प्रेमबहादुर लेप्चा उमेरले ८२ वर्ष पुग्नुभयो । उहाँको जन्मस्थान इलाम जिल्लास्थित हालको सूर्योदय नगरपालिका हो । सोही ठाउँका बासिन्दा उहाँले लेप्चा जातिको अगुवा तथा स्थानीय समाजसेवीको रूपमा काम गर्नुभयो । रोङ सेजुम ठी (लाप्चा उत्थान मञ्च) नामक संस्थाका पूर्वअध्यक्ष उहाँले अन्य सङ्घ–संस्थामा आबद्ध भएर पनि आफ्नो समुदाय र क्षेत्रको सेवा गर्नुभयो ।
नेपालका लोपोन्मुख १० जातिमध्ये लेप्चा पनि एक हो । २०७८ सालको राष्ट्रिय जनगणनामा उल्लेख भएअनुसार यस समुदायको जनसङ्ख्या देशभर तीन हजार ५७८ जना रहेको छ । यो नेपालको कुल जनसङ्ख्याको शून्य दशमलब शून्य एक प्रतिशत हो । उनीहरूको बसोबास कोशी प्रदेशको इलाम जिल्लाका विभिन्न पालिकाका साथै तमोर नदीको तटवर्ती क्षेत्रहरूमा रहेको बताइन्छ ।
लेप्चा अगुवाहरूको भनाइमा लेप्चाको थाकथलो कञ्चनजङ्घा हिमालको फेदीमा रहेको छ । इलामका विभिन्न पालिकामध्ये रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा लेप्चाको बसोबास बढी छ । सूर्योदय नगरपालिकाका प्रेमबहादुरले आठ दशकभन्दा लामो जीवनको कालखण्डमा आफूले धेरै कुरा देख्तै, बुझ्दै, सिक्दै र भोग्दै आउनुभयो । त्यसैका आधारमा समुदायको हकहित र संरक्षणका लागि आफूले जानेको काम पनि गर्दै आउनुभयो ।

लोपोन्मुख तथा सीमान्तकृत लेप्चा समुदायका मानिसलाई पनि अरू समुदायका मानिससँगै राष्ट्रिय मूल प्रवाहमा जोड्न आवश्यक थियो । त्यसका लागि उहाँले सकेको पहल गर्नुभयो । पछिल्लो पुस्ताका सबैलाई उहाँले विनाभेदभाव पढ्न र लेख्न प्रेरित मात्र गर्नु भएन, आवश्यक वातावरण पनि निर्माण गर्नुभयो ।
सकारात्मक कुरामा परिवर्तन ल्याउनका लागि समाजमा आवाज उठाउँदै गर्दा उहाँले लेप्चा भाषा संरक्षणका लागि विशेष काम गर्नुपर्ने ठान्नुभयो । समुदायमा सो भाषा पढाउने शिक्षकको खोजी र पठनपाठनको व्यवस्था मिलाउनुभयो । उहाँका अनुसार, ‘लाप्चा’ समुदाय भनेको जनसङ्ख्या कम हुँदै गएको तर एकदमै इमानदार र प्रकृतिपूजक जाति हो ।
लेप्चालाई बोलीचालीको शब्दमा लाप्चा भनेर पनि चिनिन्छ । यस समुदायको पुर्खौली मूल पेसा कृषि हो । कृषिसँगै बाँसबाट विभिन्न सामान बनाउने काम पनि गरिन्छ । सुकेको बाँसको चोयाबाट लेप्चाहरूले डालो, डोकोजस्ता सामान बनाउने गर्थे । उनीहरू गरिबीमा बाँच्नुपर्ने अवस्था थिएन । कृषि र बाँसको श्रम तथा सिपमूलक कामबाटै जीविकोपार्जनका लागि प्रशस्त सम्पति आर्जन हुन्थ्यो ।
पहिले पहिले लेप्चाहरू लत्ताकपडामा पनि आत्मनिर्भर थिए । आफूले लगाउने कपडा आफैँले तानमा बुन्ने र त्यसलाई मौलिक तरिकाले मिलाएर लगाउने गरिन्थ्यो । महिलाहरू भेदभाव, हिंसा आदिजस्ता नकारात्मक व्यवहारबाट टाढा रही खेतीकिसानी र सिपमूलक पेसासँगै घरको काममा व्यस्त हुन्थे । घरको व्यस्ततामा बालबच्चा जन्माउने र हुर्काउने काम पनि पर्थ्याे।
अशिक्षा र वैकल्पिक रोजगारीको अभावका कारण अहिले पनि अधिकांश लेप्चाहरूको जीविकोपार्जन खेतीपातीबाटै हुने गरेको छ । अहिलेको समय पक्कै पनि पहिलेको जस्तो सहज छैन । कामकै लागि विश्वको जुनसुकै ठाउँमा जान सकिन्छ तर त्यसका लागि शिक्षा, सिप, प्रतिस्पर्धा र लगानीको आधुनिक तर निकै महँगो बाटो पार गर्न पनि सक्नुपर्छ । यो चुनौती हो ।
अहिलेको नेपाली समाज धेरै कारणले सङ्क्रमणमा छ । आधुनिकतासँगै आफूले बुनेको कपडामा आधारित भेषभूषा र मातृभाषाको प्रयोगमा कमी आउँदै गएको प्रेमबहादुरले बताउनुभयो । आफू शिक्षाको महत्त्व बुझेको शिक्षित व्यक्ति भएकाले उहाँले आफ्ना सबै छोरीहरूलाई पढ्ने अवसर दिनुभयो । उहाँका अनुसार, त्योभन्दा पहिलेको पुस्तामा अरू लेप्चाका छोराछोरीले पढ्ने अवसर पाएका थिएनन् ।
कुनै पनि अवसरका लागि सबैभन्दा पहिले सचेतना नै चाहिन्छ । यसैले प्रेमबहादुरकी माइली छोरी दिमित लेप्चाले समुदायमा सबै अभिभावकले छोराछोरीलाई पढ्न स्कुल पठाऊन् भनी आफूले घरघर गएर स्वस्फूर्तरूपमा शैक्षिक अभियन्ताको काम गरेको जानकारी दिनुभयो । उहाँका अनुसार, लेप्चा समुदायमा महिलामाथि लैङ्गिक विभेद र हिंसा हुँदैन । पहिलेदेखि चलिआएको समानता कायमै छ । यो लैङ्गिक विभेद र हिंसाले जरा गाडिरहेको कुनै पनि समुदायले अनुकरण गर्नुपर्ने पक्ष पनि हो ।
दिमित लेप्चाका अनुसार, उहाँको गाउँठाउँमा लेप्चा समुदायले पुसमा नयाँ साल मनाउने गर्छन् र त्यसलाई नाम्बुन भनिन्छ । भाषा आयोगले ‘परीक्षण प्रकाशन’ भनी २०७५ सालमा सार्वजनिक गरेको ‘लाप्चा भाषाको इतिहास’ कृतिमा उल्लेख भए अनुसार चाहिँ लाप्चाहरूको अर्को पर्व ‘नाम्बन’ हो ।
नाम्बन पर्व वर्षमा एकचोटि मङ्सिर महिनामा मनाइने, त्यसै दिनदेखि लाप्चाहरूको नयाँ साल सुरु हुने र लाप्चाहरूले नयाँ वर्षको चाडलाई ‘नामवन’ (पृष्ठ ६१) भन्ने कुरा पनि सो कृतिमा उल्लेख गरिएको पाइन्छ । यसबारे थप खोजी हुनुपर्ने र यस्ता कुरामा सबैतिरका लेप्चा समुदायको ऐतिहासिक विविधता र वास्तविकतालाई समेट्दै दस्ताबेजीकरण गर्नुपर्ने देखिन्छ ।
लोपोन्मुख र सीमान्तकृतमा पर्ने लेप्चा कस्तो समुदाय हो ? यो समुदायका मानिसहरूको पहिचान जनाउने भेषभूषा, भाषा र संस्कृतिको अवस्था कस्तो छ ? लगभग एक शतकयताको लेप्चा समुदायको अवस्था र त्यसमा बदलिँदो राष्ट्रिय राजनीति र समयले पारेको प्रभाव कस्तो छ ? यिनै मूलभूत प्रश्नको जवाफ खोज्नका लागि ‘सन्धान’ ले २०८२ साउनमा लेप्चा समुदायका शिक्षित समाजसेवी तथा ज्येष्ठ नागरिक प्रेमबहादुर लेप्चा र उहाँकी छोरी दिमित लेप्चासँग कुराकानी गरेको थियो ।
प्रस्तुत छ, सन्धानका तर्फबाट सहकर्मी समीक्षा गाहाले गर्नुभएको सोही कुराकानीका आधारमा तयार गरिएको प्रेमबहादुर लेप्चा र दिमित लेप्चाका स्वकथन :
अनि उसले लेप्चा भाषा नबोल्ने भयो – प्रेमबहादुर लेप्चा

मेरो नाम प्रेमबहादुर लेप्चा हो । मैले लेप्चा समुदायलाई बुझाउन पर्दा खेतबारी भएका, इमानदार, कृषि पेसा गरेर जीविकोपार्जन गर्ने जाति हुन् भनेर बुझाउँछु । लेप्चाहरू प्रकृतिपूजक हुन्छन् । लेप्चा विशेष प्रकृति पूजक जाति हो तर पनि यो समुदायका मानिसले अन्य समुदायले मनाउने गरेका कतिपय चाडबाडहरू पनि मनाउने गर्छन् ।
पहिले पहिले खेतीकिसानी र बाँसको काम गरेर पनि प्रशस्त सम्पत्ति कमाउन सक्ने अवस्था थियो । तिनै कामबाट जीविकोपार्जन गर्ने लेप्चा पछिल्लो समय रोजगारीका लागि वैदेशिक यात्रामा नगई रहन सकेन । अन्य जातिका नेपालीहरू जस्तै लेप्चाहरू पनि वैदेशिक रोजगारीमा गएका छन् ।
पुर्खाको पालामा आफूले लगाउने कपडा आफैँ तानमा बुन्ने गर्नुहुन्थ्यो । त्यतिबेला स्कुल जाने, पढ्ने लेख्ने भन्ने थाहा थिएन । सबैले खेतबारीमा काम गर्ने हो । त्यहीँ रोपेर, गोडेर, फलाएर आएको खाने हो । महिलाहरूले घरभित्रदेखि बाहिरको काम पनि गर्थे ।
मैले थाहा पाएसम्म सरकारी जागिर खाने कर्मचारीमा लेप्चा समुदायका मानिस धेरै कम छन् । लगभग छैन बराबर छन् भन्दा पनि हुन्छ । शिक्षा नभएर पनि यस्तो भएको हो । तर अहिले शिक्षामा जोड दिँदै छन् । सानैमा पढ्न नपाएकाहरूले अहिले नयाँ काम र रोजगारी पाउन गाह्रो छ । यसैले उनीहरू बाँसको काम गर्ने, जस्तो डालो, डोको बाँसबाट बन्ने कुराहरू बनाउने गर्छन् ।
पुर्खाको पालामा आफूले लगाउने कपडा आफैँ तानमा बुन्ने गर्नुहुन्थ्यो । त्यतिबेला स्कुल जाने, पढ्ने लेख्ने भन्ने थाहा थिएन । सबैले खेतबारीमा काम गर्ने हो । त्यहीँ रोपेर, गोडेर, फलाएर आएको खाने हो । महिलाहरूले घरभित्रदेखि बाहिरको काम पनि गर्थे ।
लेप्चा समुदाय रहेको ठाउँमा पछि सबै जातजातिको बसोबास हुन थाल्यो । त्यसले गर्दा बाह्य समुदायको प्रभाव पर्न थाल्यो । एकताका यो समुदायका केटाकेटीमा अन्तरजातीय विवाह गर्नेको सङ्ख्या बढ्यो । त्यसकारण अहिले लेप्चाको सङ्ख्या पनि घटिरहेको छ ।
लेप्चा समुदायमा पहिले पहिले, दशकौँ अगाडि विवाह गर्नुपूर्व ज्वाइँ बन्न चाहनेले केटीको घरमा तीन महिना बसेर केटीका आमाबुबालाई छोरी पाल्न सक्ने प्रमाण पेस गर्नुपर्थ्याे । केटाले त्यति गरेपछि मात्र त्यो घरको छोरी पाउने चलन पनि दशकौँ अगाडि लेप्चा समुदायमा प्रचलित थियो । त्यस्तो अहिले छैन । अहिले समय परिवर्तन भएको छ । अहिलेका केटाकेटीले आफ्नै रोजाइमा विवाह गर्न सक्छन् ।
लेप्चा समुदाय रहेको ठाउँमा पछि सबै जातजातिको बसोबास हुन थाल्यो । त्यसले गर्दा बाह्य समुदायको प्रभाव पर्न थाल्यो । एकताका यो समुदायका केटाकेटीमा अन्तरजातीय विवाह गर्नेको सङ्ख्या बढ्यो । त्यसकारण अहिले लेप्चाको सङ्ख्या पनि घटिरहेको छ ।
केही वर्षअघि लेप्चाको जनसङ्ख्या घट्न थाल्यो अनि आफ्नो भाषा, संस्कृति सबै हरायो भनेर आफ्नै समुदायमा मात्र विवाह गर्ने गरी हाम्रो समुदायले नियम पनि बनाएको थियो । त्यो नियम व्यवहारमा त्यति टिक्न सकेन । अन्तरजातीय बिहे हुनमा पनि धेरै कुराहरू छन् । नियमले त्यो कुरालाई रोक्न सकेन ।
बिहे गर्नका लागि कसैको पढाइमा कुरा नमिल्ने होला । जिन्दगी कटाउन सहज अवस्था हुने नहुने कुरा पनि हेर्नैप¥यो । यस्तो भएपछि त्यो नियम समुदायले सधैँभरि लागु गर्न र गराउन सकेन । लेप्चा केटाहरूले पनि बिहे नगर्ने, बिहे गरे पनि ढिला विवाह गर्दिने अनि तिनको एउटा, दुइटा मात्र बच्चा हुने । यस्तो भयो ।
मेरो विचारमा केटाले समयमा केटी नपाएको हुनाले त्यस्तो भएको हो । यस्तो किन भन्दा उनीहरूले पनि उमेरमै विवाह गर्छु भन्दाभन्दै पनि आफूले भनेको जस्तो केटी नपाएको हो । यसमा अरू पनि केही कारण हुन सक्छ । यसैले प्रायः लाप्चाले ढिला विवाह गरेको छ । विवाह गरे पनि एउटा मात्र बच्चा जन्माउने अवस्था पनि बन्यो । त्यसरी पनि हाम्रो जातिको जनसङ्ख्या कम हुँदै गयो ।
भेषभूषाको कुरामा पहिले पहिले महिलाहरूले आफ्नो जातिले लगाउने परम्परागत पोशाक नै लगाउने चलन थियो । पछि पोशाकमा पनि आधुनिकीकरण हुन थाल्यो । गणतन्त्र आएपछि पुनः परम्परागत पोशाकहरू लगाउन थालियो ।
भाषा संरक्षणको कुरा गर्दा लेप्चा लेप्चामा विवाह हुँदा मात्र आफ्नो भाषा बोल्न सकिने भयो । अरू जातको व्यक्तिसँग विवाह हुँदा लेप्चाले चाहेर पनि आफ्नो भाषा बोलेर घरव्यहार नचल्ने भयो । अनि उसले लेप्चा भाषा नबोल्ने भयो । मलाई लाग्छ, यो पनि एउटा कारण हो, हाम्रो भाषा बोलीचालीबाट हराउनुको ।
भेषभूषाको कुरामा पहिले पहिले महिलाहरूले आफ्नो जातिले लगाउने परम्परागत पोशाक नै लगाउने चलन थियो । पछि पछि समयसँगै परिवर्तन हुँदै आयो अनि साडी, कुर्था, पाइन्ट लगाउने चलन चल्दै आयो । पोशाकमा पहिरनमा पनि आधुनिकीकरण हुन थाल्यो । गणतन्त्र आएपछि पुनः आफ्ना चाडबाडहरूमा भए पनि आफ्नो परम्परागत पोशाकहरू लगाउन थालियो ।
हाम्रो जनसङ्ख्या धेरै भएको ठाउँ रोङ गाउँपालिका र सूर्याेदय नगरपालिका हो । सूर्याेदय नगरपालिका अन्य ठाउँभन्दा विकसित एरियामा पर्छ । अहिले सबैले पढिरहेको देख्नाले पनि पढ्नुपर्ने रहेछ भन्ने चेतना पनि बढ्यो ।
हाम्रो जनसङ्ख्या धेरै भएको ठाउँ रोङ गाउँपालिका र सूर्याेदय नगरपालिका हो । सूर्याेदय नगरपालिका अन्य ठाउँभन्दा विकसित एरियामा पर्छ । त्यसकारणले गर्दा पनि यहाँ पढेर शिक्षित हुनुपर्छ भन्ने छ । अहिले सबैले पढिरहेको देख्नाले पनि पढ्नुपर्ने रहेछ भन्ने चेतना पनि बढ्यो । पढ्नेहरू अघि बढे । पढ्नका लागि लेप्चाहरूलाई सामाजिक सुरक्षा भत्ताले पनि सहयोग ग¥यो भन्न मिल्छ ।
देशको राजनीतिमा परिवर्तन हुँदै गएपछि हाम्रो समुदायका सबैले आफ्ना छोराछोरी पढाउन थाले । मेरो पुस्तामा मैले पढेको थिएँ । पढाइको महत्त्व पनि बुझेको भएर मैले पनि मेरा छोरीहरूलाई पढाएँ । मेरा पाँच बहिनी छोरी हुन् । ती सबैलाई मैले सानो उमेरमा नै विद्यालय पठाइसकेको थिएँ ।
अहिले शिक्षा मात्र होइन, स्वस्थ पनि हुनुपर्छ भन्ने पनि छ । अरूको अगाडि सफा भएर हिँड्नुपर्छ भन्ने सचेतना यहाँका लेप्चाहरूमा आइसकेको छ ।
छोराछोरी बराबर स्वतन्त्र मान्छौँ – दिमित लेप्चा

मेरो नाम दिमित लेप्चा हो । मैले प्लसटुसम्म पढेको छु । म बजार एरियाबाट पनि भएँ । अनि मेरो बाबा (प्रेमबहादुर लेप्चा) आफैँ शिक्षित भएकाले छोरा मात्र होइन, अब छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतका कारण मैले पढ्ने अवसर पाएँ । मेरो दिदी ५४ वर्षको हुनुभयो । उहाँले पनि एसएलसीसम्म पढ्नुभएको छ । मेरा बहिनीहरूले पनि पढेका छन् ।
हामी सबै दिदीबहिनीहरूले पढ्न पाए पनि हामीजस्तै उमेरका अरूहरूले पढ्ने अवसर पाएनन् । स्कुल ‘फिस’ दिन पनि गाह्रो थियो । धेरैका आमाबुबा आफूहरू पनि शिक्षित हुनुहुन्थेन । पढाइको महत्त्व बुझ्न सक्नु भएन । उहाँहरूपछिका पुस्ताले भने स्कुलमा गएर पढेका छन्, पढ्न पाएका छन् ।
पहिला पहिलाको समयमा लाप्चा जातिमा पुरुषमा भन्दा महिलामा बढी अधिकार थियो । एउटा उदाहरण हो– छोरी माग्न घरमा केटा पक्ष आउँदा आमाले नै रितभात गर्ने चलन । यो गर्ने अधिकार आमाहरूमै थियो । अहिले पनि हाम्रो समुदायमा महिला, पुरुष बराबरी नै छ ।
हामी बसेको ठाउँको माटोमा जे लगाए पनि फल्ने गर्छ । कृषिमा आधुनिकीकरणसहित यहाँका लेप्चाहरूले कृषि कर्म गर्छन् । पहिले अलैँची लगाउँथे । यहाँ चिया बगान पनि छ । मेरो बाबाको पनि सय वटाभन्दा बढी चिया बगान छ । बुढेसकालमा बगानहरूलाई ठेक्का दिएर खाम भने पनि पुग्छ । छोराछोरीकै सहारामा बस्नुपर्छ भन्ने छैन । यो ‘टुरिजम’ क्षेत्र पनि भयो । यहाँ पर्यटकहरू आउँछन् ।
पहिला पहिलाको समयमा लाप्चा जातिमा पुरुषमा भन्दा महिलामा बढी अधिकार थियो । एउटा उदाहरण हो– छोरी माग्न घरमा केटा पक्ष आउँदा आमाले नै रितभात गर्ने चलन । छोरीका आमाले नै रितभात गर्थे । यो गर्ने अधिकार आमाहरूमै थियो । अहिले पनि हाम्रो समुदायमा महिला पुरुषभन्दा पछाडि परेका छैनन् । व्यवहारमा समानता कायमै छ । महिला, पुरुष बराबरी नै छ ।
छोराले यस्तो गर्नुपर्छ भन्ने, छोरीले यो गर्नुहुन्न भन्ने दबाब हाम्रो घरमा थिएन । अहिले पनि त्यस्तो दबाब छैन । हाम्रो जाति र समुदायमा कसैको घरमा पनि महिलालाई यस्तो भेदभावको दबाब हुँदैन । घरमा हुने सरसल्लाहमा महिला पुरुष दुबैले भाग लिने र मिलेर घर चलाउने गर्छन् ।
घरमा हुने सरसल्लाहमा महिला पुरुष दुबैले भाग लिने र मिलेर घर चलाउने गर्छन् । अनि, लाप्चा समुदायमा छोरा र छोरी भनेर भेदभाव गर्ने चलन छैन । हामीकहाँ पहिलेदेखि नै त्यस्तो भेदभाव छैन । अहिले त झन् हुने कुरै भएन । अरू कुरामा परिवर्तन आएको छ तर हामीमा भएको समानता कायमै छ । त्यसलाई छोडेका छैनौँ ।
मेरो आफ्नै घरमा पनि बुहारीलाई ‘रेडियोमा जाऊ, हामी घरको काम गर्छौं’ भन्थ्यौँ । छोराले यस्तो गर्नुपर्छ भन्ने, छोरीले यो गर्नुहुन्न भन्ने दबाब हाम्रो घरमा थिएन । अहिले पनि त्यस्तो दबाब छैन । हाम्रो जाति र समुदायमा कसैको घरमा पनि महिलालाई यस्तो भेदभावको दबाब हुँदैन ।
हाम्रो आफ्नै भाषा थियो । अहिले पनि हाम्रो भाषा छ तर त्यो बोलीचालीमा त्यति आउँदैन । हराइसकेको अवस्थामा छ ।
शिक्षा, स्वास्थ्य र अवसरका कुरामा अनि स्वतन्त्रताको कुरामा छोराछोरी बराबर मान्छौँ । हाम्रो जातिमा पहिलेदेखि अहिलेसम्म विभेद, हिंसा भएको भन्ने कुरा मलाई थाहा छैन ।
हाम्रो आफ्नै भाषा थियो । अहिले पनि हाम्रो भाषा छ तर त्यो बोलीचालीमा त्यति आउँदैन । हराइसकेको अवस्थामा छ । यसरी भाषा हराउनुको कारण के हो भने पहिला पहिला स्कुल जाने चलन थिएन । लेप्चाहरू खेतीपातीमा काम गर्ने, गाई गोठाला गरेर दिन बिताउने, घरको काम गर्थे ।
म बुझ्ने भएपछि मैले नै गाउँघरमा डुलेरै हामीले पनि ‘अब नानीहरूलाई पढाउनुपर्छ’ भनेर भन्थेँ । मैले त्यसो भन्दा उनीहरूका घरका मानिसले समस्या देखाउँथे । त्यस बेला गाई गोठालाको काम कसले गर्दिने भनेर मलाई भन्थे । बिस्तारै समयसँगै देशमा राजनीतिक र सामाजिक परिस्थिति परिवर्तन हुँदै गयो । हाम्रो समुदायमा पनि त्यसको प्रभाव पर्न थाल्यो र रहनसहनमा परिवर्तन हुँदै गयो ।
हाम्रो समुदायमा पहिलेका बुढापाकाले मात्र आफ्नो भाषा जानेका छन् । अहिले तिनले मात्र आफ्नो भाषामा बोल्छन् । अहिलेका त बोल्दैनन् । त्यसै कारण हाम्रो भाषा हराउँदै गए जस्तो भयो ।
हाम्रो भाषा हराउँदै गएको किन भन्दा सबैका छोराछोरी स्कुल जाने भए अनि त्यहाँ तिनले नेपाली भाषा बोल्न प¥यो । मलाई लाग्छ, सबै कामहरू नेपाली भाषाबाटै गर्नुपर्ने भएपछि सबैले नेपाली मात्र बोल्ने भए । हाम्रो समुदायमा पहिलेका बुढापाकाले मात्र आफ्नो भाषा जानेका छन् । अहिले तिनले मात्र आफ्नो भाषामा बोल्छन् । अहिलेका त बोल्दैनन् । त्यसै कारण हाम्रो भाषा हराउँदै गए जस्तो भयो ।
लेप्चा समुदायले पुसमा नयाँ साल मनाउने गर्छ । यसलाई नाम्बुन भनिन्छ । नयाँ सालमा नयाँ बाली भित्रयाउने, सुँगुर काटेर मासु पकाएर खाने, घोडा चढेर रमाइलो गर्ने हुन्थ्यो । हाम्रोतिर यसरी नयाँ साल मनाउने चलन अलि पहिले व्यापक थियो ।
हाम्रो जातिको आफ्नो भेष पनि छ तर त्यो त्यति लगाउँदैनन् । अहिले त्यही कार्यक्रम हुँदा, नयाँ साल मनाउँदा मात्र लगाउने गर्छन्, अरू बेला लगाउँदैनन् । हाम्रो आफ्नो भाषा, भेष हराउँदै गयो । यस्तो किन भयो भन्दा अन्तरजातीय विवाहका कारण पनि सबै हराउन लागेको होला ।
भाषा हराउँदै गएको अवस्थामा मेरो बाबाले भाषा जगेर्नाका लागि करिब डेढ दशकअघि नै केही प्रयास गर्नुभयो । बाबाले आफ्नै पैसामा १७–१८ जनालाई लेप्चा भाषा सिकाउने गुरु लिएर लेप्चा भाषा पढाउनुभएको थियो । अहिले रोङ गाउँपालिकाको एउटा विद्यालयमा पनि लेप्चा भाषाको पढाइ हुन्छ । गाउँपालिकाको सहयोगमा केही वर्ष अगाडिदेखि यो भाषा पढाउन सुरु भएको हो ।
पहिला हाम्रो जातिका मानिस सेना, शिक्षक, व्यापारमा कतै कुनै नोकरीमा थिएनन् । खेती किसानीमा मात्र लागेका थिए । तर, पढाइलेखाइ गरेका कारण बिस्तारै जागिरै खाने नभए पनि कोहीले विदेश जाने र कमाउने पनि भए ।
लेप्चा समुदायका मानिसले भत्ताको पैसाले रक्सी खाने, मात्तिने भनेर पनि मिडियामा लेखिएका छन् तर आदिमकालबाटै लेप्चाहरूले रक्सी खान्थे । यो हाम्रो संस्कृतिको एउटा अङ्ग पनि हो । हाम्रो त कुलमै पनि रक्सी चाहिन्छ ।
हुन त अझै पनि धेरैले चाहिँ यहाँ खेतीपाती नै गर्छन् । भर्खर हो, रोजगारीका लागि बाहिर देश जाने चलन बढेको । अल्लि वर्ष अगाडि हो, सिटिइभिटीद्वारा छात्रवृत्तिमा नर्स पढ्न पाएर केहीले जागिर पनि खाएका छन् । अहिले दुई जना लेप्चा नानीहरूले नर्सको काम पनि गर्छन् ।
लेप्चा समुदायका मानिसले भत्ताको पैसाले रक्सी खाने, मात्तिने भनेर पनि मिडियामा लेखिएका छन् तर मेरो विचारमा त्यस्तो मात्र पनि होइन । यस जातिका मानिसले रक्सी पहिलेदेखि नै खान्थे । आदिमकालबाटै लेप्चाहरूले रक्सी खान्थे । यो हाम्रो संस्कृतिको एउटा अङ्ग पनि हो । हाम्रो त विभिन्न कामका लागि कुलमै पनि रक्सी चाहिन्छ ।
बरु सुरक्षा भत्ताबाट समुदायका मानिसको शिक्षा र गरिबी निवारणमा केही सहयोग चाहिँ पुगेको छ भन्ने लाग्छ । राम्रो स्कुलहरूमा नानीहरूले पढ्न पाएका छन् । अन्य घरायसी काममा पनि केही सहयोग भएको छ ।
पहिले पञ्चायतकालमा लाप्चाबाट खोजेरै दश जनाले दश पास गरेको भेट्टाएर सम्मान पनि गरेको अवस्था थियो । पहिले धेरैजसोले आँैठा छाप लगाउने अवस्था थियो । अहिले सबैजसो लेप्चाहरू लेख्ने पढ्ने छन् ।
पहिले हेरेर अहिले धेरै कुरामा परिवर्तन भयो अनि हुँदैछ । गाउँघरमा घुम्दा हेर्दा पनि अहिले धेरै कुरामा राम्रो भएको देखिन्छ । घरव्यवहार पनि पहिले मैले देखेकोभन्दा अहिले केही सुधारिएको देखिन्छ । शिक्षाको पहुँच पनि बढेको छ । धेरै परिवर्तन भइराखेको छ ।
प्रकाशन मिति : २०८३ बैशाख २९ गते, मंगलवार





