विकेन्द्रीकरण गरे मात्र सम्भव छ, फोहोरमैलाको दिगो व्यवस्थापन –विष्णु थकाली (भिडियोसहित)

    932
    0

    विष्णु थकाली फोहोरमैला व्यवस्थापन अभियन्ता हुनुहुन्छ । उहाँले ३२ वर्षदेखि फोहोरमैलालाई व्यवस्थापन गरी आयआर्जन गर्नुपर्छ भनेर काम गरिरहनुभएको छ । उहाँ महिला वातावरण संरक्षण समितिको अध्यक्ष हुनुहुन्छ । यो समितिको गठन २०४६ सालमा भएको हो । समितिलाई तत्कालीन ललितपुर नगरपालिकाको वडा नम्बर १ का १५ जना तालिम प्राप्त महिलाहरू मिलेर गठन गरेका हुन् । उनीहरूले घर र समुदाय तहमै फोहोरमैलाको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे एकसाथ तालिम लिएका थिए ।

    समितिले वातावरण संरक्षण अभियान चलाएको छ । यसले फोहोरको वर्गीकरण र पुर्नप्रयोग गर्ने सम्बन्धमा काम गर्छ । यसले फोहोरबाट कम्पोष्ट मल बनाउने, त्यही मल हालेर कौसी खेती गर्नेदेखि कागज र प्लास्टिकजन्य फोहोरबाट विभिन्न सजावटका सामग्रीहरू बनाउनेसम्मका काम गर्छ । यही काम अन्य ठाउँका महिलाहरूलाई पनि सिकाउँछ । यसले महिला समूहहरू गठन गर्न पनि सघाउँछ । ती महिला समूहहरूले आआफ्नै ठाउँमा फोहोरबाट आयआर्जन हुने काम गर्छन् । यो कामबाट एकातिर फोहोरमैला व्यवस्थापन र अर्कोतिर महिला सशक्तीकरण भइरहेको छ ।

    काठमाडौँलगायत देशका मुख्य सहरहरूमा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण रहेकाले नयाँ जनप्रतिनिधिहरूले यसैलाई मुख्य एजेन्डा बनाइरहेका छन् । यस्तो बेला एउटा महिला समूहले तीन दशकभन्दा अघिदेखि चलाइरहेको अभियान स्मरणीय हुन आउँछ । यसैले आज ‘फोहोर व्यवस्थापन घरबाटै शुरु गर्नुपर्छ’ र ‘फोहोरलाई मोहोरमा बदल्न सकिन्छ’ भन्ने समितिको मान्यताका बारेमा कुराकानी गरिएको छ । प्रस्तुत छ, अभियन्ता एवं महिला वातावरण संरक्षण समितिकी अध्यक्ष विष्णु थकालीसँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गर्नुभएको कुराकानी :

    प्रकाशन मिति : २०७९ असार १०, शुक्रवार ।


    Previous articleलैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा दोस्रो पुस्ताको प्रवेश
    Next articleश्रीमान् भए पनि एकल सङ्घर्षरत बिजमाया