परिवर्तनमा महिलाको योगदान, राज्यले अझै उचित मूल्याङ्कन गरेको छैन (भिडियोसहित)

अन्जु प्रसाईं बर्देवा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि शिक्षक आन्दोलन, विद्यार्थी आन्दोलन र महिला आन्दोलनकी एक जुझारु पात्रमा गनिनुहुन्छ । उहाँको जन्म २०२५ साल फागुन २९ गते भएको थियो । झापा जिल्लास्थित मेचीनगर नगरपालिका वडा नम्बर ११ मा बसोबास गर्दै आएकी उहाँले परिवारका सदस्यहरूकै प्रेरणाबाट आफू राजनीतिमा लागेको र पञ्चायती व्यवस्था हटाई बहुदल प्राप्तिको आन्दोलनमा सक्रिय भई […]

रोकौँ अपाङ्गता भएका महिलामाथिका हिंसा र जोखिम

तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान अन्तर्गत राष्ट्रिय बहिरा महासङ्घ नेपाल, गण्डकी प्रदेश, अध्यक्ष सुनिता थापा, लेखक तथा सर्जक, अरुणा छन्त्याल र नेपाल होचा पुड्का सङ्घका अध्यक्ष, बिन्दा दुलालको तस्विर ।

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान आज सुरु भयो । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध प्रकारका कार्यक्रम गरी यो अभियान सञ्चालन गरिन्छ । यसका लागि यो वर्षको अन्तर्राष्ट्रिय नारा ‘टुवार्ड्स् थर्टी इयर्स अफ बेइजिङ डिक्लेरेसन एन्ड प्लाटफर्म फर एक्सन : युनाइट टु इन्ड भ्वाइलेन्स अगेन्स्ट विमिन’ […]

गणतन्त्रमा महिला अधिकार र अभिव्यक्तिको सुनुवाइ

नेपालमा अहिले गणतान्त्रिक संविधानको मर्म र महिला अधिकार कार्यान्वयनको अवस्थाका बिचमा दरार बढ्दै आएको छ । गणतन्त्रका सारथी, नीतिनिर्माता र न्यायिक नेतृत्वदेखि विभिन्न क्षेत्रमा लामो समयदेखि कार्यरत महिला अधिकारका पारखीसम्मका संज्ञान र अनुभवसिद्ध अभिव्यक्तिले यही कुराको सङ्केत गरेका छन् । मूलधारमा समेटिन बाँकी कतिपय महिलाको वास्तविक र विभेदित अवस्थाको अनुसन्धान र पहिचान गर्न नै पनि […]

गणतन्त्रमा महिला अधिकारको सवाल

नेपालमा अहिले संविधान र कानुनमा रहेका महिला अधिकारको पनि व्यवहारमा अपचलन र अपव्याख्या हुने क्रम बढ्दै आएको अनुभव गरिएको छ । ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा महिला भए पनि उनीहरूको घोषित प्रतिनिधित्वको अधिकार ३३ प्रतिशत मात्र छ । त्यो एकतिहाइको भाग पनि व्यवहारमा ठगिएको, लुटिएको र चिमोटिएको अवस्थामा छ । शक्तिको केन्द्रमा नेतृत्वको निकट रहेका केही […]

महिला मुक्तिका कुराले तानेपछि (भिडियो सहित)

छ वर्षको उमेरदेखि झन्डै १५ वर्ष देशको राजधानी काठमाडौँंमा बिताएकी मायाले अक्षर चिन्ने अवसर भने पाउनु भएन । उहाँको जन्म भोजपुर जिल्ला हालकाे भाेजपुर नगरपालिका ३ दावाँ भन्ने ठाउँमा निम्न आय भएको ठुलो परिवारमा भएको थियो । छोरी हुनु र आमामा शारीरिक अपाङ्गता हुनु, यी दुई मुख्य र अन्य केही कारणले उहाँको बाल्यकाल प्रभावित भयो […]

पक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे

सुप्रभा घिमिरे प्राध्यापनका साथै नेपालको राजनीति र महिला आन्दोलनका क्षेत्रमा परिचित नाम हो । उहाँले २०२३ देखि २०५२ सालसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसमा प्राध्यापन गर्नुभयो । पद्मकन्या बहुमुखी क्याम्पस (पिके) बाट सुरु भएको उहाँको प्राध्यापन पेसा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस हुँदै केन्द्रीय क्याम्पस कीर्तिपुरसम्म गरी झन्डै तीन दशक निरन्तर रह्यो । उहाँ २०४७ सालमा […]

साथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन

मेरो राजनीति २०३९ सालमा सुरु भएको हो । म त्यतिबेला पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य थिएँ । २०४२ सालमा सत्याग्रह हुँदा पनि म पद्मकन्यामै पढ्थेँ । विद्यार्थी राजनीतिमै सक्रिय थिएँ । स्ववियुको सहसचिव थिएँ । २०४५ सालमा पद्मकन्या क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएँ । त्यसपछि स्ववियुको चुनाव लामो समयसम्म हुन नसकेकाले २०४९ […]

सुँडेनी कामसँगै राजनीति पनि गरेँ (भिडियाे सहित)

पल्टीदेवी महरा, प्रदेश सभा सदस्य सात दशकअघिसम्म पनि नेपालका विभिन्न भागमा छोरीले विद्यालय जानु हुँदैन भन्ने सामाजिक मान्यता बलियो थियो । त्यही मान्यताले धेरै छोरीहरूलाई घरभित्रकै काममा र फरक संसारमा सीमित रहन बाध्य गरिदियो । छोरीहरूले जीवनको दौडमा छोराहरू सरह अघि बढ्न चाहेर पनि पाएनन् । अशिक्षाकै कारण छोरीमान्छेको जीवनभोगाइको संसार केही फरक र अलग […]

हिंसाविरुद्ध अभियानको पुनरावलोकन जरुरी (भिडियो सहित)

– कमलाकुमारी पराजुली, अध्यक्ष, राष्ट्रिय महिला आयोग लैङ्गिक हिंसामध्ये नेपालमा सबैभन्दा धेरै घरेलु हिंसा हुने गर्दछ । आर्थिक वर्ष २०७९/८० (२०७९ साउनदेखि २०८० असारसम्म) मा मात्रै देशभर घरेलु हिंसाका १६ हजार ५१९ घटनाका मुद्दा नेपाल प्रहरीमा दर्ता भए । आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या १४ हजार २३२ थियो भने आर्थिक वर्ष २०७८/७९ मा १७ […]