महिला दृष्टिकोणबाट २०४६ सालको जनआन्दोलन विशेष

    1057
    0

    नेपालमा २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र आयो । ‘नेपाल अन्तरिम शासन विधान, २००७’ लागु भयो । अन्तरिम संविधान मानिएको सो विधान करिब आठ वर्ष कायम रह्यो । २०१५ सालमा संसदीय चुनाव भयो । चुनावमा विजयी नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २०१६ जेठ १३ मा सरकार बनायो । तर, राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्थ गरे । उनले संसद्को दुवै सदन भङ्ग गरे र संविधानका अनेकौँ धाराहरू निलम्बन गरे । साथै, उनले शासनाधिकार हातमा लिएर राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए र पञ्चायती व्यवस्था सुरु गरे । तीन दशक पुग्दानपुग्दै पञ्चायती शासन व्यवस्थाविरुद्ध २०४६ भदौमा निर्णायक आन्दोलन गर्ने तयारी भयो ।

    नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई र संयुक्त वाममोर्चाका अध्यक्ष सहाना प्रधानले हस्ताक्षर गरेको कार्यक्रमसहितको पर्चा २०४६ माघ २७ गते सार्वजनिक भयो । र, पूर्वघोषित कार्यक्रमअनुसार फागुन ७ गते देशव्यापी जनआन्दोलन सुरु भयो । जनआन्दोलनको ५०औँ दिन पञ्चायती शासन व्यवस्थाको अन्त्य भयो । यसलाई २०१७ सालमा गुमेको प्रजातन्त्रको पुनर्बहाली भएको अर्थमा पनि लिइन्छ ।

    उक्त ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट त्यो आन्दोलन कस्तो थियो त ? ‘सन्धान’ ले त्यति बेलाको सम्झनालाई जीवित तुल्याउँदै छ । यसै क्रममा ‘२०४६ सालको जनआन्दोलनमा महिला नेतृत्व र सहभागिता’ शीर्षकमा अबको एक हप्ता जनआन्दोलनका सहभागी तथा विभिन्न किसिमबाट योगदान गरेका व्यक्तित्वहरूको अनुभव ‘सन्धान’ मार्फत प्रसारण/प्रकाशन गर्दै छौँ ।

    सन्धान, प्रकाशन मिति २०७८ चैत २१ गते सोमवार


    Previous articleसाधना प्रधान र कामाक्षादेवीः पहिलो सम्पादक महिला
    Next article२०४६ सालको जनआन्दोलनमा घरेलु हतियार सहित सहभागी महिलाहरु