Home Stories ‘महिलाले गर्न हुँदैन’ भनिएका चार वटा विशिष्ट काम ५० वर्षअघि नै गरेँ’...

‘महिलाले गर्न हुँदैन’ भनिएका चार वटा विशिष्ट काम ५० वर्षअघि नै गरेँ’ – कविता पौडेल

1029
0
kabita-jee-photo

विद्रोहका कथा

वि.सं. २००२ माघ १६ गते अर्घाखाँचीमा जन्मनुभएकी कविता पौडेल लेखक तथा सामाजिक परिवर्तनकी अगुवा हुनुहुन्छ । उहाँले आजभन्दा करिब ५० वर्षअघि समाजमा ‘महिलाले गर्न हुँदैन’ भनिएका विभिन्न कामहरू गर्नुभएको छ । २०२८ सालमा हलो जोत्नुभएकी पौडेललाई ‘महिला भएर हलो जोतेको’ भनेर गाउँ निकाला गर्न ‘पञ्चायत’ बसेको थियो । तर, उहाँ डराउनुभएन ।

Kabita-Body-photo-2
तस्विर : सन्धान

महिलाले गर्न नहुने भनिएका अरू कामहरू पनि पाैडेलले गर्दै जानुभयो । २०३१ सालमा स्थानीय एक व्यक्तिको बच्चाको मलामी जानुभयो । २०३२ सालमा आफ्नो घरको छाना आफैँले छाउनुभयो । २०३२ सालमै ‘खसी काटेको’ पनि उहाँले सन्धानसँग बताउनुभएको छ । १६ वर्षको उमेरमा साधारण लेखपढ सुरु गर्नुभएकी कविताले २९ वर्षको हुँदा माध्यमिक तह अध्ययन गर्नुभएको थियो । उहाँका आत्मसंस्मरण, उपन्यास र गीत गरी एक दर्जनभन्दा बढी पुस्तक तथा गीति क्यासेटहरू प्रकाशित छन् ।  

कविता पौडेलले वि.सं. २०२८ सालमा जोतेको खेत । पौडेलका अनुसार यो तस्विर २०५६ सालमा खिचिएको हो ।   तस्विर सौजन्य : कविता पौडेल

‘विद्रोहका कथा’ शृङ्खलाअन्तर्गत पौडेलको जीवनका भोगाइलाई सन्धानमा हामी छिट्टै ल्याउँदै छौँ । आज उहाँले २०२८ सालमा हलो जोत्दा भोग्नुपरेको अनुभवको भिडियो सामग्री प्रस्तुत गरेका छौँ ।

तपाईंका लागि भिडियो लिङ्क– https://youtu.be/D3XmG7IZeGY