Home Photo Feature इन्द्रजात्राको अन्तिम दिनमा महिलाले यसरी ताने रथ (फोटोफिचर)

इन्द्रजात्राको अन्तिम दिनमा महिलाले यसरी ताने रथ (फोटोफिचर)

738
0

काठमाडौंमा सप्ताहव्यापी रुपमा मनाइने इन्द्रजात्रा महिलाले रथयात्रा गरेका छन् । इन्द्रोत्सवको आठौँ तथा अन्तिम दिन हिजो (बुधबार) महिलाहरुकै नेतृत्व र सहभागितामा रथ तान्ने (नानीचा याः) मनाइएको हो । रथयात्रामा कुमारीको रथ तान्नका लागि तीन सय जना, भैरव र गणेश रथयात्राका लागि एक एकसय गरी जम्मा पाँचसय महिलाहरुले रथयात्रा निकालेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ । वसन्तपुरस्थित कुमारी घरबाट महिलाहरुले तान्न सुरु गरेको रथ यट्खा, नरदेवी, भेडासिंह, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि वसन्तपुर ल्याएर सम्पन्न गरिएको थियो।

इन्द्रजात्रा २०७९ को अन्तिम दिनमा विभिन्न भूमिकामा रहेर महिलाहरुले उल्लासमय रुपमा जात्रा मनाइरहेको फोटोको फोटोफिचर :

हर्ष र उत्साहपूर्वक रुपमा रथ तान्दै गरेका महिलाहरू ।
नेवारी पहिरनमा सजिएर धिमे बाजा बजाउँदै किशोरी ।
इन्द्रजात्राको अन्तिम दिन बुधबार रथ तान्दै ।
टोलटोलमा आफ्ना गुठीका सदस्यहरूका लागि ‘समयबजी’ तयार गरी लैजाँदै ।
रथयात्राका लागि हात समाएर लामबद्ध हुँदै ।
परम्परागत बाजागाजा बजाउँदै युवाहरू ।
रथयात्रामा सहभागी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल ।
रथ तान्नेहरू जात्रा झल्किने सेतो टिसर्टमा ।
रथयात्रामा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरू ।
महिलाहरूले रथ तानेको हेर्न पुगेकी अपाङ्गता भएकी महिला ।
रथयात्रालाई व्यवस्थित गर्न तैनाथ स्काउटका स्वयंसेवकहरू ।
रथयात्रा शुरु हुनुअघि हनुमानढोकामा भेला भएका रथ तान्ने महिलाहरू
रथयात्रामा प्राथमिक स्वास्थ्य उपचारका लागि खटिएका रेडक्रसका स्वयंसेवकहरू
उत्साहपूर्वक इन्द्रजात्रामा रथ तान्दै गरेका महिलाहरू ।

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ भदाै ३० गते, बिहीवार


Previous articleवनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’
Next articleमैले देखेको विभेदकारी जितिया