यसर्थ र यसरी पनि मनाइन्थ्यो ‘नारी दिवस’

८ मार्चको संस्मरण अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चका नामले पनि चिनिन्छ । नेपालमा यो दिवसलाई पञ्चायतकालमा नारी दिवस भनिन्थ्यो । त्यसलाई व्यवस्थाविरोधी गतिविधिका रूपमा उपयोग गर्ने जमात पनि थियो । पञ्चायत व्यवस्था पक्षधर र विपक्षमा रही भूमिगत राजनीति गर्नेहरूले छुट्टाछुट्टै हेतुले पनि यो दिवस मनाउने गर्थे । ८ मार्चलाई पञ्चायतकालमा भूमिगत राजनीति गर्ने महिलाहरूले […]
पञ्चायतले पक्रिन्थ्यो तर त्यहीविरुद्ध उपयोग पनि गरियो

सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन् १९०८ मा आजकै दिन अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाहरू भेला भएर उचित काम, कामको पारिश्रमिक र मताधिकारको माग राख्दै र्याली निकाले । यसलाई श्रमिक महिलाहरूले आफ्नो अधिकारको माग राख्दै सङ्गठित रूपमा उत्रिएको विश्वकै पहिलो घटना मानिन्छ । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा ‘कन्फरेन्स अफ वर्किङ वुमन’ नामक सम्मेलन भयो […]