Home Insight बालविवाह रोक्ने अभियानमा बाजुराका किशोरी

बालविवाह रोक्ने अभियानमा बाजुराका किशोरी

306
0

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ गुदुगाउँकी एक किशोरीले १५ वर्षमा के टेकेकी थिइन्, घरमा उनको विवाह गरिदिने कुरा चलिहाल्यो । परिवारले गाउँकै एक केटासँग बिहे गरिदिने तय पनि गरे । त्यति बेला ती किशोरी कक्षा ८ मा पढ्दै थिइन् । परिवारले गरेको निर्णयका विरुद्ध उनले हाकाहाकी बोल्न सकिनन् । परम्परागत पारिवारिक वातावरणले उनलाई नराम्ररी थिचेको अनुभव भयो । भित्रभित्रै खपिनसक्नुको पीडाबोध पनि हुँदै गयो ।

अहिले पनि नाम सार्वजनिक गर्न नचाहने ती किशोरीका लागि परिवारले बिहे तय गरिदिएको दुई वर्षअघिको त्यो घटना अकल्पनीय थियो । कम्तीमा कक्षा १२ उत्तीर्ण गरेर जागिर खाने र आफ्नै गोडामा उभिएपछि मात्र बिहे गर्ने सोच उनको थियो । परिवारले त्यसरी एकाएक बिहे तय गर्लान् भन्ने उनलाई लागेको थिएन । सानैमा बिहे गर्नुपर्ने कुरा थाहा पाएपछि उनी छाँगाबाट खसे जस्तो भइन् । मानसिक तनाव बढेर उनको पढाइ पनि बिग्रन थाल्यो । यस्तैमा उनको बिहे तय भइसकेको कुरो केही साथीले थाहा पाए । त्यसपछि उनीहरूले उनको बिहे रोक्ने कुरालाई ‘किशोरी कक्षा’ को एउटा जल्दोबल्दो एजेन्डा बनाए ।

‘मुलुकी अपराध संहिता, २०७४’ ले विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने गरी रोक लगाएको छ । कसैले ऐन उल्लङ्घन गरी त्यस्तो कसुर गरेमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था पनि छ ।

खप्तड छेडेदह गाउँपालिकासँगको सहकार्यमा महिला विकास मञ्च बाजुराले २०७८ सालदेखि हरेक शनिवार र सार्वजनिक विदाको दिन विभिन्न ठाउँमा ‘किशोरी कक्षा’ सञ्चालन गर्दै आएको छ । गुदुगाउँमा पनि ‘किशोरी कक्षा’ सञ्चालित छ । कक्षामा सधैँ बालविवाह, छाउ कुप्रथा, किशोरी सशक्तीकरण र यौन तथा प्रजजन स्वास्थ्यबारे छलफल हुने गरेको किशोरीहरू बताउँछन् । उनीहरूका अनुसार, गुदुगाउँस्थित किशोरी कक्षामा २०७९ मङ्सिरको एक दिन ती किशोरीको बिहे कसरी रोक्ने भन्ने विषयमा छलफल भयो । उक्त कक्षामा २० जना किशोरी सहभागी थिए । ‘बिहेबारी २० वर्ष पारी’ भनेर पढ्ने र पढाउने कक्षाका सहभागी सबै किशोरीले एकजुट भएर बालविवाहका विरुद्ध लड्ने निधो गरे । २० वर्ष नपुगी कसैले पनि बिहे गर्न नहुने कुरामा उनीहरू जानकार भइसकेका थिए ।

‘किशोरी कक्षा’ मा सहभागीहरूले केटा र केटी दुवैतिरका परिवारलाई भेटेर बालविवाह रोक्न आग्रह गर्ने भए । आग्रह नमाने थप दबाब दिने रणनीति पनि बनाए । यसरी छलफल भएकै दिनबाट उनीहरू गाउँमा खटिए । किशोरीहरूको दबाबयुक्त आग्रहलाई सम्बन्धित दुवै परिवारले माने । एउटा सम्भावित बालविवाह टर्‍यो । यसरी आफ्नो बालविवाह टरेपछि ती किशोरी तनावबाट मुक्त हुँदै आइन् । अहिले उनी तनावमुक्त मात्र छैनन्, उनको पढाइमा पनि सुधार आइसकेको छ । यो घटनालाई बाजुरामा ‘किशोरी कक्षा’ ले गरेको एउटा उदाहरणीय कार्य मान्ने गरिएको छ ।

सोही पालिकाको वडा नम्बर ५ डोगडीमा २०८० वैशाख १२ गते हुने गरी बालविवाह तय गरिएको थियो । सो बालविवाह पनि किशोरी कक्षाकै सहभागीको सामूहिक आग्रहका कारण रोकिएको कुरा किशोरी सरिता रावत बताउनुहुन्छ ।

बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकामध्ये खप्तड छेडेदह गाउँपालिका सबैभन्दा बढी बालविवाह हुने पालिकामा पर्दछ । गाउँपालिका अध्यक्ष दिलबहादुर रावतका अनुसार, २०७४ सालसम्मको तथ्याङ्क हेर्दा पालिकाभित्रका साबिकका गाविस र हालका वडामा अपवादबाहेक शतप्रतिशत बालविवाह हुने गर्दथ्यो ।

‘मुलुकी अपराध संहिता, २०७४’ ले विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने गरी रोक लगाएको छ । कसैले ऐन उल्लङ्घन गरी त्यस्तो कसुर गरेमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था पनि छ । बाजुरामा पछिल्ला वर्षहरूमा बालविवाह घटेको छ, निमिट्यान्न भने भएको छैन ।

बालविवाह निमिट्यान्न भई नसकेका जिल्लामध्ये एक सुदूरपश्चिम प्रदेशको बाजुरा पनि हो । राष्ट्रिय जनगणना २०७८ मा बाजुरामा विवाहित महिला तथा पुरुषको कुल सङ्ख्या ६९ हजार ९८ रहेको उल्लेख छ । त्यसमध्ये २० वर्ष पुग्दा नपुग्दै विवाह गर्नेको सङख्या ४९ हजार ८१० रहेको छ । यसमा महिला ३० हजार ६२७ र पुरुष १९ हजार १८३ रहेका छन् ।

पालिकास्तरीय नमुना सर्वेक्षणले खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ मा शतप्रतिशत बालविवाह भएको देखाएको थियो । सोही स्थानमा यस वर्ष २०८० सालमा गरिएको सर्वेक्षणमा बालविवाह २० प्रतिशतमा झरेको देखाएको गाउँपालिका उपाध्यक्ष विशु देवी नाथको भनाइ छ ।

बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकामध्ये खप्तड छेडेदह गाउँपालिका सबैभन्दा बढी बालविवाह हुने पालिकामा पर्दछ । गाउँपालिका अध्यक्ष दिलबहादुर रावतका अनुसार, २०७४ सालसम्मको तथ्याङ्क हेर्दा पालिकाभित्रका साबिकका गाविस र हालका वडामा अपवादबाहेक शतप्रतिशत बालविवाह हुने गर्दथ्यो । अहिले भने गाउँपालिकामा बालविवाह घटेको छ ।

आर्थिक वर्ष २०७४–७५ मा पिसविन नेपाल र गुड नेबर्स इन्टरनेसनलको सहकार्यमा गरिएको पालिकास्तरीय नमुना सर्वेक्षणले खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ मा शतप्रतिशत बालविवाह भएको देखाएको थियो । सोही स्थानमा यस वर्ष २०८० सालमा गरिएको सर्वेक्षणमा बालविवाह २० प्रतिशतमा झरेको देखाएको गाउँपालिका उपाध्यक्ष विशु देवी नाथको भनाइ छ । उहाँका अनुसार, स्थानीय सरकारबाट प्राथमिकतामा राखेर गैरसरकारी संस्थासँगको सहकार्यमा बालविवाहविरुद्ध प्रभावकारी काम भइरहेको छ । अहिले प्रायः हरेक घरका किशोरीहरू बालविवाह रोक्ने अभियानमा लागेका छन् ।

राष्ट्रिय जनगणना २०७८ मा खप्तड छेडेदह गाउँपालिकामा विवाहित महिला तथा पुरुषको कुल सङ्ख्या नौ हजार ४६५ रहेको उल्लेख छ । त्यसमध्ये पुरुष चार हजार २८० र महिला पाँच हजार १८५ रहेका छन् । कुल विवाहितमध्ये २० वर्ष पुग्दा नपुग्दै बिहे गरेकाहरूको सङ्ख्या छ हजार ९८८ रहेको छ ।

पालिकाको अभिलेख हेर्दा २०७५ सालको छ महिनामा ११८ जनाको बालविवाह भएको देखिन्छ । त्यही भएर पालिकाले बालविवाहको विरुद्धमा कार्यरत गैरसरकारी संस्था महिला विकास मञ्चसँग सहकार्य गरी किशोरी शिक्षा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पालिका प्रशासनको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८ मा खप्तड छेडेदह गाउँपालिकामा विवाहित महिला तथा पुरुषको कुल सङ्ख्या नौ हजार ४६५ रहेको उल्लेख छ । त्यसमध्ये पुरुष चार हजार २८० र महिला पाँच हजार १८५ रहेका छन् । कुल विवाहितमध्ये २० वर्ष पुग्दा नपुग्दै बिहे गरेकाहरूको सङ्ख्या छ हजार ९८८ रहेको छ । यसमध्ये पुरुष दुई हजार ७८५ र महिला चार हजार २०३ रहेका छन् । जनगणना तथ्याङ्कबाट २० वर्ष पुग्दा नपुग्दै बिहे गरेका महिलाको सङ्ख्या पुरुषको तुलनामा डेढीभन्दा बढी रहेको देखिन्छ ।

“सुरुमा गाली खाएर, झगडा गरेरै भए पनि घरघरमा पुगेर विवाह रोक्ने काम गरियो । तर, अहिले किशोरी कक्षामा आबद्ध किशोरीहरू आफैँ सचेत र सक्रिय छन् ।”

टोलटोलमा गठन गरिएका किशोरी समूहहरू र किशोरी कक्षाको सचेतनाका कारण पछिल्लो तीन वर्षमा गाउँपालिकाका सात वडाका ४५ भन्दा बढी जोडीको बालविवाह रोकिएको छ । किशोरी सञ्जालकी उपाध्यक्ष मनिषा विष्टका अनुसार, टोलटोलमा गठन भएका किशोरी समूहको निगरानीसँगै किशोरी कक्षाको सचेतना र दबाबका कारण बालविवाह घटेको हो । सुदूरपश्चिममा २०७८ सालदेखि उक्त सञ्जाल सक्रिय छ । सञ्जाल वडादेखि, गाउँ, नगर, जिल्ला हुदै प्रदेश स्तरमा नै सक्रिय रहेको छ ।

साथै, छाउ (महिनावारीका बेला गरिने भेदभाव र छुवाछुत) कुप्रथा हटाउने, बाल विवाह रोक्ने तथा पढाइप्रति किशोरीहरूको आकर्षण बढाउने तथा विवाहको बारेमा सचेतना जगाउने गरी किशोरी समूहहरूले काम गरिरहेका छन् ।

मनिषा छेडेदह गाउँपालिकाकै बासिन्दा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुरुमा गाली खाएर, झगडा गरेरै भए पनि घरघरमा पुगेर विवाह रोक्ने काम गरियो । तर, अहिले किशोरी कक्षामा आबद्ध किशोरीहरू आफैँ सचेत र सक्रिय छन् ।” उहाँको अनुभवमा अभियानले किशोरीहरूलाई जिम्मेवारीबोध गराएको छ । उनीहरू आआफ्नो पढाइमा पनि ध्यान दिने भएका छन् ।

किशोरी कक्षा सञ्चालन भएपछि कोही पनि किशोरीले महिनावारी भएकै कारण विद्यालय छुटाएका छैनन् । बालविवाह पनि रोकिएको छ ।

खप्तड छेडेदह गाउँपालिकाका बालविवाह बढी हुने गरेका २८ वटा टोलमा किशोरी कक्षा सञ्चालन भइरहेका छन् । पालिकाको सिफारिसमा ती टोलमा कक्षा सञ्चालन गर्ने गरिएको महिला विकास मञ्चका सहजकर्ता देवबहादुर सेराला बताउनुहुन्छ ।

मञ्चका कार्यकारी निर्देशक उजा विष्टका अनुसार, प्रत्येक टोलमा एक जना गरी २८ जना ‘किशोरी सहजकर्ता’ रखिएका छन् । ती सहजकर्ताको काम किशोरी कक्षाको समन्वय गर्नु र आवश्यक सरसल्लाह तथा कानुनी कुराको जानकारी दिनु रहेको छ । हरेक शनिवार र सार्वजनिक बिदामा किशोरी कक्षा सञ्चालन हुने गरेको छ । पालिकाभरिमा गरी झन्डै छ सय किशोरीहरू यस अभियानमा प्रत्यक्ष रूपमा संलग्न छन् ।

गुदुगाउँकै कल्पना धामी सहजकर्तामध्येका एक हुनुहुन्छ । स्नातक तहमा अध्ययनरत कल्पनाको अनुभवमा किशोरी कक्षा सञ्चालन भएपछि कोही पनि किशोरीले महिनावारी भएकै कारण विद्यालय छुटाएका छैनन् । बालविवाह पनि रोकिएको छ ।

उमेर नपुग्दै गरिने विवाहका कारण छिटो प्रसूति हुनेहरू पनि त्यत्तिकै छन् । स्वास्थ्य कार्यालय बाजुराको २०७९ सालको तथ्याङ्क अनुसार, जिल्लाका तीन हजार ६१ सुत्केरीमध्ये ४३५ जना २० वर्षभन्दा कम उमेरका थिए ।

उपाध्यक्ष विशु देवीको बुझाइमा पालिकामा बाल क्लब, किशोरी सञ्जाल, पालिका र अन्य गैरसरकारी निकाय सबैको सामूहिक पहल र प्रयासबाट निर्णायक सफलता मिल्ने अवस्था आइपुगेको हो ।

उमेर नपुग्दै गरिने विवाहका कारण छिटो प्रसूति हुनेहरू पनि त्यत्तिकै छन् । स्वास्थ्य कार्यालय बाजुराको २०७९ सालको तथ्याङ्क अनुसार, जिल्लाका तीन हजार ६१ सुत्केरीमध्ये ४३५ जना २० वर्षभन्दा कम उमेरका थिए । बाजुराका छ प्रतिशत किशोरीले स्वास्थ्य संस्थामा गर्भपतन गराएको तथ्याङ्क छ ।

कम उमेरमा विवाह गरेर आमा भएका र तिनबाट जन्मिएका बच्चाको पनि समस्या छ । सरकारले बच्चाका लागि बालपोषण भत्ता तथा विद्यालय जाने उमेरकालाई छात्रवृत्ति दिन्छ । त्यो रकम प्राप्त गर्न जन्मदर्ता अनिवार्य हुन्छ । कानुनले २० वर्ष उमेर नपुगेकाको विवाह वर्जित गरेकाले बिहे दर्ता गर्नेहरूले उमेर बढाएर गरेको र कतिले त विवाह दर्ता नै नगर्ने गरेको पनि भेटिन्छ ।

पछिल्लो समय सचेतना र सशक्तीकरणको अभियानले गर्दा बालविवाह त रोकिँदै गएको छ तर पनि अझै दूरदराजमा कुपोषण, आमा बच्चाको स्वास्थ्यमा जोखिम जस्ता चुनौती कायमै रहेको उहाँको भनाइ छ ।

बालविवाहका कारण सानै उमेरका आमाबाट जन्मिएका बच्चाको स्वास्थ्यमा पनि प्रतिकूल असर परिरहेको छ । यो कुरालाई सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले २०७९ सालमा नौ स्थानीय तहमा गरेको स्मार्ट सर्वेक्षणले पनि पुष्टि गरेको छ । ४६७ जनालाई समेटेर गरिएको सो सर्वेक्षणमा बाजुराका छदेखि ५९ महिनासम्मका ४८.८ प्रतिशत बालबालिकामा पुड्कोपन, ३०.६ प्रतिशतमा कम तौल र ८.६ प्रतिशतमा ख्याउटेपन पाइएको थियो ।

बालबालिका पुड्को हुनु, कम तौल हुनुको प्रमुख कारण बालविवाह र कमजोर स्वास्थ्य अवस्था भएको बताउनुहुन्छ, स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द्र । पछिल्लो समय सचेतना र सशक्तीकरणको अभियानले गर्दा बालविवाह त रोकिँदै गएको छ तर पनि अझै दूरदराजमा कुपोषण, आमा बच्चाको स्वास्थ्यमा जोखिम जस्ता चुनौती कायमै रहेको उहाँको भनाइ छ ।

बालविवाहको सिकार पनि किशोरीहरू नै हुने गरेका छन् । गर्भजाँचदेखि सुत्केरी गराउन आउनेहरूमा प्रायः किशोरी उमेरकै देखिने गरेका छन् ।

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण प्रतिवेदन, २०२२ मा जनाइए अनुसार, नेपालमा छदेखि ५९ महिनाका बालबालिकामा उमेर अनुसार कम तौलको अवस्था १९ प्रतिशत रहेकोमा सुदूरपश्चिमको १३.९ प्रतिशत छ । सोही उमेरका बालबालिकामा पुड्कोपनाको राष्ट्रिय अवस्था २५ प्रतिशत रहेकामा सुदूरपश्चिमको अवस्था २८.४ प्रतिशत छ । तर, बाजुराका बालबालिकाको पुड्कोपनाको अवस्था ४८.८ प्रतिशत छ । बालबालिकामा रक्तअल्पताको राष्ट्रिय अवस्था ४३ रहेकामा सुदूरपश्चिमको अवस्था ४५ प्रतिशत छ । महिलाहरूमा बिएमआई (उचाइ अनुसार तौल) को राष्ट्रिय अवस्था १७ प्रतिशत छ भने सुदूरपश्चिमको २२ प्रतिशत छ । गाउँपालिकाको वडा नम्बर ७ आटीचौरस्थित स्वास्थ्यचौकी इन्चार्ज रमेशबहादुर ओलीका अनुसार, यसको प्रमुख कारण पोषणको अपुग र बालविवाह नै हो । उहाँ भन्नुहुन्छ, “बालविवाह प्रमुख समस्या बनिरहेको चुनौतीलाई चिर्नुको विकल्प छैन ।”

जयबागेश्वरी स्वास्थ्यचौकीकी अनमी निर्मलाकुमारी बम किशोरीहरूमा पोषण अभावको समस्या देखिने गरेको बताउनुहुन्छ । उहाँका अनुसार, बालविवाहको सिकार पनि किशोरीहरू नै हुने गरेका छन् । गर्भजाँचदेखि सुत्केरी गराउन आउनेहरूमा प्रायः किशोरी उमेरकै देखिने गरेका छन् । अहिले त्यो सङ्ख्या विगतको तुलनामा बिस्तारै घटेको पनि उहाँको भनाइ छ ।

नागरिकको अवस्था सुधारका लागि पालिकास्तरको अभियानमा शिक्षक, अभिभावक र विद्यार्थी सक्रिय भएर जोडिएका छन् । यस अभियानको अगुवाई बाल क्लब र किशोरी सञ्जालले गरिरहेका छन् । किशोरीहरूले सुरु गरेको सामाजिक अभियान जिल्लाका सबै टोलमा सञ्चालन हुनसके किशोरी सशक्तीकरणसँगै बालविवाह रोक्नमा मद्दत पुग्ने देखिन्छ ।

प्रकाशन मिति : २०८० फागुन १५ गते, मङ्लबार

यो पनि पढ्नुहोला


Previous articleथारू जातिमा महिला नेतृत्वप्रति बढ्दो विश्वास
Next articleअरूलाई सहयोग गर्नुपर्छ भन्ने माहोल परिवारबाटै देख्दै आएँ – चेतना लोकसम