सिलाइकटाइ सिपबाटै थप रोजगारी सिर्जनातिर

– कल्याणी घिसिङ, उद्यमी झन्डै तीन दशकअघि सिलाइकटाइ उद्यममा लागेकी सिन्धुपाल्चोककी कल्याणी घिसिङले बाह्रबिसेमा गार्मेन्ट उद्योग पनि सञ्चालन गर्दै आउनुभएको छ । उहाँले २०४९ सालमा पहिलो पटक सिलाइकटाइ सिकेको र २०५२ सालमा पर्साको वीरगन्जमा गएर सिलाइकटाइमै व्यावसायिक काम सुरु गरेको बताउनुभयो । आफूले प्रशिक्षार्थीलाई सिपसँगै स्वरोजगारका उपायहरू पनि सिकाउनुपर्छ भनेर काम गर्दै आएको बताउने उहाँले […]

घरैमा गलैँचा बुनेर कमाइ गर्छन् महिला

उषा तामाङ गलैँचा उद्यमीसँगै प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको घर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा पर्छ । उहाँले २०६५ सालमा गलैँचा बुन्ने तालिम लिनुभयो । सो तालिम देशको राजधानी काठमाडौँमा सञ्चालित थियो ।

परालमा सिप जोडेर आयआर्जन गर्दै महिला (फोटो फिचर)

सानागाउँका हरेक चोक र गल्लीमा महिलाहरू अहिले जाडो यामको घाम ताप्दै सुकुल बुनिरहेका भेटिन्छन् । ललितपुर जिल्लाको महाङ्काल नगरपालिका वडा नम्बर ६ मा रहेको यस गाउँका महिलाले परालको सुकुल मात्र होइन, चकटी, जुत्ता, मुढा आदि पनि बुन्ने गर्छन् । यो उनीहरूको पहिचान झल्काउने परम्परागत सिपमूलक पेसा हो । यसैलाई प्रयोग गरेर सानागाउँका कतिपय महिलाले आयआर्जन […]