Home Opinion आफूमाथि पीडा भए खुलस्त बोल भनेर हरेक बालबालिकालाई सिकाउनुपर्छ (भिडियोसहित) –रुबी राणा...

आफूमाथि पीडा भए खुलस्त बोल भनेर हरेक बालबालिकालाई सिकाउनुपर्छ (भिडियोसहित) –रुबी राणा (शाह)

821
0

नेपालको पहिलो मिस नेपाल हुन् रुबी राणा शाह । पर्सामा जन्मिनुभएकी उहाँ २२ वर्षको उमेरमा सन् १९९४ मा भएको पहिलो मिस नेपाल प्रतियोगिताकी विजेता हुनुहुन्छ । उहाँ अहिले पनि नेपाली मनोरञ्जन क्षेत्रका साथै पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ ।

सन् २०१४ मा भएको एक ‘सुन्दरी प्रतियोगिता’ की सहभागीले आफूमाथि त्यतिबेला यौन दुर्व्यवहार भएको घटना भिडियोमार्फत आठ वर्षपछि बाहिर ल्याएकी छिन् । घटनाको अनुसन्धान गरी घटनामा संलग्नहरुलाई कारबाही र यौनहिंसा तथा जबरजस्ती करणीको घटनाको उजुरीका लागि कानुनी हदम्याद हुन नहुने मागसहित यतिबेला अभियन्ताहरु सडक आन्दोलनमा छन् । विभिन्न पेशा, क्षेत्रका व्यक्तिहरु स्वतःस्फूर्तरुपमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा विभिन्न खालका आन्दोलन भइरहेका छन् ।

यही आन्दोलनका क्रममा शनिबार महिला सुरक्षा दबाब समूहले आयोजना गरेको एक कार्यक्रममा सहभागी ‘पहिलो मिस नेपाल’ रुबी राणा शाहसँग यस प्रकारको घटना र यस्ता यौनहिंसा न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्ने बारेमा सन्धानका तर्फबाट गार्डिका बज्राचार्य समीक्षा गाहाले गर्नुभएको भिडियो कुराकानी ।

प्रकाशन मिति : २०७९ जेठ ७, आइतवार ।


Previous articleआठ वर्षअघि ‘सुन्दरी प्रतियोगिता’ मा सहभागी युवतीमाथि भएको घटना विरुद्ध प्रदर्शन (फोटो फिचर)
Next articleबलात्कारविरुद्धको उजुरीमा हदम्याद अनुचित