काठमाडौँ उपत्यकामा यतिबेला महत्त्वपूर्ण पर्वका रूपमा मानिने इन्द्रजात्रा चलिरहेको छ । भदौ २२ गते हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्ति अगाडि विधिवत लिङ्गो ठड्याइएसँगै यस वर्षको इन्द्रजात्रा सप्ताह सुरु भएको छ । यो उपत्यकाको एउटा लामो जात्रा पनि हो । यसलाई इन्द्रोत्सव पनि भनिन्छ । यसको प्रमुख आकर्षण रथयात्रालाई मानिन्छ ।
पछिल्लो ३ वर्षदेखि इन्द्रजात्रामा महिलाहरूले पनि रथ तान्ने गरेका छन् । अहिले इन्द्रजात्राको अन्तिम दिन महिलाहरूले रथ तान्ने (नानीचा याः) भनेर परम्परा नै बसिसकेको छ । पछिल्लो केही वर्ष यता जात्राभर गरिने विभिन्न प्रक्रियामा महिलाहरूको सहभागिता, नेतृत्व र भूमिका उत्साहजनक देखिँदै आएको छ ।
‘सन्धान’ ले संस्कृतिविद् डा. चुन्दा बज्राचार्यसँग रूपान्तरित इन्द्रजात्रा र यसको पौराणिक कथनदेखि अहिलेसम्मको चलनका विषयमा कुराकानी गरेको छ । २०४९ सालमा ‘आधुनिक नाटक’ विषयमा विद्यावारिधी (पिएचडी) गर्नुभएकी उहाँ त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भएर सेवानिवृत्त भइसक्नुभए पनि विश्वविद्यालयमै अध्यापनरत हुनुहुन्छ । उहाँ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी संस्थापकमध्ये एक हुनुहुन्छ । प्रस्तुत छ, संस्कृतिविद् डा. बज्राचार्यसँग ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्यले गरेको कुराकानीको सम्पादित अंश :
याे पनि पढ्नुहाेला
- महिनावारी भएको भनेर ऋषि पञ्चमीमा ‘चोखिनु/चोख्याउनु’ गलत अभ्यास हो – राधा पौडेल (भिडियाे सहित)
- तीजलाई विद्रोह दिवसको रूपमा मनाउनुपर्छ – कल्पना धमला (भिडियो सहित)
- समाज परिवर्तन गर्ने राम्रो अवसर हुन सक्छ तीज –राधा पौडेल (भिडियो सहित)
- तीज मनाउनेबारे वैचारिक बहस गर्नुपर्छ – शान्ता मानवी (भिडियो सहित)
सन्धान प्रकाशन मिति : २०७९ भदाै २५ गते, शनिवार