Home Opinion महिनावारी भएको भनेर ऋषि पञ्चमीमा ‘चोखिनु/चोख्याउनु’ गलत अभ्यास हो – राधा पौडेल...

महिनावारी भएको भनेर ऋषि पञ्चमीमा ‘चोखिनु/चोख्याउनु’ गलत अभ्यास हो – राधा पौडेल (भिडियाे सहित)

1212
0

आज ऋषि पञ्चमी । हरेक वर्ष तीजको लगत्तैपछि पर्ने भाद्र शुक्ल पञ्चमीको दिन विशेष गरी हिन्दु महिलाहरूले पूजाआजा गरी मनाउँछन् । महिनावारी भएका बेला जानीनजानी ‘छाइछुइ’ भएको रहेछ भने ‘पाप’ लाग्छ र यस्तो ‘पाप पखाल्नका लागि’ भनेर रजस्वला हुन आरम्भ भएका किशोरीदेखि महिलाहरूलाई यो दिन सप्तऋषि आदिको पूजा गर्न लगाइएको पाइन्छ । वर्ष दिनको प्रतीकको रूपमा ऋषि पञ्चमीको एक दिन दतिवन, माटोलगायतले ३६५ पटक नै नुहाउनुपर्छ भन्ने मान्यता र पूजाआजा गर्ने प्रचलन रहिआएको छ । अहिले यसको औचित्यमाथि प्रश्न उठाउँदै वैज्ञानिक ढङ्गले विश्लेषण पनि गर्न थालिएको छ ।

महिनावारीलाई पाप ठानेर ‘चोखिने र चोख्याउने’ मान्यताका साथ पूजाआजा गर्नु र गराउनुलाई गलत अभ्यासका रूपमा पनि हेर्न थालिएको छ । यसबारे बहस पनि मुखर हुँदै आइरहको छ । जीवविज्ञानको आधारमा महिनावारी हुनु शारीरिक प्रक्रिया मात्रै हो । यसैले यसबारे मौनता तोडौँ, खुलेर कुरा गरौँ भन्दै सामाजिक अभियन्ताहरूले चेतनामूलक कार्यक्रम र अभियानहरू चलाउँदै आइरहेका छन् । झन्डै चार दशकदेखि मर्यादित महिनावारीको अभियान चलाउँदै आउनुभएकी अभियन्ता राधा पौडेलसँग आज हामीले महिनावारीकै विषयमा खुलेर कुराकानी गरेका छौँ । प्रस्तुत छ, ‘सन्धान’ का लागि उहाँसँग गार्डिका बज्राचार्यले गरेको भिडियो कुराकानीको सम्पादित अंश :

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ भदाै १६ गते, बिहीवार


Previous articleधम्मु, रत्नकली र राजलक्ष्मीहरूको उद्यमशीलता
Next articleकाठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी (फोटो फिचर)