महिला आन्दोलनमा पुरुष : सहयोगी कि सहयात्री ?

आमा दिदी बहिनी होकति बस्छौ दासी भईसुख्को सधैँ प्यासी बनेर …
आदिवासीका अधिकारबारे युवालाई बुझाउन जरुरी (भिडियो सहित) – ङिमी शेर्पा

ङिमी शेर्पा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को अध्यक्ष हुनुहुन्छ । अध्यक्ष हुनुअघि उहाँ शेर्पा महिला सङ्घको नेतृत्वकर्ताको रूपमा महासङ्घमा आबद्ध हुनुहुन्थ्यो । निफको स्थापना २०५५ साल वैशाख २ गते भएको थियो । ङिमीका अनुसार, यशोकान्ति भट्टचन (गौचन), स्टेला तामाङ, हेमा पुन, मीरा घले गुरुङ र चुन्दा बज्राचार्यको उपस्थितिमा लेखिएको पहिलो माइन्युट अनुसार आदिवासी […]
व्यवस्था परिवर्तनका लागि राजनीतिमा लागेँ – मेनुका काफ्ले (भिडियो सहित)

मेनुका काफ्लेको राजनीतिक यात्रा १५ वर्षको उमेरमै सुरु भयो । २०२१ सालमा जन्मिएकी उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय भएरै सहभागी भएको स्मरण गर्नुहुन्छ । राजनीतिमा आबद्ध अग्रजहरूले विभिन्न खालका पुस्तकका साथै चिनियाँ चित्रकथाका किताबहरू पढ्न दिनुहुन्थ्यो । ती चित्रकथामा चिनियाँ क्रान्तिमा १४–१५ वर्ष उमेरका किशोरकिशोरीहरूको सक्रिय सहभागिताका कुरा हुन्थे । ती कुराले राजनीतिमा लाग्नैपर्छ […]
कमाउने र जागिर खाने ठाउँ होइन राजनीति – मीना पाण्डे

मीना पाण्डेले झन्डै पाँच दशक राजनीतिमा बिताउनुभयो । २००९ साल बैशाख २९ गते रामेछापको बेथान गाउँ विकास समिति वडा नम्बर २ मा खड्का परिवारमा जन्मेकी मीना किसान परिवारकी छोरी हुनुहुन्थ्यो । बाबुआमा अशिक्षित भए पनि शिक्षाप्रति सकारात्मक सोच राख्नुहुन्थ्यो । छोराछोरी दुवैलाई पढाउनुपर्छ भन्ने भावना थियो । तर पनि पहाडबासी किसान परिवार भएकाले छोरीका लागि […]
जनआन्दोलनका सपना अधुरै रहेपछि

२०४६ सालको जनआन्दोलनताका म तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी (नेकपा माले) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (पाँचौँ) मा आबद्ध थिएँ । आबद्ध सङ्गठनको म सक्रिय कार्यकर्ता पनि थिएँ । त्यो जनआन्दोलन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको संयुक्त आह्वान र आयोजनामा भएको थियो । नेकपा माले बाममोर्चाको महत्त्वपूर्ण घटक थियो । आफू आबद्ध पार्टीसमेतको आयोजनामा भएको […]
पितृसत्ता के हो ?

पितृसत्ता पुरुषलाई प्रधान वा उच्च र महिलालाई सहायक वा नीच मान्ने सोचबाट निर्देशित शासनसत्ता हो । पितृसत्ताले पुरुषलाई प्रमुख, मूली वा प्रभुत्वशाली स्थानमा राख्छ भने महिलालाई पुरुषको मातहत वा पुरुषआश्रित ठान्छ । पितृसत्तामा वंश बाबुमा निहित हुन्छ र सन्तानको नागरिकता बनाउनसमेत बाबु नै चाहिन्छ । नेतृत्व भन्नेबित्तिकै पुरुष नै हो भन्ने सोच आउँछ । हरेक […]
तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान

तराई मधेसमा विशेषतः महिलाकै हक, अधिकार र पहिचानका मुद्दालाई लिएर महिलाले अलग्गै आन्दोलन गरेनन् । देशमा, खासगरी मधेसमा २०४६, २०६२/६३ तथा २०७२ सालमा भएका आन्दोलनमा महिलाहरू सहभागी भए र आफ्ना मुद्दाहरूलाई उठान गरे । ती मुद्दाहरू सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक तथा सांस्कृतिक पक्षसँग जोडिएको देखिन्छ । २०७२ असोज ३ गते जारी भएको संविधानमा ती मुद्दाहरूमध्ये […]
जनआन्दोलनमा म, श्रीमान् र छोरा जेल परेका थियौँ (भिडियो सहित) – यज्ञकुमारी सिटौला

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बिर्ताबजार निवासी यज्ञकुमारी सिटौला नेपाली कांग्रेसको पुरानो राजनीतिज्ञ हुनुहुन्छ । ८२ वर्षीया सिटौला अहिले पनि देशको राजनीति र राजनीतिक अवस्थाबारे उत्तिकै चासो र चिन्ता गर्नुहुन्छ ।
महिला विकास र लैङ्गिक समानताको अविस्मरणीय यात्रा

सरकारी सेवाका अमूल्य ३० वर्ष सरकारी सेवाको आज ३० वर्ष पूरा हुँदासम्म जीवन जिउन जागिर खाएको कहिल्यै सोचिनँ । हरेक क्षण मानवको सेवा गर्न गजबको अवसर पाएको छु भन्ने ठानेँ । बुद्धि विवेकले भ्याए जति गरेँ । इमान्दार हुने प्रयास गरिरहेँ । आफूले हात हालेर काम गरेको क्षेत्रका महिला र समाजलाई उत्साहित र चलायमान बनाएर […]