Home Insight महिलाको समस्या घटाउन परिवारको भूमिका बढी महत्त्वपूर्ण (भिडियो सहित)– खिमा रिजाल

महिलाको समस्या घटाउन परिवारको भूमिका बढी महत्त्वपूर्ण (भिडियो सहित)– खिमा रिजाल

773
0

सन्दर्भ : विश्व मानसिक स्वास्थ्य दिवस

आज विश्व मानसिक स्वास्थ्य दिवस ! हरेक वर्ष अक्टुबर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि मानसिक स्वास्थ्यको अवस्था जटिल हुँदै आएको तथ्यलाई विभिन्न अध्ययन तथा सर्वेक्षणहरूले देखाएका छन् । नेपालमा कूल नसर्ने रोगहरूको समस्यामध्ये १८ प्रतिशत स्थान मानसिक रोगले ओगटेको छ । ‘राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल २०७७’ को नतिजामा १८ वर्षमाथिका १० प्रतिशत व्यक्तिहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको जनाइएको छ । त्यसमा पनि विभिन्न कारणले गर्दा महिलाहरूमा बढी मानसिक स्वास्थ्य समस्या देखिँदै आएको तथ्यमा विचार पुर्याउनैपर्ने देखिएको छ ।

मानसिक स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार मानसिक स्वास्थ्य भनेको मान्छेको मनसँग जोडिएको विषय हो । मान्छे शारीरिक मात्रै होइन, मानसिक रूपमा पनि स्वस्थ हुनुपर्छ । मानसिक रूपमा स्वस्थ नभएको अवस्थालाई बेलैमा ख्याल गर्न सक्नुपर्छ । यसो गर्न नसकेमा यसले समस्याको रूप लिन्छ । मनोविद् खिमा रिजाल भन्नहुन्छ, “कसैको शरीर, मन र सोचाइबिचमा तालमेल नमिल्नु नै मानसिक स्वास्थ्य समस्या हो ।” यो व्यक्ति, परिवार, समाज र राज्यसँग जोडिएको मूर्त र अमूर्त दुबै खालको समस्या हो ।

क्लिनिकल साइकोलोजीमा स्नातकोत्तर गरेकी खिमाले करिब एक दशकदेखि महिलाहरूलाई मनोपरामर्श सेवा दिँदै आउनुभएको छ । अधिवक्ता समेत रहेकी उहाँले कानुनी पक्षबाट सेवाग्राही महिलाको मनोसामाजिक अवस्थालाई नियाल्ने पनि गर्नुभएको छ । सारमा भन्दा उहाँसँग मनोपरामर्श लिन आएका सेवाग्राही महिलामध्ये धेरैजसो विवाहित छन् । तीमध्ये अधिकांश महिलामा श्रीमान्‌काे घर गइसकेपछि नयाँ घर, नयाँ परिवेश र नयाँ मान्छेहरूसँग नयाँ ढङ्गले जीवनचर्या सुरु गर्नुपर्ने भएकाले मानसिक स्वास्थ्य समस्या उत्पन्न भएको पाइएको छ ।

महिलामा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको अहिलेको अवस्थालाई सरोकारवाला व्यक्ति, परिवार, समाज र राज्य सबैले आआफ्ना ठाउँबाट गम्भीरतापूर्वक लिनुपर्ने उहाँको आशय छ । बढ्दो समस्यालाई बेलैमा कम गर्न राज्यले आवश्यक स्वास्थ्य संरचना निर्माण र जनशक्तिको व्यवस्था गर्न काम थालिहाल्नुपर्नेमा उहाँको जोड पनि छ । भन्नुहुन्छ, “जनशक्ति बढाउन र स्वास्थ्य संरचना स्थानीय स्तरसम्म पुर्याउन तीनै तहको सरकारले काम गर्न जरुरी छ ।”

मानसिक स्वास्थ्य दिवस २०८० (सन् २०२३) को सन्दर्भमा सार्वजनिक ‘अन्तर्मनका रङहरू’ नामक पुस्तकलाई पनि ध्यानमा राखेर लेखक खिमा रिजालसँग ‘सन्धान’ ले कुराकानी गरेको थियो । उहाँले विशेष गरी मानसिक स्वास्थ्यमा महिलाको अवस्था, समस्या पहिचान, समस्या बढ्नाका कारण र समाधानका उपायका बारेमा प्रकाश पार्नुभएको छ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतमुकुन्द बोगटीले मनोविद्, लेखक र अधिवक्ता खिमा रिजालसँग मानसिक स्वास्थ्यका विषयमा हालै गर्नुभएको कुराकानीको सम्पादित अंश :

सन्धान प्रकाशन मिति : २०८० असाेज ३ गते, मङ्लबार


Previous articleउद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)
Next articleके पुरुष पनि महिलावादी हुन्छन् ?