Home Insight एसएलसी पास गर्ने पहिलो रोल्पाली महिला (भिडियाेसहित)

एसएलसी पास गर्ने पहिलो रोल्पाली महिला (भिडियाेसहित)

581
0

सन्दर्भ : एसइई –२

माध्यमिक शिक्षा परीक्षा (एसइई) को २०७८ सालको परीक्षाफल आज सार्वजनिक भएको छ । यस सन्दर्भमा हामीले २३ वर्षको उमेरमा २०३० सालमा एसएलसी उत्तीर्ण गर्नुभएकी बमकुमारी बुढाको अनुभव लिएका छौँ । रोल्पाको घापा गाँउ (हाल रोल्पा नगरपालिका वडा नं. ७) मा २००७ सालमा जन्मिनुभएकी बमकुमारीले घाँस दाउरा गर्दै घरमै दाजुबाट अनौपचारिक शिक्षा लिनुभयो । १६ वर्ष भएपछि उहाँलाई आमाले सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना गरिदिनुभयो ।

केही समयपछि पढाइका लागि बमकुमारीलाई दाङ लगियो । दाङको पद्मोदय पब्लिक बहुउद्देश्यीय माध्यमिक विद्यालयमा अध्ययन गरेर त्यही विद्यालयबाट उहाँले एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँ २०३६ सालमा त्यसबेलाको संसद् राष्ट्रिय पञ्चायतको सदस्यसमेत हुनुभएको थियो ।

आज हामीले करिब ५० वर्षअघि एसएलसी उत्तीर्ण गर्नुभएकी बमकुमारीसँग त्यसबेलाको शिक्षाको अवस्था र एसएलसी उत्तीर्ण गर्दाको उहाँको अनुभवको बारेमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, सन्धानका तर्फबाट मुकुन्द बोगटीसमीक्षा गाहाले गर्नुभएको कुराकानीको सम्पादित अंश :

सन्धान प्रकाशन मिति : २०७९ साउन ११ गते, बुधवार


Previous articleनेपालमा एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला लेखराज्यलक्ष्मी
Next articleएसइई पार गर्दा समुदाय नै खुसी भयो –पम्फा वनकरिया (भिडियाेसहित)