ललितपुर महानगरपालिकाले महानगरका महिला उद्यमीलाई प्रोत्साहित गर्न उद्यमी सम्मेलन र व्यापार मेला आयोजना गरी महिलालाई सम्मान पनि गर्ने गरेको छ । यसै सिलसिलामा महानगरले स्थानीय सानेपास्थित हेरिटेज गार्डेनमा २०८३ जेठ २९ गते शुक्रबार एकदिने सम्मेलन र मेला आयोजना गरेको थियो । महानगरबाट हालसम्म आयोजित महिला उद्यमी सम्मेलन र व्यापार मेलामध्ये यो पाँचौँ हो ।

शुक्रबार आयोजित उक्त सम्मेलन र मेलामा स्थानीय उद्यमी महिलाले उत्पादन गरेका सामानलाई बिक्री र प्रदर्शनमा राखिएको थियो । घरेलु उद्योगबाट उत्पादित खाद्य तथा उपभोग्य विविध वस्तु, हस्तनिर्मित सामग्री, कलात्मक पेन्टिङ आदि राखिएको सो मेलामा सहभागी स्थानीय १० जना उद्यमी महिलालाई सम्मान गरियो ।



सम्मानित महिलामा ललितपुर महानगरपालिका वडा नम्बर ३ मा सञ्चालित उद्योग जुस मण्डलाकी सह(संस्थापक एवं प्रबन्ध निर्देशक रेश्मा प्रधान मुल्मी, वडा नम्बर २८ मा सञ्चालित उद्योग सकल बायो इन्जाइम नेपालकी संस्थापक एवं प्रबन्ध निर्देशक सरला महर्जन, वडा नम्बर २९ मा सञ्चालित उद्योग खोना पाउँकी संस्थापक प्रोप्राइटर हिरा मेजु डंगोल हुनुहुन्छ ।



यस्तै, महानगरपालिका वडा नम्बर १६ मा सञ्चालित आरबी क्रियसनकी संस्थापक एवं मुख्य डिजाइनर रचना बज्राचार्य, वडा नम्बर १६ मै सञ्चालित पहिरन टेलरिंग हाउसकी संस्थापक एवं मुख्य डिजाइनर रजना बज्राचार्य, वडा नम्बर १४ मा सञ्चालित उद्योग पाथिभरा कृषि फर्मकी संस्थापक एवं प्रोप्राइटर टेकमाया लिम्बू सम्मानित हुनुभयो ।



यसैगरी, वडा नम्बर १८ मा सञ्चालित सिर्जनशील उत्पादनकी संस्थापक एवं प्रोप्राइटर विष्णु पोखरेल, वडा नम्बर १३ मा सञ्चालित नारी जागृति कोसेली घरकी संस्थापक एवं प्रोप्राइटर कृष्णकुमारी न्यौपाने, वडा नम्बर १५ मा सञ्चालित पियर स्टालिस ब्यूटी होमकी संस्थापक, मुख्य सौन्दर्य विशेषज्ञ एवं प्रबन्ध निर्देशक राममाया (रिना) अवाले, वडा नम्बर ११ मा सञ्चालित लशकुश फेसन हाउसकी संस्थापक एवं मुख्य फेसन डिजाइनर प्रमिशा महर्जन सम्मानित हुनुभयो ।



सम्मानित भएका दसैजना उद्यमी तथा व्यवसायी महिलालाई बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री विन्दु श्रेष्ठ, महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख तथा महिला उद्यमशीलता विकास सहजीकरण केन्द्रका संयोजक मञ्जली शाक्य बज्राचार्यले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।



प्रकाशन मिति : २०८३ असार १ गते, साेमवार





