बालविवाहकै कारण निकै कष्टकर भयो जीवन

Share this :

– सुनिता चिडिमार

पाँचै वर्षको उमेरमा सुनिता चिडिमारको विवाह गरियो । बालविवाह त्यो पनि आफूले थाहा नपाइकनै भएको रहेछ भन्ने कुरा उहाँले अलि ठुलो भएपछि थाहा पाउनुभयो । २०४५ साल ८ महिना १५ गते जन्मिएकी घरकी जेठी छोरी सुनिताको मात्र होइन, तीनै दिदीबहिनी र एक भाइको पनि बाल्यकालमै विवाह गरियो ।

चिडिमार समुदायकी अभियन्ता तथा महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा परिचित सुनिताका हजुरबुवाले ‘छोरीलाई पढाउन हुँदैन’ भन्ने सोच राख्नुहुन्थ्यो । समाजमा पनि यही सोच व्याप्त थियो । आमाबुवाले भने छोरीलाई पढाउन चाहनुहुन्थ्यो ।

सानैमा विवाह गरिदिए पनि आमाबुवाले सुनितालाई आफूसँगै राखेर गाउँकै स्कुलमा भर्ना गरिदिनुभयो र कक्षा १० सम्म पढ्न पठाउनुभयो । आमाबुवाका कारण कक्षा १० सम्म पढ्न पाए पनि उहाँले परीक्षा दिन पाउनु भएन । १४ वर्ष लाग्दा नलाग्दै पढाइलाई यत्तिकै छाडेर सुनिताले श्रीमान्‌काे घर जानुपर्ने भयो ।

आफ्नै उमेरका श्रीमान्‌काे ठुलो परिवार रहेछ । बुहारीको नाताले नयाँ घरको नियममा सुनिता बाँधिनुभयो । बिहान चाँडै उठ्नुपर्ने, घरको कामधन्दा धेरै गर्नुपर्ने थियो । सानै उमेरमा उहाँ गर्भवती पनि हुनुभयो । सुनिताले आफ्नो किशोरावस्थाको त्यो समय बालविवाहकै कारण निकै कष्टकर रहेको बताउनुभयो ।

“बाल्यकालमै म गर्भवती भएँ । गर्भवती भएपछि मेरो जीवनमा मैले कहिल्यै नसोचेका धेरै समस्या आए,” सुनिताले भन्नुभयो, “घरको समस्या, दुःख र डरले गर्दा म कहिले माइती त कहिले घर गर्दै बसेकी थिएँ । नजिकमा आमाबुवा नभएको भए सानै उमेरमा गर्भवती भएकी म बाँच्दा पनि बाँच्दिनथेँ होला ।”

परिवार संरचना र विवाह संस्कारले सुनितालाई थाहै नदिई जीवनको यस्तो चक्रव्यूहमा फसाइसकेको थियो, जसलाई उहाँ र उहाँभन्दा अगाडिको पुस्ताका महिलाहरूले त्यो समयको जटिलतालाई आआफ्नै तरिकाले भोगेका थिए । प्रजनन स्वास्थ्यसँग जोडिएको त्यो भोगाइ कसै गरी सहज नभए पनि त्यसलाई मुखर गर्ने चलन थिएन ।

महिलाका जायज कुरा पनि नसुन्ने र सुल्झाउन सकिने समस्यालाई पनि नियति ठानेर दबाउने समाजमा सुनिताले भने त्यो समयको भोगाइलाई लुकाउन चाहनु भएन । श्रीमान्‌काे घर जानुअघि हाइस्कुलसम्मको भए पनि शिक्षा पाएकी उहाँले अग्रजहरूसँगै आफूले भोग्नुपरेको समस्या भावी पुस्तामा नदोहोरियोस् भन्ने चाहना राख्नुभयो । सोही अभिप्रायले आफ्ना भोगाइलाई छलफलमा पनि ल्याउँदै आउनुभयो ।

तहतहका विभेद, धेरै खालका दुःखसुख र उतारचढाव भोग्दै गर्दा सुनिताले पहिले माइतीको र पछि श्रीमान्‌काे साथ पाउनुभयो । कठिन समयमा कहिले माइत त कहिले घरमा बसेर आफ्नो अवस्थालाई नियाल्दै र आफूलाई सम्हाल्दै अघि बढ्नुभयो । श्रीमान् पनि पढालेखा, सिर्जनशील र सहयोगी प्रकृतिका हुनाले सुनिताको योजना र चाहनालाई साथ दिनुभयो ।

सुनिताले यति हुँदाहुँदै पनि आफू र आफूजस्ता महिलामाथि संरचनागतरूपमै थोपरिएका विभेद र हिंसा त्यति सजिलै हट्नेवाला छैनन् भन्ने अनुभव गर्नुभयो । यसैले तिनका विरुद्ध सशक्त ढङ्गले आवाज उठाउनका लागि थप पढ्नुपर्छ भन्ने निष्कर्ष निकाल्नुभयो । बिचैमा छुटेको आफ्नो पढाइलाई १५ वर्षपछि भए पनि निरन्तरता दिन थाल्नुभयो । उहाँका छोराले पनि यसमा साथ दिनुभयो ।

लुम्बिनी प्रदेशस्थित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, कैलासपुर घर भएकी सुनिताले पढाइलाई अघि बढाउँदै गर्दा आफ्नो समुदायका साथै समाजका सबै महिलामाथि हुने गरेका विभेद, अन्याय र हिंसाका विरुद्ध आवाज उठाउने र दीर्घकालीनरूपमा ती समस्याको समाधान खोज्ने कार्यमा आफूलाई सक्रिय बनाउन थाल्नुभयो ।

स्नातक तहमा अध्ययनरत सुनिताले यसबिचमा चिडिमार समुदायको उत्थानका लागि विभिन्न तरिकाले पहल गर्दै आउनुभयो । उहाँको पहलमा नेपालगन्ज उपमहानगरपालिकामा चिडिमार महिला सञ्जाल गठन भयो । त्यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँको दाबी थियो ।

नेपालगन्ज–१२ चिडिमार समुदायको पुरानो थातथलो पनि हो । राष्ट्रिय जनगणना २०७८ मा उल्लेख भएअनुसार चिडिमारहरूको जनसङ्ख्या एक हजार ६१५ रहेको छ । यो समुदाय ऐतिहासिक कालमा सिकार गर्ने र माछा मार्ने पेसामा संलग्न थियो । सुनिताका अनुसार, राणाकालमा जमिनदारको मागबमोजिम चरा समातेर दिने काम गरी चिडिमारहरूले गुजारा चलाउने गर्थे ।

समयको परिवर्तनसँगै चिडिमारहरूको पेसागत संरचना पनि परिवर्तन हुँदै आयो । उनीहरू कृषि, मजदुरी, साना व्यापार र अन्य पेसामा पनि संलग्न हुन थाले । यो समुदायका बहुसङ्ख्यक मानिसहरू अझै पनि सामाजिक, आर्थिक, राजनीतिक आदि दृष्टिले पछाडि परेको अवस्थामा भेटिन्छन् ।

सुनिताले आफ्नो समुदायको हक–हित, उन्नति र न्यायका लागि ‘चिडीमार महिला विकास समाज’ नामक संस्था पनि स्थापना गर्नुभयो । उहाँले चिडिमार भएकै कारण आफूले शैक्षिक तथा व्यावसायिक जीवनमा पनि सामाजिक विभेद र लैङ्गिक विभेदको दोहोरो अनुभव गर्नुपरेको जानकारी दिनुभयो ।

सामाजिक अभियन्ता तथा महिला स्वास्थ्य स्वयंसेविका सुनितासँग २०८२ साल साउन महिनामा सन्धान सहकर्मीले कुराकानी गर्नुभएको थियो । कुराकानी लोपोन्मुख तथा सीमान्तकृतमा पर्ने चिडिमार समुदायको पनि महिला भएर बालविवाहजन्य कहर भोग्दै, विभिन्न खालका विभेद र हिंसाका विरुद्ध आवाज उठाउँदै, पढाइलाई निरन्तरता दिँदै र स्वास्थ्य स्वयंसेविकाको पदीय जिम्मेवारी निर्वाह गर्दै गर्दाका जीवनभोगाइमा केन्द्रित थियो ।

प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गर्नुभएको सोही कुराकानीको आधारमा तयार गरिएको सुनिता चिडिमारको स्वकथन :

चिडिमार समुदाय नेपालका लोपोन्मुख तथा सीमान्तकृत समुदायमा पर्छ । यो समुदायका व्यक्तिको बसोबास बर्दिया र बाँके जिल्लाको पनि सीमित ठाउँमा मात्र छ । त्यसैले चिडिमारलाई लोपोन्मुख समुदायमा परेको भनी जिल्ला प्रशासन कार्यालयले मान्यता दिएको छ ।

चिडिमार समुदायका मानिसको पेसा चरा समात्ने हो । राणा शासनकालमै जिमिनदारको मातहतमा रहेर चरा समात्ने काम गरिन्थ्यो । राणाहरूले भनेअनुसार चिडिमारहरूले चराहरू समातेर दिने गर्थे । हाम्रो त्यस्तो पेसालाई पछि जात र पहिचान बनाइयो ।

समयक्रमसँगै सबै कुरामा परिवर्तन हुँदै आयो । अहिले जीविकोपार्जनका लागि जिमिनदारका लागि चरा समात्ने र दिने काम हुँदैन । यसैले श्रमिकको रूपमा ज्यालादारीमा ‘लेबर’ को काम गर्छन् । जे काम भेट्यो, त्यही गर्छन् । हाम्रो समुदायका मानिसहरू ज्यालादारीमा सबै काम गर्छन् । अरूको खेतमा काम गर्न जान्छन् ।

चिडिमार समुदायका महिलाहरू पुरुषभन्दा पछाडि नै छन् । उनीहरू अरूको घरमा गएर ज्यालादारीमा भाँडा माझ्ने काम गर्छन् । यसरी नै जीवन बिताइरहेका छन् । महिलाका लागि रोजगारीको अरू बाटो पनि छैन ।

केही वर्षअघिसम्म चिडिमार समुदायबाट सरकारी जागिर खाने कोही थिएनन्, किनकि यस समुदाय शिक्षामा पछाडि थियो । पहिले त यस समुदायको कोही पनि पढेलेखेकै भेटिँदैनथ्यो । अहिले दुई–चार जनाले पढेलेखेका छन् । एक–दुई जना पुरुषले सरकारी जागिर खाएका पनि छन् ।

चिडिमार समुदायका महिलाहरू पुरुषभन्दा पछाडि नै छन् । उनीहरू अरूको घरमा गएर ज्यालादारीमा भाँडा माझ्ने काम गर्छन् । यसरी नै जीवन बिताइरहेका छन् । महिलाका लागि रोजगारीको अरू बाटो पनि छैन ।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १२ मा धेरै चिडिमारहरूको बसोबास छ । पहिले यो समुदाय अत्यन्त पछाडि थियो । यो सुमदायका कसैले पढेका थिएनन् । कसैको जागिर पनि थिएन । सबैको आर्थिक अवस्था एकदम कमजोर थियो । यसैले यो समुदायबाट छोराछोरीलाई पढ्न जान पनि दिइँदैनथ्यो ।

अहिले धेरै परिवर्तन भएको छ । यस समुदायका मानिसहरू सचेत देखिन थालेका छन् । पढाइको महत्त्व पनि बुझेका छन् । यसैले छोराछोरीलाई जसरी पनि स्कुल पढ्न पठाउँछन् । महिलाहरूले अरूको घरका भाँडा माझेर भए पनि छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने प्रयास गर्छन् ।

स्वास्थ्यको क्षेत्रमा पनि परिवर्तन आएको छ । अहिले आफू सजग र सफासुग्घर हुनेतर्फ ध्यान दिने गरेका छन् । केही गरी कोही बिरामी परिहाले पनि औषधि गर्न नसक्ने अवस्था छैन । पहिले उपचार नै नपाएर मृत्यु हुने पनि हुन्थ्यो । अहिले सरकारी अस्पतालहरू छन् । स्थानीय तहका नेताहरूले पनि सहयोग गर्छन् ।

वडाले सिफारिस गरेर औषधिका लागि सेवा–सुविधा पाएका छन् । महिलाका लागि गर्भवती र सुत्केरी सेवा छ । शिशुका लागि पनि हजार दिनका खोप निःशुल्क छन् । तर, ठुला क्यान्सरजस्ता रोगको उपचार गर्नमा अझै समस्या छ ।

चिडिमारको ठ्याक्कै पहिलेको जस्तो अवस्था त अहिले छैन, तर पनि अरू समुदायका मानिसको तुलनामा उनीहरूको अवस्था अझै पछाडि नै छ । यस समुदायमा अहिले पनि पुरुषहरूले महिलालाई हेप्ने प्रवृत्ति छ । ‘महिलाले के नै गर्न सक्छिन् र ?’ भन्ने सोच अझै छ । तर, मलाई लाग्छ, महिला भनेका समाज र परिवार चलाउने शक्ति हुन् ।

चिडिमार समुदायका महिला पहिले घरमै सीमित हुन्थे । एकछाक खान पुग्थ्यो भने त्यति मात्र खान्थे तर घरबाहिर काम गर्न जान्थेनन् । अहिले उनीहरू प्रायः भाँडा माझेर नै जीविका चलाइरहेका देखिन्छन् । आमाहरूले जीवन धान्नकै लागि घरबाहिर काम गर्नुपर्ने भएपछि छोरा मात्र होइन, छोरीहरूलाई पनि पढाउने प्रयास भइरहेको छ ।

कक्षा ९ बाट शुल्क लाग्छ । सरकारी विद्यालयमै पनि शुल्क लाग्छ । त्यस कारण चिडिमार समुदायका केटाकेटीहरू अहिले पनि शिक्षामा पछाडि नै पर्न बाध्य छन् । अभिभावकले शुल्क तिर्न सक्दैनन् । शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका लागि राम्रो आम्दानी पनि चाहिन्छ । अरूको घरमा गएर ज्यालादारीमा काम गरेर खानुपर्ने व्यक्तिलाई शुल्क तिरेर छोराछोरी पढाउन गाह्रो छ ।

चिडिमारको ठ्याक्कै पहिलेको जस्तो अवस्था त अहिले छैन, तर पनि अरू समुदायका मानिसको तुलनामा उनीहरूको अवस्था अझै पछाडि नै छ । यस समुदायमा अहिले पनि पुरुषहरूले महिलालाई हेप्ने प्रवृत्ति छ । ‘महिलाले के नै गर्न सक्छिन् र ?’ भन्ने सोच अझै छ । तर, मलाई लाग्छ, महिला भनेका समाज र परिवार चलाउने शक्ति हुन् ।

महिलालाई हेप्ने प्रवृत्तिले कसैको उन्नति गर्दैन । त्यसैले यस्तो प्रवृत्ति हटाउन सोच परिवर्तन गर्नुपर्छ । यसका लागि समुदायमा छलफल गर्छु, दुई–चार जना मानिसलाई कुरा बुझाउँछु । त्यसैबाट परिवर्तन सुरु हुन्छ जस्तो मलाई लाग्छ ।

भोगाइको कुरा गर्ने हो भने मेरो बाल्यकाल धेरै कठिनाइपूर्वक बित्यो । २०४५ सालमा जन्म भयो । म घरकी जेठी छोरी थिएँ । तीन दिदीबहिनी र एक भाइ थिए । हाम्रो समुदायमा बालविवाह धेरै हुन्थ्यो । मेरो पनि पाँच वर्षको उमेरमै विवाह भएको रहेछ । पछि थाहा पाएँ ।

पहिले यो समुदायका मानिसले श्रीमती, बुहारीलाई बजारसम्म पनि पठाउँदैनथे । अहिले केही पुरुषहरूको सोचमा परिवर्तन आएको छ । केही श्रीमान्‌हरूले श्रीमतीलाई घरबाहिर जानका लागि रोकटोक गर्दैनन् । महिलाका लागि कतिपय घरको वातावरण सहज हुँदै आएको छ । समाजमा पनि केही परिवर्तन आएको छ ।

भोगाइको कुरा गर्ने हो भने मेरो बाल्यकाल धेरै कठिनाइपूर्वक बित्यो । २०४५ सालमा जन्म भयो । म घरकी जेठी छोरी थिएँ । तीन दिदीबहिनी र एक भाइ थिए । हाम्रो समुदायमा बालविवाह धेरै हुन्थ्यो । मेरो पनि बालविवाह भएको हो, जसका कारण धेरै समस्या भोग्नुपर्‍याे ।

अहिले नेपाल सरकारले बन्द गरेपछि बालविवाह बन्द भएको छ । तर, मेरो पाँच वर्षको उमेरमै विवाह भएको रहेछ । मलाई आफ्नो विवाहका बारेमा केही थाहा थिएन । बुझ्ने भएपछि त्यो कुरा थाहा पाएँ । विवाह भएपछि पनि मैले पढ्ने अवसर पाएँ ।

मेरा पालामा अहिले जस्तो बाल विकास भन्ने थिएन । सिधै एक कक्षामा भर्ना गर्ने चलन हुन्थ्यो । मसँगका अन्य केटीहरूले पढ्न पाएका थिए कि थिएनन्, मलाई थाहा छैन । मलाई भने मेरो आमाबुवाले हजुरबुवासँग झगडा गरेरै भए पनि स्कुल भर्ना गरेर पढाउनुभयो ।

मेरो समुदायबाट अर्को ठाउँमा गएर पढ्ने म एक जना मात्र थिएँ । त्यही भएर मलाई सँगै पढ्ने केटीहरूले धेरै हेला गर्थे । मलाई उनीहरूको बेन्चमा बस्न दिँदैनथे । बोल्दैनथे पनि । त्यतिबेला मलाई मात्र र स्कुलमा मात्र त्यस्तो व्यवहार भएन, मेरा आमाबुवालाई पनि समाजबाट धम्की आइरहन्थ्यो ।

पाँच कक्षासम्म आफ्नै समुदायका साथीहरू भएको स्कुलमा पढेको । गाउँ नै चिडिमार भएकाले त्यहाँको विद्यालयमा पढ्दा मलाई समस्या आएन । त्यसपछि बाहिर अर्को ठाउँको विद्यालयमा गएर पढ्न थालेँ । त्यहाँ अरू सुमदायका केटीहरूले मलाई चिडिमार भएकै कारण ‘टर्चर’ गर्थे । उनीहरू मसँग बोल्दा पनि बोल्दैनथे ।

मेरो समुदायबाट अर्को ठाउँमा गएर पढ्ने म एक जना मात्र थिएँ । त्यही भएर मलाई सँगै पढ्ने केटीहरूले धेरै हेला गर्थे । मलाई उनीहरूको बेन्चमा बस्न दिँदैनथे । बोल्दैनथे पनि । त्यतिबेला मलाई मात्र र स्कुलमा मात्र त्यस्तो व्यवहार भएन, मेरा आमाबुवालाई पनि समाजबाट धम्की आइरहन्थ्यो ।

मलाई पढाएकै कारण उहाँहरूलाई धम्की दिने गरिएको थियो । यस्तो अवस्थामा म कक्षा १० मा पढ्थेँ, १३–१४ वर्षको उमेर थियो । मलाई श्रीमान्‌काे घर पठाइयो । मैले परीक्षा पनि दिन पाइनँ । श्रीमान् पनि सानै थिए, हाम्रो उमेर उस्तैउस्तै थियो । बाल्यकालमै म गर्भवती भएँ ।

गर्भवती भएपछि मेरो जीवनमा मैले कहिल्यै नसोचेका धेरै समस्या आए । घरमा हुँदै धेरै थरिका डर लिएर बसेँ । घरमा सबेरै उठेर काम गर्नुपर्ने । सानै उमेरमा विवाह भएर अर्काको घरमा गएको । घरभित्रको काम नजान्दा गाली खाइने डर थियो ।

विवाहपछि मेरो जीवन धेरै कठिन भयो । महिनावारीका बेला छुट्टै कोठामा बस्नुपर्ने । दिनमा एकपटक खान दिएपछि फेरि नदिने । बिरामी हुँदा उपचारका लागि पनि वास्ता नगर्ने । हामी श्रीमान् श्रीमती दुबै जना बच्चा थियौँ । त्यतिबेला श्रीमान्‌लाई पनि केही थाहा थिएन ।

घरको समस्या, दुःख र डरले गर्दा म कहिले माइती त कहिले घर गर्दै बसेकी थिएँ । नजिकमा आमाबुवा नभएको भए सानै उमेरमा गर्भवती भएकी म बाँच्दा पनि बाँच्दिनथेँ होला । म त्यो बेला माइतीमा बसेँ । पछि बिस्तारै विविध दुःखका बिच पनि श्रीमान्‌कै घरमा बसियो ।

बुहारीले चाहिने कुरा बोल्यो भने पनि कुटाइ खाने । केटी भएर जन्मिएको र सानैमा विवाह भएका कारण मैले यो सबै समस्या भोग्नुपर्‍याे । केटीमान्छेको जिन्दगी आफ्नो हुँदैन रहेछ । राम्रो–नराम्रो जे भए पनि घरका मान्छेले भनेको सबै कुरा मैले मान्नैपर्थ्याे ।

म घर गएको केही महिनामै ससुरा बित्नुभयो । एक वर्षपछि हामीलाई अलग गरियो । हामी छुट्टिएपछि पनि ममाथि पहिलेको जस्तै घरेलुहिंसा, कुटपिट र गालीगलौज रोकिएन । धेरै भएपछि म फेरि माइतीमा गएँ । त्यो बेला हाम्रो समुदायकै वातावरण यस्तो थियो, जहाँ महिलाले सहनुपर्थ्याे । त्यसमा पनि बुहारी भनेपछि कुरै सकियो । सबैको कुरा सहनुपर्ने ।

बुहारीहरूले सासूसँग बोल्नै नमिल्ने । सासूले, जेठाबाठाले जे भन्यो, त्यही हुने । बुहारीले चाहिने कुरा बोल्यो भने पनि कुटाइ खाने । केटी भएर जन्मिएको र सानैमा विवाह भएका कारण मैले यो सबै समस्या भोग्नुपर्‍याे । केटीमान्छेको जिन्दगी आफ्नो हुँदैन रहेछ । राम्रो–नराम्रो जे भए पनि घरका मान्छेले भनेको सबै कुरा मैले मान्नैपर्थ्याे ।

घरभित्रको कठिन वातावरणमा लामो समय बिताएपछि मैले फेरि पढ्ने योजना बनाएँ । २०७९ सालमा मलाई थप पढ्ने र समाजसेवा गर्ने चाहना बढ्यो । यो कुरा मैले श्रीमान्‌सँग व्यक्त गरेँ । उहाँले पनि अलि पढेको हुनाले मेरो चाहना र योजनालाई सकारात्मकरूपमा लिनुभयो । मलाई साथ पनि दिनुभयो ।

अन्यायका विरुद्ध आवाज उठाउनका लागि पनि मैले थप पढ्नुपर्छ भन्ने सोच ममा पहिलेदेखि नै थियो । २०७९ सालमा त्रिभुवन माविबाट एस.एल.सी. खुल्लाबाट पास पनि गरेँ । त्यसपछि ‘प्लस टु’ पास गरेर पनि अहिले ‘ब्याचलर’ गरिरहेकी छु ।

श्रीमान् पेन्टिङको काम गर्नुहुन्छ । उहाँले ‘मैले कमाएको तिमी र छोराको लागि हो, उसलाई पनि शिक्षा दिनुपर्छ’ भन्नुभयो । त्यतिबेला हाम्रो छोरा १५ वर्षको थियो । श्रीमान्‌ले मलाई ‘पढ्न जाऊ, नाम लेखाऊ’ भन्नुभयो । म त्रिभुवन माविमा भर्ना हुन गएँ ।

मैले आफ्नो भर्ना मात्र गरेकी थिएँ, सासू, जेठाजु र नन्दले मलाई कुटे । टाउको चिन्नै नसकिने गरी घाइते भएँ । औषधिका लागि हामीसँग पैसा थिएन । भेरी अस्पतालमा मेरो निःशुल्क उपचार भयो । समाजमा म जस्ता धेरै महिला अन्यायमा पर्ने गरेका थिए । मैले सबैका लागि बोल्नुपर्छ भन्ने लाग्यो ।

अन्यायका विरुद्ध आवाज उठाउनका लागि पनि मैले थप पढ्नुपर्छ भन्ने सोच ममा पहिलेदेखि नै थियो । २०७९ सालमा त्रिभुवन माविबाट एस.एल.सी. खुल्लाबाट पास पनि गरेँ । त्यसपछि ‘प्लस टु’ पास गरेर पनि अहिले ‘ब्याचलर’ गरिरहेकी छु ।

अब पनि कति घरभित्र परिवारका सदस्यबाटै कुटाइ खाने र महिलाहरूले त्यस्तो सहेर बस्ने ? जतिसकै चुनौती आए पनि विभेदका विरुद्ध उभिएर न्यायका लागि बोल्नुपर्छ भन्ने सोच थियो । त्यही सोचले फेरि भर्ना भएर पढ्न थालेकी थिएँ । बिस्तारै समाजसेवामा पनि अघि बढेँ ।

मेरा श्रीमान्‌लाई कतिपयले ‘श्रीमतीलाई पढ्न जान नदेऊ, यत्री बुढी भएर पढ्न लागिछे’ भनेर भने । कतिपयले ‘लाज लाग्दैन?’ पनि भने । साइकल चलाएर पढ्न गएको भनेर पनि मलाई ‘टर्चर’ गरे । यस्तो धेरै भएपछि म रोएँ । तर, मलाई मेरा श्रीमान् र छोराले निकै साथ दिए । ‘भन्नेलाई भन्न देऊ’ भनेर सम्झाएँ ।

मलाई लाग्छ, यदि कसैले पहिले नै विभेद र हिंसाविरुद्ध आवाज उठाइदिएको भए, हामीले घरभित्रै अन्याय सहनुपर्ने थिएन । हामीजस्ता महिलाले अन्याय सहेका हुने थिएनौँ । त्यसैले महिलामाथि घरभित्र र बाहिर कतै पनि गरिने विभेद र हिंसाका विरुद्धमा मैले अब जसरी पनि बोल्नै पर्छ भन्ने लाग्यो ।

अघिल्लो पुस्तासम्मका छोरीमान्छेलाई परिवार र समाजले भेदभाव गरी दोषी ठहराए पनि आउँदो पुस्ता पढाइबाट वञ्चित नहोस्, अधिकारसहित बाँचोस् भन्ने सोच राखेँ । अहिलेका पुस्ता पढ्न चाहन्छन् । तर, आर्थिकरूपमा सबैका अभिभावक सक्षम छैनन् ।

अभिभावकहरू सक्षम नभएकाले शिक्षाका लागि नेपाल सरकारसँग सहयोग मागिरहेकी छु । समग्ररूपमा हाम्रो समुदायका महिलामाथि हुने अन्यायका विरुद्ध र समुदायकै हक, हित र अधिकारका लागि आवाज उठाउन थालेकी छु ।

मैले आवाज उठाउन थालेपछि पनि चुनौती भयो । म बोल्न थाल्दा, पढ्न थाल्दा धेरै चुनौतीको सामना गर्नुपर्‍याे । सबैभन्दा बढी आफ्नै समुदायका पुरुष र अन्य समुदायका मानिसहरूबाट मेरो कदमप्रति प्रतिरोध भयो ।

मेरा श्रीमान्‌लाई कतिपयले ‘श्रीमतीलाई पढ्न जान नदेऊ, यत्री बुढी भएर पढ्न लागिछे’ भनेर भने । कतिपयले ‘लाज लाग्दैन?’ पनि भने । साइकल चलाएर पढ्न गएको भनेर पनि मलाई ‘टर्चर’ गरे । यस्तो धेरै भएपछि म रोएँ । तर, मलाई मेरा श्रीमान् र छोराले निकै साथ दिए । ‘भन्नेलाई भन्न देऊ’ भनेर सम्झाएँ ।

कलेजमा शिक्षकहरूले पनि ‘यो उमेरमा बच्चासँग पढ्नुहुन्छ ?’ भनेर हेला गरे । मैले ‘हो, म बच्चासँगै पढ्छु’ भनेर जवाफ दिएँ । बिहान ३ बजे उठेर घरको काम गरिसकेर म कलेज जान्थेँ । घरको काममा मलाई श्रीमान् र छोराले सहयोग गर्थे ।

स्वास्थ्य स्वयंसेविका हुँदा पनि धेरै विरोध भयो । मिटिङमा जाँदा पनि कतिपय मानिसले मेरो बेइज्जत गरे । धेरै रोएँ । त्यस्तो हुँदा पनि समाज बुझ्न र परिवर्तन गर्न समाजमै हिँड्नुपर्छ भन्ने लाग्थ्यो । त्यसका लागि उपयुक्त पद चाहिएको थियो, त्यसैले स्वास्थ्य स्वयंसेविका भएर सेवा गरिरहेकी छु ।

श्री चिडीमार महिला विकास समाज यस संस्थाले हाम्रो समुदायका बालबालिकाको शिक्षाका लागि ९ कक्षापछि लाग्ने शुल्क छुट गराउन माग गरिरहेको छ । बजेट भयो भने सिप सिकाउने कार्यक्रम पनि सञ्चालन गर्ने सोच छ ।

हाम्रो लागि आउने सेवा–सुविधा के हो भन्ने थाहा नपाएर पनि ती सेवा–सुविधा नपाइने हुन्छ । त्यसका लागि बोल्ने मान्छे नभएकाले पनि समस्या थियो । त्यसैले विधिवतरूपमा प्रदेशबाट सेवा ल्याउनका लागि सामाजिक संस्था पनि खोलेँ ।

श्री चिडीमार महिला विकास समाज यस संस्थाले हाम्रो समुदायका बालबालिकाको शिक्षाका लागि ९ कक्षापछि लाग्ने शुल्क छुट गराउन माग गरिरहेको छ । बजेट भयो भने सिप सिकाउने कार्यक्रम पनि सञ्चालन गर्ने सोच छ, जसको उद्देश्य चिडिमार समुदायका मानिसहरू आत्मनिर्भर हुन सकून् भन्ने हो ।

हाम्रो समुदाय मात्र होइन, समाजका अरू समुदायमा पनि महिलालाई खासै पत्याइँदैन । यसैले जो कोही पनि महिलामाथि हिंसा भयो भने सबैभन्दा पहिले त्यही समुदायको र नजिकको मानिसलाई सम्झाउने काम गर्छु । यो चिडिमार मात्र होइन, सबै समुदायका पीडित महिलाका लागि मैले गर्ने काम हो ।

‘महिलालाई हात उठाउन हुँदैन, कमजोर देखाउन हुँदैन’ भनेर सम्झाउँछु । मिल्ने भए घर र समाजमै मिलाउने, नमिल्ने भए स्थानीय तहको न्यायिक समितिमा लैजान सिफारिस गर्छु । त्यति गर्दा पनि नपुग्ने अवस्थामा जिल्ला प्रहरी कार्यालय र महिला सेल पनि छन् ।

महिलालाई घरभित्रै परिवारका सदस्यहरूबाट हुने गरेका अन्याय सहेर नबस्न सल्लाह दिन्छु । महिनावारी हुँदा छुन हुँदैन, खाना पकाउन हुँदैन, पूजा गर्न हुँदैन भन्ने भ्रमका विरुद्ध पनि अभियान चलाएकी छु । विभिन्न बैठकमा यो विषयमा कुरा उठाउँछु । यसरी समाजलाई सचेत बनाउने काम गरिरहेकी छु । यो काम मेरो ‘ड्युटी’ हो भनेर गर्छु ।

समाजको सेवा गर्ने काम गर्न पाउँदा मलाई आनन्द लाग्छ । यस्तो काम गर्ने सानैदेखिको सपना थियो तर बालविवाहले जीवनको लामो समयलाई अर्कैतिर मोडिदियो । छोरो ठुलो भइसकेपछि मात्र पढाइलाई अघि बढाउन पाएँ । अहिले एकातिर पढ्दै छु, अर्कातिर महिला स्वास्थ्य स्वयंसेविका बनेर समाज सेवा पनि गरिरहेको छु ।

म आफैँ बालविवाहको सिकार भएर त्यसको कठिनाइ र पीडालाई भोगेर आमाबुवाको सहारामा बल्लबल्ल बाँचेको मान्छे हुँ । मैले बालविवाहका विरुद्ध अभियान पनि चलाउँछु । त्यसमा महिलासँगै पुरुषलाई पनि बोलाउँछु । चियापान कार्यक्रम राख्छु । त्यसै अवसरमा कसैको पनि बालविवाह गर्नु र गराउनु हुँदैन भनेर सबैलाई सम्झाउँछु, बुझाउँछु ।

विभेदरहित समाज परिवर्तन हाम्रो जिम्मेवारी हो भन्ने विश्वासका साथ निरन्तर प्रयास गरिरहेकी छु । मैले स्वास्थ्य स्वयंसेविका हुने बेला पनि विभेद भोगेँ । समाजका केही मानिसले त चिडिमारको महिला स्वास्थ्य स्वयंसेविका नभएको राम्रो भनेजस्तो व्यवहार गरेका थिए तर पनि म बनेँ । महिला स्वास्थ्य स्वयंसेविका भएर सेवा गरिरहेको छु ।

समाजको सेवा गर्ने काम गर्न पाउँदा मलाई आनन्द लाग्छ । यस्तो काम गर्ने सानैदेखिको सपना थियो तर बालविवाहले जीवनको लामो समयलाई अर्कैतिर मोडिदियो । छोरो ठुलो भइसकेपछि मात्र पढाइलाई अघि बढाउन पाएँ । एकातिर पढ्दै छु, अर्कातिर महिला स्वास्थ्य स्वयंसेविका बनेर समाज सेवा गर्ने अवसर पनि पाएँ ।

भन्ने नै हो भने मैले पैसाका लागि यो काम गरेको होइन । आर्थिकरूपमा हामीले खासै केही पाउँदैनौँ । तालिमका बेला केही रकम भत्ता र यातायात खर्च मात्रै पाइन्छ । हामीलाई महिला स्वास्थ्य स्वयंसेविकाले काम गर्न जाँदा लगाउने पोशाक दिइन्छ । मलाई मेरो त्यो पोशाकमा इज्जत धेरै छ जस्तो लाग्छ ।

मैले आफ्नो समुदायका युवालाई अभिमुखीकरण गर्ने काम पनि गर्छु । विशेष गरी शिक्षा, रोजगारी, सामाजिक न्याय र आत्मनिर्भर बन्ने विषयमा अभिमुखीकरण गर्छु । युवासँग पढ्ने, जागिर खाने, अन्यायविरुद्ध बोल्ने र आत्मनिर्भर बन्नु आवश्यक छ भन्ने कुरा गर्छु । सक्नेले लोकसेवा परीक्षाको लागि तयारी गर्ने गरी पढ भन्ने सुझाव दिन्छु ।

पहिलेका महिलाले घरभित्रै र परिवारका सदस्य तथा नातेदारहरूबाटै जति हिंसा र शोषणमा पर्नुपरे पनि अब त्यस्तो अवस्था सिर्जना हुन दिन हुँदैन भन्ने मेरो मूल सोच हो ।

हामीले देखाएको बाटो पछ्याऊ, सकेको सहयोग गर्छु भनेर युवालाई प्रेरित पनि गर्छु । विशेष गरी युवतीहरूलाई आफ्नै कथा सुनाउँछु- कति पटक कुटाइ खाएँ, टाउकाबाट रगत पनि निस्कियो तर हार मानिनँ । अरूले जति पटक लडाउन खोजे पनि आफूले सम्हालिएर उठ्दै हिँड्न नछोड्ने गरेपछि गन्तव्यमा अवश्य पुगिन्छ पनि भन्छु ।

हामी सानो हुँदासम्म हाम्रा लागि छनोट गर्ने ठाउँ थिएन, अवस्था कठिन थियो । अहिले तिमीहरूका समयमा सोच परिवर्तन भइसकेको छ । तिमीहरू आजका बच्चा हौ, म तिमीहरूकै साथ छु, पढ, हार नमान भनेर पनि मैले युवा उमेरका सबैलाई सम्झाउँछु ।

युवतीहरूलाई उनीहरूले सकेको पढ्ने र समयमै सिप सिकेर आत्मनिर्भर हुन सके परिवारका कसैको पनि शोषणमा पर्नु पर्दैन भनेर पनि भन्ने गर्छु । पहिलेका महिलाले घरभित्रै र परिवारका सदस्य तथा नातेदारहरूबाटै जति हिंसा र शोषणमा पर्नुपरे पनि अब त्यस्तो अवस्था सिर्जना हुन दिन हुँदैन भन्ने मेरो मूल सोच हो ।

प्रकाशन मिति : २०८२ चैत्र ९ गते, साेमवार

Share this :