सन्दर्भ : संसदीय निर्वाचन २०७९
मकवानपुर जिल्लाको हेटौँडाकी विन्दवासिनी कंसाकारमाथि २०७० साल वैशाख ९ गते एसिड आक्रमण भयो । त्यो घटनापछि उहाँ केही वर्ष घटनाको पीडा भुल्न र उपचारका लागि घरमै बस्नुभयो । झन्डै १० वर्षअघि भएको एसिड आक्रमणकी पीडित उहाँ केही वर्ष यता भने एसिड आक्रमणका पीडितहरूका लागि लड्ने सक्रिय अभियन्ता बन्नुभएको छ । उहाँ राजनीतिमा पनि सक्रिय हुनुहुन्छ । यतिबेला मूलतः एसिड आक्रमणका पीडितहरूको हक र हितको पक्षमा आवाज उठाउँदै प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिनुभएको छ ।
सङ्घीय संसद्को प्रतिनिधि सभा सदस्यका लागि २०७९ मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार हुनुभएको छ । उहाँले विशेषतः एसिड आक्रमणमा परेकाहरूका लागि बलियो कानुन, पीडितहरूको निःशुल्क उपचार, रोजगारीको व्यवस्था तथा निःशुल्क शिक्षाको मुद्दा उठाइरहनुभएको छ । साथै, आमाबाबुको सम्पत्तिमा छोराछोरीको समान हक हुनुपर्ने, महिला र पुरुषबिचको विभेद अन्त्य हुनुपर्ने जस्ता एजेन्डा पनि उहाँले अघि सार्नुभएको छ । प्रस्तुत छ, एसिड आक्रमणविरुद्धकी अभियन्ता तथा समानुपातिक उम्मेदवार विन्दवासिनी कंसाकारसँग राजनीतिमा आउनाको कारण, चुनावी एजेन्डा आदि विषयमा ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गरेको अडियो कुराकानीको सम्पादित अंश :
अडियाे सुन्नुहाेस्
याे पनि सुन्नुहाेला
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार नै मुख्य मुद्दा (अडियो सहित) – शिल्पा चौधरी
सन्धान, प्रकाशन मिति २०७९ कात्तिक २७ गते आइतवार