो । हुन त २०५४ सालमै उहाँ नेकपा एमालेको गाउँ कमिटीको सदस्य बनिसक्नुभएको थियो । त्यसपछिको राजनीतिक यात्रा पनि अहिलेसम्म निरन्तर रहेको उहाँको भनाइ छ ।

छोरी पहिलो पटक महिनावारी हुँदा उहाँले छोरीलाई छाउगोठ पठाउनु भएन । ‘यो गर्नु हुँदैन’, ‘त्यो गर्नु हुँदैन’ पनि भन्नुभएन । बरु त्यतिबेला टोलछिमेकलाई बोलाएर खुसीयाली मनाउनुभयो । एक हिसाबले भन्दा छोरीको पहिलो महिनावारीलाई गमताले उत्सव बनाइदिनुभयो ।

छाउप्रथा विरुद्धको अभियान पनि गमताको प्रमुख अभियान हो । छोराछोरी सानै थिए, आफू महिनावारी भएको बेला खाना पस्केर दिने मान्छे पनि नहुँदा उहाँलाई दुःख लाग्थ्यो । खाना आफैँ पस्किन पहिले त उहाँलाई ‘देउताको डर’ लाग्थ्यो ! तर बिस्तारै सोच्न थाल्नुभयो– ‘कहिलेसम्म यसरी बस्ने ?’ त्यसपछि उहाँ ‘जान नमिल्ने’ भनिएका ठाउँहरूमा जान थाल्नुभयो । घरबाहिर र भित्रका सबै काम गर्न थाल्नुभयो । पहिले महिनावारी भएको छु भनेर टोलछिमेकका दिदीबहिनीलाई भन्ने उहाँले पछि त महिनावारी भएको छु वा छैन भनेर सुनाउन पनि छाड्नुभयो । गाउँका मानिसहरूले भने सोधखोज गर्न थाले । सोधखोज गर्नेलाई उहाँले आफूले ‘छाउ’ नबारेको र त्यसबाट आफूलाई कुनै हानिनोक्सानी नभएको भनेर जवाफ दिन थाल्नुभयो । उहाँको त्यस्तो जवाफले धेरैलाई अचम्मित बनायो । तर, बिस्तारै उहाँको अभियानमा महिलाहरूले साथ दिन थाले । उहाँले ती महिलाहरूलाई समेटेर समूह नै बनाउनुभयो ।

परिवर्तन आफैँबाट गर्नुपर्छ भन्ने गमताले आफूले महिनावारी हुँदा बार्न छाड्नुभयो । त्यसपछि उहाँकी छोरीलाई पनि महिनावारी बार्नु परेन । उहाँको अभियानले धेरै छोरीहरू अहिले छाउगोठ जानु नपर्ने भएको छ ।

छोरी पहिलो पटक महिनावारी हुँदा उहाँले छोरीलाई छाउगोठ पठाउनु भएन । ‘यो गर्नु हुँदैन’, ‘त्यो गर्नु हुँदैन’ पनि भन्नुभएन । बरु त्यतिबेला टोलछिमेकलाई बोलाएर खुसीयाली मनाउनुभयो । एक हिसाबले भन्दा छोरीको पहिलो महिनावारीलाई गमताले उत्सव बनाइदिनुभयो । उहाँले त्यो कुरामा छोरीसँग पनि सल्लाह गर्नुभएको थियो । श्रीमान् हरि विकले त गमताको अभियानलाई सुरूदेखि नै साथ दिँदै आउनुभएको छ । परिवर्तन आफैँबाट गर्नुपर्छ भन्ने गमताले आफूले महिनावारी हुँदा बार्न छाड्नुभयो । त्यसपछि उहाँकी छोरीलाई पनि महिनावारी बार्नु परेन । उहाँको अभियानले धेरै छोरीहरू अहिले छाउगोठ जानु नपर्ने भएको छ । उहाँ र उहाँ जस्तै महिलाहरूले सुरु गरेको अभियान अहिले तीनै तहका सरकारहरूको पनि प्राथमिकतामा परेको छ ।

सामाजिक अभियान र राजनीतिसँगै गमताले २०६४ देखि २०७५ सालसम्म महिला स्वास्थ्य स्वयंसेविका भएर पनि समुदायमा योगदान गर्नुभयो । २०७४ सालमा स्थानीय तहको निर्वाचनमा आठबिस नगरपालिका दैलेखको उपप्रमुखका लागि उहाँले प्रतिस्पर्धा गर्नुभयो र हारलाई स्वीकार गर्नुभयो ।

गमता नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुनुहुन्छ । प्रस्तुत छ, छाउपडी विरुद्धको अभियानलगायत विभिन्न अभियान र राजनीतिबारे गमता विकसँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गर्नुभएको कुराकानीको सम्पादित अंश :

महिनावारी र छाउपडी विरुद्धका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०८० असार २९ गते, शुक्रबार


Previous articleमहिलाहरू आफैँले टेकेर हिँड्न सक्नुपर्छ (भिडियो सहित) – रजनी जोन्छेँ
Next articleयौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमा पनि पितृसत्ता हाबी (भिडियो सहित) – उमिशा पाण्डे