Home Stories डेरामा बस्नेले जग्गा किन्यो भनेर पञ्चेहरूले मेरो घर घेरे–तारादेवी थोकर

डेरामा बस्नेले जग्गा किन्यो भनेर पञ्चेहरूले मेरो घर घेरे
–तारादेवी थोकर

1227
0
tara-devi-feature-photo

मकवानपुरको हेटौँडा उपमहानगरपालिका कमानेकी तारादेवी थोकरसँग पञ्चायत कालको नमिठो अनुभव छ । देउसीभैलो खेल्न नपाइने, तिजको कार्यक्रम गर्न नपाइने, महिलाहरूले बोल्न हुँदैन भन्नेदेखि लिएर डेरामा बस्नेले जग्गा किन्न पाइँदैन भन्दै अहिले घर भएको ठाउँको घडेरी किन्दा पनि आफूलाई घर घेर्न आएको उहाँले बिर्सनुभएको छैन ।

तारादेवीको जन्म २०१३ सालमा भएको हो । उहाँ सानैदेखि परिवर्तनको पक्षधर हुनुहुन्थ्यो । गरिबहरूले पनि समान रूपमा बाँच्न पाउनुपर्छ भन्ने सिद्धान्त सुनेपछि उहाँ २०३८ सालदेखि कम्युनिष्ट राजनीतिमा लाग्नुभयो ।


उहाँ र उहाँको श्रीमान् रामबहादुर थोकर २०४६ सालको जनआन्दोलनको पहिलो दिन नै अग्रपङ्क्तिमा रहनुभयो । यसैले प्रहरीले उहाँहरू दुवैलाई खोज्न थाल्यो । त्यसपछि उहाँहरूले घर छोड्नुभयो । थोकर दम्पतीले आफ्ना १२ वर्षको बच्चा छिमेकी सीता विष्टको भरमा छाड्नुभएको थियो । त्यतिबेला सीता १४ वर्षकी हुनुहुन्थ्यो । उहाँ अहिले पनि मकवानपुरमा सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय हुनुहुन्छ । थोकर दम्पती अहिले कमानेस्थित आफ्नै घरमा बस्नुहुन्छ ।
‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले कमाने पुगेर थोकर दम्पतीको राजनीतिक जीवनको भोगाइका साथै विगत र वर्तमानको कम्युनिष्ट राजनीतिबारे कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, थोकर दम्पतीसितको विश्लेषणात्मक कुराकानी :

सन्धान प्रकाशन मिति : २०७९ साउन १ गते, आइतवार


Previous articleघरायसी कामको ‘टाइम डायरी’ लेख्ने अभ्यास गरौँ – कल्पना विन्दु गौतम, नवलपुर
Next articleतरकारी खेतीमा जुम्लाका महिला : श्रमको बाँडफाँट र आयमा स्वामित्वको प्रश्न