लैङ्गिक न्याय र समानता चाहने जो कोही व्यक्ति पनि महिलावादी हुन सक्छ । महिलावादको सम्बन्ध व्यक्तिको यौनिक पहिचानमा होइन, उसको सोचाइ र व्यवहारसँग हुन्छ । समानतामा आधारित सामाजिक न्यायसहितको समाज निर्माणको पक्षमा लाग्ने हरेक व्यक्ति महिलावादी हुन् । यस आधारमा विचार गर्दा महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जो कोही व्यक्ति पनि महिलावादी हुने सम्भावना हुन्छ ।
जसरी महिला भएकै आधारमा सबै महिलालाई महिलावादी भन्न सकिँदैन, त्यसरी नै पुरुष भएकै आधारमा सबै पुरुषलाई महिलावादी हुन सक्दैनन् भन्न पनि सकिँदैन । कतिपय महिला पनि पितृसत्ताका हिमायती हुन्छन् भने कतिपय पुरुषहरू त्यस्ता नहुन सक्छन् । कतिपय पुरुषहरू पितृसत्ताका प्रवर्धक नभएको अवस्था पनि छ ।
कतिपय पुरुषहरू समानतामा आधारित मानवीय समाजको निर्माण गर्न चाहन्छन् । यसैले त्यस्ता पुरुषहरू सामाजिक न्यायको पक्षमा वकालत मात्र गर्दैनन्, महिलाको नेतृत्व विकास र समान सहभागिताविना समानता आउँदैन भन्ने सोचमा प्रतिबद्ध देखिन्छन् ।
विश्वको इतिहासमा महिलावादमा विश्वास गर्ने धेरै पुरुषहरू रहेको प्रमाण छ । उदाहरणका लागि सन् १८४८ मा आर्थिक रूपमा आत्मनिर्भर भएपछि मात्र महिलाहरू मुक्त हुन्छन् भन्ने विचार अगाडि ल्याउने कार्ल मार्क्स र एङ्गेल्सहरू थिए । यस्तै, सन् १८६७ मा बेलायतको संसद्मा समानतासम्बन्धी कानुन बनाउने विधेयक पेस गर्ने सांसद जोन स्टुआर्ट मिल थिए । उनीहरू सबै पुरुष हुन् । सन् १८८९ मा क्लारा जेट्किनले समान कामको लागि समान पारिश्रमिकको प्रस्ताव राख्दा साथ दिने सहभागीहरूमा अधिकांश पुरुषहरू नै थिए । सन् १९४० मा चिनियाँ क्रान्तिको सन्दर्भमा राजनीतिक, आर्थिक र सामाजिक रूपमा प्राप्त समानता उपभोग गर्न पितृसत्ताको पनि अन्त्य हुनुपर्छ भन्ने माओ त्से तुङ पनि पुरुष नै हुन् ।
आजको दुनियाँमा पनि कतिपय पुरुषहरू समानतामा आधारित मानवीय समाजको निर्माण गर्न चाहन्छन् । यसैले त्यस्ता पुरुषहरू सामाजिक न्यायको पक्षमा वकालत मात्र गर्दैनन्, महिलाको नेतृत्व विकास र समान सहभागिताविना समानता आउँदैन भन्ने सोचमा प्रतिबद्ध देखिन्छन् । उनीहरू कुराले मात्र हुँदैन भन्दै नतिजामा परिवर्तन ल्याउनका लागि क्रियाशील पनि छन् । यसैले त्यस्ता पुरुषहरू महिलावादी हुन् । लाग्छ, सामाजिक न्यायका पक्षपाती हरेक व्यक्ति महिलावादी आन्दोलनका अभिन्न अङ्ग र अंशका रूपमा रहँदै आएका थिए र छन् । उनीहरू भविष्यसम्मै जारी रहने महिला आन्दोलनमा पनि जोडिँदै जानेछन् ।
नेपाली पुरुषपनि महिलावादी छन् त ?
हो, नेपाली पुरुष पनि महिलावादी छन् । नेपालमा केही पुरुषहरू पहिलेदेखि महिलावादी थिए र अहिले पनि छन् । जसरी नेपालका हरेक राजनीतिक–सामाजिक आन्दोलनमा महिलाहरूको सहभागिता रहँदै आयो, त्यसरी नै हरेक महिलावादी आन्दोलनमा पुरुषहरूको पनि साथ र सहयोग रहँदै आएको छ । उदाहरणका लागि नागरिक विद्रोहकी अभियन्ता योगमायाका सबैभन्दा निकट सहकर्मी प्रेमनारायण भण्डारी थिए । योगमायाका अनुयायीहरूमा पनि महिलाभन्दा पुरुषहरू नै बढी थिए । राजनीतिक इतिहासमा पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद कोइरालाजस्ता नेता पनि हुनुहुन्थ्यो, जसले लैङ्गिक समानताका पक्षमा बोल्नुभयो । उहाँहरूले राजनीतिक दलको नीतिमा समानताको विषय समावेश पनि गर्नुभयो ।
नेपालको समस्या भनेको संविधान र कानुनन प्राप्त उपलब्धिको व्यावहारिक कार्यान्वयन मात्र हो । कार्यान्वयनको पाटो भने सहज देखिएको छैन । झन् झन् जटिल बन्दै गइरहेको छ ।
यसैगरी, पञ्चायतविरोधी आन्दोलनमा समानताका विषयको उठान गर्ने र महिलाहरूलाई सचेत र सङ्गठित गर्न अगुवाइ गर्नेमा पनि पुरुष नै धेरै थिए । बहुदलीय कालमा राजनीतिक वा सामाजिक रूपमा लैङ्गिक समानताको विषयलाई राज्यसत्तादेखि समुदायसम्म पु¥याउने अभियानमा पुरुषहरू महिलाकै पक्षमा थिए । अभियानमा उनीहरू महिलासँगै पनि थिए । सामन्ती पितृसत्तामा आधारित राजतन्त्रको अन्त्य गरी समावेशी समानुपातिक सहभागितासहितको गणतान्त्रिक व्यवस्था स्थापनाको आन्दोलनमा लैङ्गिक समानताको विषय समावेश गर्ने र आन्दोलनमा महिलाहरूको सरोबरी सहभागिता गराउने अभियानमा पनि पुरुषहरू महिलाका पक्षमा महिलासँगै थिए ।
आज संवैधानिक र कानुनी रूपमा लैङ्गिक समानताका सन्दर्भमा जे जति हक, अधिकार, अवसर र दायित्व प्राप्त भएका छन्, त्यसका पछाडि पुरुषहरूको धेरै साथ छ । यसमा उनीहरूको बलियो हात पनि छ ।
लोकतन्त्रमा राज्यसत्ता होस् वा पार्टीसत्ता, सत्ताबाहिर वा विपक्षमा रहँदासम्म महिलावादी एजेन्डामा सहमत पुरुष र दलका महिलाहरू पनि सत्तामा पुगेपछि स्थापित प्रावधानको कार्यान्वयनमा खरो उत्रन नसक्नु समस्या बनेको छ ।
अहिलेको नेपालको समस्या भनेको संविधान र कानुनन प्राप्त उपलब्धिको व्यावहारिक कार्यान्वयन मात्र हो । कार्यान्वयनको पाटो भने सहज देखिएको छैन । झन् झन् जटिल बन्दै गइरहेको छ । यसलाई नियतवश जटिल बनाउँदै लगिएको पनि छ ।
लोकतन्त्रमा राज्यसत्ता होस् वा पार्टीसत्ता, सत्ताबाहिर वा विपक्षमा रहँदासम्म महिलावादी एजेन्डामा सहमत पुरुष र दलका महिलाहरू पनि सत्तामा पुगेपछि स्थापित प्रावधानको कार्यान्वयनमा खरो उत्रन नसक्नु समस्या बनेको छ । अझ प्रमुख वा निर्णायक पदमा महिला सहभागिता जस्तो खास प्रावधान कार्यान्वयन गर्दा जब कुनै पुरुषको आफ्नै पद धरापमा पर्ने अवस्था आउँछ, तब उसमा देखिँदैआएको महिलावाद नै धर्मराउने र हराउने गरेका घटना प्रशस्त देखिएका छन् । यसको मूल कारण भनेको सम्बन्धित व्यक्तिको मन र मस्तिष्कको गहिराइमा जीवित रहेको पितृसत्ता नै हो ।
व्यक्तिभित्र नसा नसामा लुकेर रहेको पितृसत्ताले लोकतन्त्रको विशेषताको रूपमा रहेको लैङ्गिक समानतालाई व्यवहारमा ल्याउन दिइरहेको छैन । सिद्धान्त र विचारमा महिलावाद स्वीकार गरे पनि यसले पुरुषहरूलाई महिलाको नेतृत्व सहजै स्वीकार गर्न दिइरहेको छैन ।
व्यक्तिभित्र नसा नसामा लुकेर रहेको पितृसत्ताले लोकतन्त्रको विशेषताको रूपमा रहेको लैङ्गिक समानतालाई व्यवहारमा ल्याउन दिइरहेको छैन । सिद्धान्त र विचारमा महिलावाद स्वीकार गरे पनि यसले पुरुषहरूलाई महिलाको नेतृत्व सहजै स्वीकार गर्न दिइरहेको छैन । यस किसिमको विरोधाभासपूर्ण मनस्थिति र प्रवृत्तिमा रूपान्तरणको खाँचो छ । यसका लागि नेतृत्वले आफूभित्रको समानताविरोधी प्रवृत्तिलाई परिवर्तन गर्न सक्नुपर्छ । यसका साथै, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूले आआफ्ना ठाउँ, तह र तप्काबाट नयाँ पुस्तालाई सानैदेखि समानतावादी संस्कारमा हुर्काउने अभियान चलाउन जरुरी देखिएको छ ।
विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई ‘सन्धान सहकार्य’ अन्तर्गत सम्पादनसहित साभार गरी प्रकाशन, प्रसारण गरिँदै आएको सर्वविदितै छ । यसै क्रममा आज बिन्दा पाण्डे (पिएचडी) द्वारा लिखित ‘महिलावाद’ नामक पुस्तिकामा प्रकाशित ‘पुरुष पनि महिलावादी हुन्छन् ?’ शीर्षकको सामग्री साभार गरेका छौँ । धादिङको थाक्रे गाउँपालिकाले २०७८ सालमा प्रकाशन गरेको पुस्तिकाबाट लिइएको यस सामग्रीलाई सामान्य सम्पादन गरिएको छ । प्रकाशनका लागि अनुमति दिनुभएकोमा लेखकलाई धन्यवाद !
याे पनि पढ्नुहाेला
सन्धान प्रकाशन मिति : २०७० असाेज २९ गते, साेमबार