Home Opinion महिलामाथिको हिंसा ‘शक्तिसम्बन्ध’ मा आधारित छ (भिडियोसहित) –सबिन श्रेष्ठ, अधिवक्ता

महिलामाथिको हिंसा ‘शक्तिसम्बन्ध’ मा आधारित छ (भिडियोसहित) –सबिन श्रेष्ठ, अधिवक्ता

981
0

अधिवक्ता सबिन श्रेष्ठ झन्डै अढाइ दशकदेखि महिला र मानवअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । २०५४ सालमा अधिवक्ता बन्नुभएका उहाँले विशेष गरी महिलाको कानुनी अधिकार, सार्वजनिक सरोकारका मुद्दा र विभिन्न खालका हिंसाबाट पीडित महिलाहरूको पक्षबाट मुद्दा लड्दै आउनुभएको छ । महिलाभित्र पनि विशेषगरी पछाडि परेका/पारिएका महिलाहरूको पहिचानको अधिकारदेखि नागरिकता प्राप्तिसम्म, घरेलु हिंसादेखि यौनजन्य दुव्र्यवहार एवं जबरजस्ती करणीसम्मका पीडितको अधिकार र पैतृक सम्पत्तिमा समान अधिकारको पक्षमा कानुनी सहायता गर्दै आउनुभएको छ ।

श्रेष्ठ कानुन व्यवसायी भएदेखि नै महिला, कानुन र विकास मञ्च (एफडब्ल्युएलडी) मा आबद्ध हुनुहुन्छ । उहाँले महिला अधिकारकै क्षेत्रमा किन काम गर्न थाल्नुभयो र त्यसैलाई निरन्तरता दिनुभयो ? न्याय खोज्दै हिँडेका पीडित/प्रभावितहरू कस्तो अवस्थामा हुन्छन् ? सामान्यतया पीडितहरूको पृष्ठभूमि कस्तो हुन्छ रु पीडितले आफूमाथि भएको घटनाबारे कस्तो अवस्थामा बोल्छन् ? नेपालको कानुनी र अदालती प्रक्रिया कत्तिको पीडितमैत्री छ ? महिलामाथि हुने गरेका हिंसा कम गर्न के गर्नुपर्ला भन्ने जस्ता सवालमा उहाँसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले अधिवक्ता सबिन श्रेष्ठसँग गर्नुभएको भिडियो कुराकानीको सम्पादित अंश :

सन्धान, प्रकाशन मिति २०७९ साउन ९ गते साेमवार