लैङ्गिक असमानताको जग : घरायसी र स्याहारसुसारका काम

महिला आन्दोलनले वर्षौंदेखि विनापारिश्रमिक गरिने घरायसीलगायत स्याहारसुसारको कामले मानसिक, सामाजिक, आर्थिक, राजनैतिकलगायत विभिन्न तवरबाट नकारात्मक असर परेको मुद्दा उठाउने गरेको छ । सन् १९७९ मा मीना आचार्य तथा अन्य विज्ञहरू मिलेर गरेको ऐतिहासिक अध्ययन ‘नेपाली महिलाको मर्यादास्तर’ मा पारिश्रमिक विनाको घरायसी तथा स्याहारसुसारको कामको मापन र मूल्याङ्कन गरिनुपर्ने उल्लेख गरेको थियो ।