राजनीतिमा अपाङ्गता भएका महिलाहरूको पहुँच बढाउन माग (फोटो फिचर)

अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा अन्त्य गरौँ, समावेशी नेतृत्वलाई प्रोत्साहन गरौँ भन्ने नारासहित भृकुटीमण्डपबाट सुरु भएको यात्राको अग्रभागमा दृष्टिबिहिन, ह्विलचेयर चलाएका सहभागि अगाडीको भागमा रहनु भएको छ ।

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान

तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानको आज पाँचौ दिन । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने यो अभियानको यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘टुवार्ड्स् थर्टी इयर्स अफ बेइजिङ डिक्लेरेसन एन्ड प्लाटफर्म फर एक्सन : युनाइट टु इन्ड भ्वाइलेन्स अगेन्स्ट विमिन’ (Towards 30 Years of the Beijing Declaration and Platform for Action : UNITE to End Violence Against Women) रहेको छ । नेपालमा २०५४ सालदेखि हरेक वर्ष यो अभियान मनाइँदै आएको छ । यस वर्षका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारा तय गरेको छ । लैङ्गिक आधारमा महिलामाथि हुने हिंसालाई मानवअधिकारको गम्भीर उल्लङ्घनको रूपमा लिइँदै आए पनि महिलामाथि हुने गरेका लैङ्गिक हिंसामा कमी हुन सकेको छैन । त्यसैले यस अभियानको अवसरमा विविध प्रकारका कार्यक्रम विभिन्न सङ्घसंस्था र निकायहरूले गरिरहेका छन् ।

यसैक्रममा आज (मङ्सिर १४ गते) काठमाडौँमा ‘अपाङ्गता भएका महिलाहरूको नेतृत्वमा अनुपम यात्रा’ भयो । ‘अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा अन्त्य गरौँ, समावेशी नेतृत्वलाई प्रोत्साहन गरौँ’ भन्ने नारासहित भएको यो यात्रा भृकुटीमण्डपबाट सुरु भएर पुतलीसडक बागबजार हुँदै भृकुटीमण्डपमै पुगेर कोणसभामा परिणत भएको थियो । यस यात्रामा अपाङ्गता भित्रका ह्विलच्येर प्रयोगकर्ता, अटिजम भएका, दृष्टिविहीन, सुनाइ तथा बोलाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता थियो । त्यसक्रममा उहाँहरूले अपाङ्गता भएका महिलामाथि हुने हिंसा अन्त्य गरौँ, राजनीतिमा अपाङ्गता भएका महिलाहरूको पहुँच बढाऔँ भन्दै गीत पनि गाएका थिए ।

प्रकाशन मिति : २०८१ मंसिर १४ गते, शुक्रवार

याे पनि पढ्नुहाेस्

Share this :