दसैँको विदा र घरायसी कामको बोझमा महिला

दसैँ भन्ने बित्तिकै रमाइलो चाड, खुसीको पर्व, लामो सार्वजनिक विदा र सुखदुःख साटासाट गर्ने अवसरका रूपमा हेरिन्छ । अधिकांश निजी र सरकारी कार्यालय तथा कलकारखानाहरू बन्द हुन्छन् । यसले गर्दा कार्यालयको काम गर्नुछ भनेर घरबाट बाहिर हिँड्नुपर्ने बाध्यता हुँदैन । कर्मचारी हुन् या सर्वसाधारण नागरिकहरू प्रायः घरपरिवार र गाउँ टोलमै आआफ्नो गच्छे र रुचि अनुसार […]
लैङ्गिक असमानताको जग : घरायसी र स्याहारसुसारका काम

महिला आन्दोलनले वर्षौंदेखि विनापारिश्रमिक गरिने घरायसीलगायत स्याहारसुसारको कामले मानसिक, सामाजिक, आर्थिक, राजनैतिकलगायत विभिन्न तवरबाट नकारात्मक असर परेको मुद्दा उठाउने गरेको छ । सन् १९७९ मा मीना आचार्य तथा अन्य विज्ञहरू मिलेर गरेको ऐतिहासिक अध्ययन ‘नेपाली महिलाको मर्यादास्तर’ मा पारिश्रमिक विनाको घरायसी तथा स्याहारसुसारको कामको मापन र मूल्याङ्कन गरिनुपर्ने उल्लेख गरेको थियो ।