Home Insight पालिका प्रमुखमा करिब साढे तीन प्रतिशत महिला निर्वाचित

पालिका प्रमुखमा करिब साढे तीन प्रतिशत महिला निर्वाचित

654
0

‘स्थानीय तह निर्वाचन २०७९ विशेष’

बैशाख ३० गते भएको स्थानीय निर्वाचन २०७९ बाट पालिका प्रमुखमा २५ जना महिला निर्वाचित भएका छन् । कूल ७५३ वटा पालिकामध्ये २५ पालिकामा महिला निर्वाचित भएका हुन् । एक जना महानगरपालिका प्रमुख, एकजना उपमहानगरपालिका प्रमुखसहित १३ नगरप्रमुख र १२ जना गाउँपालिकाको अध्यक्षमा महिला निर्वाचित भएका हुन् ।

२०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्ष र नगरप्रमुख गरी १८ जना पालिका प्रमुख महिला थिए । यसपटक त्यो सङ्ख्या बढेर २५ पुगेको छ । तर कूल पालिकामा २५ जना महिला प्रमुख आउँदा तीन दशमलव तीन दुई मात्रै हो ।

पार्टीगत रुपमा हेर्दा नेकपा एमालेबाट सबैभन्दा बढी नेकपा एमालेबाट १० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट नौ, नेकपा माओवादी केन्द्रबाट चार, लोकतान्त्रिक समाजवादी र नेकपा समाजवादीबाट एकएक जना निर्वाचित भएका हुन् ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र सिन्धुलीको दुधकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहाल दोस्रो पटक प्रमुख पदमा पुग्नुभएको हो । केही उपप्रमुखबाट प्रमुख पदमा पुग्नुभएको छ भने कतिपय नयाँ हुनुहुन्छ । प्रदेशगत रुपमा सबैभन्दा बढी प्रदेश १ र बागमती प्रदेशबाट छ–छ जना निर्वाचित भएका छन् । कुन प्रदेशमा, कुन पार्टीबाट, कुनकुन पालिकामा निर्वाचित भए भन्ने विवरण यसप्रकार छ :

प्रदेश १

१. अरुणादेवी राई : अध्यक्ष, जन्तेढुङ्गा, खोटाङ, नेकपा (माओवादी केन्द्र)
२. राजमती इङ्नाम : अध्यक्ष, कानेपोखरी गाउँपालिका, मोरङ (नेकपा एमाले)
३. मीनादेवी कार्की (बस्नेत) : अध्यक्ष, लिखे पिकु गाउँपालिका, सोलुखुम्बु (नेपाली कांग्रेस)
४. विमला राई : नगरप्रमुख, हलेसी तुवाचुङ, नगरपालिका, खोटाङ (नेपाली कांग्रेस)
५. फुलवती राजवंशी : अध्यक्ष, गौरीगंज गाउँपालिका, झापा (नेपाली कांग्रेस)
६. पवित्रादेवी महतारा : नगरप्रमुख, बिर्तामोड नगरपालिका, झापा, (नेकपा एमाले)

मधेश प्रदेश

१. गीता चौधरी : नगरप्रमुख, सुरुङ्गा नगरपालिका, सप्तरी (नेपाली कांग्रेस)
२. रीनाकुमारी साह : नगरप्रमुख, मौलापुर नगरपालिका, रौतहट (नेकपा एमाले)
३. कौशल्या देवी : नगरप्रमुख, इशनाथ नगरपालिका, रौतहट (लोकतान्त्रिक समाजवादी)
३. कल्पना कटुवाल : नगरप्रमुख, वरहथवा नगरपालिका, सर्लाही (नेकपा एमाले)

बागमती प्रदेश

१. पार्वती सुनुवार : अध्यक्ष, फिक्कल गाउँपालिका, सिन्धुली (नेकपा एमाले)
२. दीपा बोहोरा दाहाल : अध्यक्ष, सुनकोसी गाउँपालिका, सिन्धुली (नेकपा माओवादी केन्द्र)
३. रेणुका चौलागाईं : अध्यक्ष, चौँरीदेउराली गाउँपालिका, काभ्रे (नेकपा माओवादी केन्द्र)
४. मीनाकुमारी लामा : नगरप्रमुख, हेटौंडा उपमहानगरपालिका, मकवानपुर (नेकपा समाजवादी)
५. रेणु दाहाल : नगरप्रमुख, भरतपुर महानगर, चितवन (नेकपा माओवादी केन्द्र)
६. ताराकुमारी काजी महतो : नगरप्रमुख, माडी नगरपालिका, चितवन (नेकपा एमाले)

गण्डकी प्रदेश

१. लक्ष्मीदेवी पाण्डे : अध्यक्ष, हुप्सेकोट गाउँपालिका, नवलपुर (नेपाली कांग्रेस)
२. हीरादेवी शर्मा : अध्यक्ष, मोदी गाउँपालिका, पर्वत (नेकपा एमाले)
३. गण्डकी थापा अधिकारी : अध्यक्ष, बडिगाड गाउँपालिका, बागलुङ (नेपाली कांग्रेस)

लुम्बिनी प्रदेश

१. विमला अर्याल : नगरप्रमुख, सुनवल नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) (नेकपा एमाले)
२. सरस्वती दर्लामी : अध्यक्ष, बगनासकाली गाउँपालिका, पाल्पा (नेकपा एमाले)

कर्णाली प्रदेश

१. रीताकुमारी शाही : अध्यक्ष, भैरवी गाउँपालिका, दैलेख (नेपाली कांग्रेस)
२. मोहनमाया ढकाल : नगरप्रमुख, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत (नेकपा एमाले )

सुदुरपश्चिम प्रदेश

१. सुशीला शाही : नगरप्रमुख, लम्कीचुहा नगरपालिका, कैलाली (नेपाली कांग्रेस)
२. अम्बिका कुमारी चलाउने : नगरप्रमुख, पञ्चदेवल विनायक नगरपालिका, अछाम (नेपाली कांग्रेस)

प्रकाशन मिति : २०७९ जेठ १४, शनिवार ।


Previous articleउपप्रमुख हुँदा ७५ प्रतिशत घरमा पुगेर कुरा सुनेको छु –ताराकुमारी काजी महतो, नगरप्रमुख, माडी
Next articleबलात्कारविरुद्धको उजुरीमा हदम्याद अनुचित