सम्पत्तिमा महिला अधिकार : अझै फरक छ विधि र व्यवहार

बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ मेलखेतका एक दम्पती २०७४ साल साउनको दोस्रो साता मालपोत कार्यालय बझाङको गेट हुँदै बाहिरिए । हातमा केही कागजात बोकेका दुवै निक्कै खुसी देखिन्थे । ‘दम्पती नै जग्गाधनी बनेका’ मा खुसी भएका रहेछन् । दुवैले हतारिँदै लालपुर्जा देखाए । श्रीमान्‌को नाममा रहेको लालपुर्जामा जमुनाको नामसहित फोटो टाँसिएको थियो ।