बल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान महेश्वरी विष्ट ललितपुर महानगरपालिकाको महिला विकास महाशाखा प्रमुख हुनुहुन्छ । उहाँले २०४९ सालमा महिला विकास अधिकृतको रूपमा डडेल्धुराबाट जागिर सुरु गर्नुभएको थियो । अहिले उहाँ प्रमुख महिला विकास अधिकृत हुनुहुन्छ । नवौँ तहकी उहाँ ललितपुर महानगरमा तीन वर्षदेखि कार्यरत हुनुहुन्छ । महिला विकास अधिकृतका रूपमा हिमाल, पहाड र तराइका […]
घोषणापत्र नयाँ : महिला सवालमा पुरानै ढर्रा

सन्दर्भ : संसदीय निर्वाचन २०७९ प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि २०७९ सालको मङ्सिर ४ गते हुने निर्वाचन नजिकिँदै छ । राजनीतिक दलहरू आआफ्ना घोषणापत्र लिएर जनतामाझ पुगिरहेका छन् । नेपालको संविधानले महिलाको हक र अधिकारको सुनिश्चित गरेको छ । संविधानको धारा ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने […]
महिनावारी भएको भनेर ऋषि पञ्चमीमा ‘चोखिनु/चोख्याउनु’ गलत अभ्यास हो – राधा पौडेल (भिडियाे सहित)

आज ऋषि पञ्चमी । हरेक वर्ष तीजको लगत्तैपछि पर्ने भाद्र शुक्ल पञ्चमीको दिन विशेष गरी हिन्दु महिलाहरूले पूजाआजा गरी मनाउँछन् । महिनावारी भएका बेला जानीनजानी ‘छाइछुइ’ भएको रहेछ भने ‘पाप’ लाग्छ र यस्तो ‘पाप पखाल्नका लागि’ भनेर रजस्वला हुन आरम्भ भएका किशोरीदेखि महिलाहरूलाई यो दिन सप्तऋषि आदिको पूजा गर्न लगाइएको पाइन्छ । वर्ष दिनको प्रतीकको […]
धम्मु, रत्नकली र राजलक्ष्मीहरूको उद्यमशीलता

कर्णाली कथा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटकी धम्मु नेपालीलाई पहिले नुनतेल, बच्चाको कापीकलम किन्न सधैँ श्रीमान्को भर पर्नुपर्ने अवस्था थियो । २०७१ सालमा उनले आफ्नो नाममा पसल दर्ता गरी सिलाइकटाइको तालिम लिएर व्यवसाय सुरु गरिन् । अहिले उनी सिलाइकटाइ र फेन्सी पसलबाटै आफूले मासिक ६० देखि ७० लाख रुपैयाँसम्मको आम्दानी गर्दै आएको बताउँछिन् ।
तीजलाई विद्रोह दिवसको रूपमा मनाउनुपर्छ – कल्पना धमला (भिडियो सहित)

तीज पर्व के हो ? यसको पौराणिक कथन के हो ? अहिले र ५०/६० वर्ष पहिलेको तीज मनाउने चलनमा के कस्तो परिवर्तन आएको छ ? तीजको नाममा गरिने तामझामले परिवारमा थप्ने आर्थिक भार तथा पार्ने सामाजिक सांस्कृतिक असरबारे पनि धेरथोर बहस सुरु भएको छ । यस वर्षको हरितालिका तीज आज परेको छ । यही सन्दर्भ […]
समाज परिवर्तन गर्ने राम्रो अवसर हुन सक्छ तीज –राधा पौडेल (भिडियो सहित)

तीज पर्व के हो ? यसको पौराणिक कुरा के हो ? ५०/६० वर्ष पहिले र अहिलेको तीज मनाउने चलन कसरी बदलिँदै आएको छ ? तीजले परिवारमा थप्ने आर्थिक भार तथा पार्ने सामाजिक सांस्कृतिक असर के कस्ता छन् ? यसबारे धेरथोर बहस सुरु भएको छ । यस वर्ष भदौ १४ गते हरितालिका तीज परेको छ । […]
तीज मनाउनेबारे वैचारिक बहस गर्नुपर्छ – शान्ता मानवी (भिडियो सहित)

तीज पर्व के हो ? यसको पौराणिक कुरा के हो ? विगत ५०/६० वर्ष पहिले र अहिलेको तीज मनाउने चलन कसरी बदलिँदै छ ? यसरी मनाउने तीजले कुनै एउटा घर, परिवारमा थपिने आर्थिक भार तथा सामाजिक सांस्कृतिक रूपमा पार्ने असरबारे धेरथोर बहस सुरु भएको छ । यस वर्ष यही भदौ १४ गते परेको तीजको सन्दर्भमा […]
घरायसी कामको ‘टाइम डायरी’ लेख्ने अभ्यास गरौँ – कल्पना विन्दु गौतम, नवलपुर

नवलपुरकी कल्पना विन्दु गौतम २०६५ सालदेखि सामाजिक अभियानमा क्रियाशील हुनुहुन्छ । विशेषतः महिलाका क्षेत्रमा सक्रिय गौतम हाल महिला अधिकार मञ्चको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ । उहाँ ६ वर्षसम्म महिला अधिकार मञ्चको जिल्ला अध्यक्ष भइसक्नुभएको छ । उहाँसँग सामाजिक क्षेत्रमा काम गर्दाका अनुभव र कार्यक्षेत्रका महिलामा आएको परिवर्तन आदि विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, […]
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य

मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका पाँच संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९९६ मा ललितपुर जिल्लाको कुम्भेश्वरमा भएको थियो । निरङ्कुश राणाशासनविरुद्धको आन्दोलनमा लाग्ने क्रममा राजनीतिमा लाग्नुभएकी मोतीदेवीको निधन २०५४ साल जेठ ७ गते भयो ।