Home Stories उद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)

उद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)

167
0

ललितपुर महानगरपालिकामा महानगरस्तरीय ‘उद्यमी महिला सञ्जाल’ गठन गरिएको छ । हालै गठन गरिएको उक्त सञ्जालमा विभिन्न उद्यममा लागेका स्थानीय महिलाहरूको सहभागिता छ ।

नेपाल सरकारले सबै पालिकामा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र’ स्थापना गर्ने भनी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा जनएको थियो । सोही अनुसार ललितपुर महानगरपालिकाले २०७८ बैशाखमा सहजीकरण केन्द्र स्थापना गरिसकेको जनाइएको छ ।

‘महिला उद्यमशीलता सहजीकरण केन्द्र सञ्चालन कार्यविधि २०७७’ अनुसार महानगरमा भएका उद्यमी महिलाहरूको महानगर स्तरीय उद्यमी महिला सञ्जाल बनाइएको हो । ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य भन्नुहुन्छ, “महानगरले महिला उद्यमशीलता प्रवर्द्धन गरी हरेक घरमा उद्यमी तयार गरी महिलाहरूलाई आर्थिक रूपमा सशक्तीकरण गराउने उद्देश्य राखेको छ ।” उहाँका अनुसार अहिले वडा वडामा पनि उद्यमी महिलाहरू सङ्गठित भइरहेका छन् । यसरी सङ्गठित हुनाको मूलभूत उद्देश्य स्थानीय महिलाहरूको आर्थिक सशक्तीकरणसँग जोडिएको छ ।

यसै वर्ष साउन ८ गते ललितपुर महानगरपालिकाले उद्यमी महिलाहरूको तेस्रो सम्मेलन आयोजना गरेको थियो । ललितपुरमा भएको सो सम्मेलनमा उद्यमी महिलाहरूले उत्पादन गरेका सामानहरूको प्रदर्शन पनि गरिएको थियो । सोही सम्मेलनमा भेटिएका उद्यमी महिलाहरूमध्ये केहीसँग ‘सन्धान’ ले कुराकानी गरेको थियो । कुराकानी गर्दा खासगरी उद्यमी हुनुअघि र पछिको उहाँहरूको अवस्था, निजी जीवनमा आएको परिवर्तन र उद्यमबाट भएका फाइदाका बारेमा जिज्ञासा राखिएको थियो । सोही जिज्ञासामा आधारित सामग्रीका रूपमा प्रस्तुत छ, उद्यमी महिलाहरूको विचार:

सन्धान प्रकाशन मिति : २०८० असाेज २१ गते, आइतबार


Previous articleअरूको अधिकारको कुरा गर्न सक्ने भएँ – कुमारी विक
Next articleमहिलाको समस्या घटाउन परिवारको भूमिका बढी महत्त्वपूर्ण (भिडियो सहित)– खिमा रिजाल