Home Insight स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार : आरक्षण बाहेकका पदमा करिब साढे सात...

स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार : आरक्षण बाहेकका पदमा करिब साढे सात प्रतिशत (गण्डकी प्रदेश)

483
0

स्थानीय तह निर्वाचन २०७९ विशेष

नेपालमा स्थानीय तहका रूपमा ७५३ वटा नगरपालिका र गाउँपालिकाहरू छन् । यी सबै पालिकामा यही वैशाख ३० गते ‘स्थानीय तहको निर्वाचन २०७९’ हुँदैछ । देश सङ्घीय संरचनामा गइसकेपछि अधिकारसम्पन्न बनेको स्थानीय तहको यो दोस्रो निर्वाचन हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ३५ हजार ४१ जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचितमध्ये महिलाहरू १४ हजार ३५२ (४० दशमलव नौ छ प्रतिशत) थिए ।

यसपटकको निर्वाचनमा महिला उम्मेदवारको सङ्ख्या नै कम छ । केही राजनीतिक दलहरूले अपनाएको ‘गठबन्धनको रणनीति’ का कारण यसपटक महिला उम्मेदवारको सङ्ख्या घटेको छ । निर्वाचन आयोगका अनुसार कूल एकलाख ४५ हजार १० जना उम्मेदवार भएकोमा महिलाको सङ्ख्या ५५ हजार ६९६ अर्थात ३८ दशमलव चार प्रतिशत छ ।

उम्मेदवारीमै महिलाको सङ्ख्या घटेका कारण यसपटकको चुनावबाट कति महिला निर्वाचित होलान् भन्ने कुरामा चासो र चिन्ता दुवै छ । यस निर्वाचन अन्तर्गत स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य तथा आरक्षण अन्तर्गत ‘दलित महिला वडा सदस्य’ र ‘महिला वडा सदस्य’ पदमा उम्मेदवारी दिने महिलाको सङ्ख्या र प्रतिशत सन्धानले प्रस्तुत गरेको छ । निर्वाचन आयोगबाट प्रकाशित तथ्याङ्कको आधारमा सातै प्रदेशको तथ्याङ्क प्रस्तुत गरिएको हो । आयोगले हालै सार्वजनिक गरेको तथ्याङ्कमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क खुलाइएको छैन ।

गण्डकी प्रदेशमा ५८ गाउँपालिका र २७ नगरपालिका गरी ८५ वटा पालिका छन् । ती पालिकाहरूमा सातसय ५९ वटा वडाहरू रहेका छन् । हरेक पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र हरेक वडाका दुई जना सदस्य पदका लागि महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैले उम्मेदवारी दिन पाउँछन् । यो आरक्षण बाहेकको पद हो । यी पदमा महिलाको उम्मेदवारी सात दशमलव चार प्रतिशत मात्रै छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हरेक वडामा एक दलित महिला सदस्य र एक महिला सदस्य पदका लागि महिलाले मात्रै उम्मेदवारी दिन पाउँछन् । यस अनुसार गण्डकी प्रदेशमा दलित महिला सदस्यका लागि एकहजार ९४२ जनाको उम्मेदवारी परेको छ भने महिला सदस्यका लागि दुईहजार ११८ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको ‘ई–बुलेटिन’ मा महिला र पुरुषको मात्रै सङ्ख्या उपलब्ध छ ।

गण्डकी प्रदेशमा महिला उम्मेदवारको सङ्ख्या र प्रतिशतको विवरण यसप्रकार छ :

सन्धान, प्रकाशन मिति २०७९ वैशाख २९ गते बिहीवार


Previous articleस्थानीय तह निर्वाचनमा महिला उम्मेदवार : आरक्षण बाहेकका पदमा करिब साढे छ प्रतिशत (बागमती प्रदेश)
Next articleस्थानीय तह निर्वाचनमा महिला उम्मेदवार : आरक्षण बाहेकका पदमा करिब साढे सात प्रतिशत (लुम्बिनी प्रदेश)