बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई

म स्कुल पढ्दै गर्दा २०३५/३६ सालमा विद्यार्थी आन्दोलनमा लागेँ । विद्यार्थी हुँदै अखिल नेपाल महिला संघमा पनि सङ्गठित भएँ । २०३७ सालदेखि अखिल नेपाल महिला संघमा अर्धभूमिगत भएर काम गरेँ । मैले प्रगतिशील लेखक तथा कलाकार भएर पनि काम गरेँ । मैले भोजपुर जिल्लाबाटै राजनीति सुरु गरेको हो । राजनीति सुरु गर्दा पञ्चायतकाल थियो ।

सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)

औपचारिक रूपमा २०३४ सालदेखि पार्टीमा आबद्ध शशी श्रेष्ठ त्यतिबेलैदेखि नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन अन्तर्गतको अखिल नेपाल महिला संघ र विद्यार्थी सङ्गठनमा पनि आबद्ध हुनुभयो । २०३६ सालदेखि पूर्णकालीन सदस्य भएर कम्युनिस्ट राजनीति गर्न थालेकी उहाँ २०३८ सालमा पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा निर्वाचित हुनुभयो । साथै, २०४० सालदेखि करिब २० वर्ष […]

कहिले लुक्दै र कहिले बहाना बनाउँदै मनाइन्थ्यो ८ मार्च –जया घिमिरे र संजिता घिमिरे

सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) आज ८ मार्च अर्थात् ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्वमा ८ मार्च मनाउन थालिएको इतिहास लामो छ । सन् १९०६ मा अमेरिकामा महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यो सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी हुनुभयो । त्यसपछि उहाँकै […]

ओछ्यान : पितृसत्ताको ढलिमली

आफ्नो आफ्नो उमेर सम्झनुस् । आजसम्म कति पटक ओछ्यानमा निदाउनुभो होला ? उमेरका आधारमा हिसाब गरी हेर्नुस् । अँ, साँच्ची ! ओछ्यानमा पल्टिएर निदाउनुअघि ओछ्यानको पनि इतिहास छ भनेर सोच्नुभो कहिल्यै ? हामीलाई वास्ता हुँदैन तर बेवास्ता गरेका कैयन् चिजको इतिहास हुन्छ । ओछ्यानको पनि छ । पाषाणकालमै ओछ्यानको आविष्कार भएको मान्नुहुन्छ, ब्रिटिश लेखक तथा […]

म त पहिलेदेखि नै महिला पुरुष दुवैले घरभित्रको काम गरेपछि मात्रै समानता आउँछ भन्थेँ – गणेशकुमारी भट्टराई (भिडियो सहित)

गणेशकुमारी भट्टराई नेपाली कांग्रेस र त्यसको भगिनी संस्था ‘नेपाल महिला संघ’ को पुरानो नेत्री हुनुहुन्छ । २०४६ सालको जनआन्दोलन सफल भएर देशमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएपछि नेपाल महिला संघको रामेछाप जिल्ला सभापति हुने पहिलो महिला उहाँ नै हुनुहुन्छ ।

अपमान पनि हिंसाको एउटा स्वरूप हो –अष्टलक्ष्मी शाक्य (अडियो सहित)

पार्टी राजनीतिमा अष्टलक्ष्मी शाक्य नेकपा एमालेका उपाध्यक्ष हुनुहुन्छ । २०१० सालमा जन्मिएकी उहाँ काठमाडौँको सम्पन्न नेवार परिवारकी छोरी हुनुहुन्छ । शिक्षादीक्षा लिन उहाँलाई कुनै अभाव र अप्ठ्यारो थिएन । २०२८ सालमा एसएलसी उत्तीर्ण गरेपछि उहाँले चिनियाँ भाषा पढ्न थाल्नुभयो । चिनियाँ भाषासँगै चीनको कम्युनिस्ट राजनीति, माओ त्से तुङ आदिका बारेमा पनि बुझ्नुभयो ।

न्यायका लागि माइतीघरमा धर्ना जारी (भिडियो सहित)

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा धर्ना जारी छ । कुर्मीको अपहरण र शरीर बन्धकपछि हत्या भएको थियो । त्यसको विरोधमा आन्दोलनरत अधिकारकर्मीहरूले काठमाडौँमा फेरि धर्ना सुरू गरेका छन् । महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष तथा अभियन्ता रुबी खान नेतृत्वको टोली अहिले माइतीघर मण्डलमा धर्ना बसेको छ ।

लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियान आज सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा यो अभियान विविध कार्यक्रमहरू आयोजना गरी मनाउने गरिन्छ । संसारभर लैङ्गिक हिंसाले विभिन्न रूपमा जरो गाडेको छ । यसबाट महिलाहरू पीडित र प्रताडित हुन पुगेका छन् । उनीहरूको मानव […]