पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी

सन्दर्भ : संसदीय निर्वाचन २०७९ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २०७९ साल मङ्सिर ४ गते निर्वाचन हुँदैछ । निर्वाचन आउन अब २० दिन बाँकी छ । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशतको हाराहारीमा मात्रै महिलाहरूको उम्मेदवारी परेको छ ।
लैङ्गिक असमानताको जग : घरायसी र स्याहारसुसारका काम

महिला आन्दोलनले वर्षौंदेखि विनापारिश्रमिक गरिने घरायसीलगायत स्याहारसुसारको कामले मानसिक, सामाजिक, आर्थिक, राजनैतिकलगायत विभिन्न तवरबाट नकारात्मक असर परेको मुद्दा उठाउने गरेको छ । सन् १९७९ मा मीना आचार्य तथा अन्य विज्ञहरू मिलेर गरेको ऐतिहासिक अध्ययन ‘नेपाली महिलाको मर्यादास्तर’ मा पारिश्रमिक विनाको घरायसी तथा स्याहारसुसारको कामको मापन र मूल्याङ्कन गरिनुपर्ने उल्लेख गरेको थियो ।
तीजलाई विद्रोह दिवसको रूपमा मनाउनुपर्छ – कल्पना धमला (भिडियो सहित)

तीज पर्व के हो ? यसको पौराणिक कथन के हो ? अहिले र ५०/६० वर्ष पहिलेको तीज मनाउने चलनमा के कस्तो परिवर्तन आएको छ ? तीजको नाममा गरिने तामझामले परिवारमा थप्ने आर्थिक भार तथा पार्ने सामाजिक सांस्कृतिक असरबारे पनि धेरथोर बहस सुरु भएको छ । यस वर्षको हरितालिका तीज आज परेको छ । यही सन्दर्भ […]
छोराछोरी आमाको जिम्मामा, आफू आन्दोलनमा – उमा दाहाल (भिडियो सहित)

उमा दाहाल राजनीतिज्ञ तथा समाजसेवी हुनुहुन्छ । महोत्तरी जिल्लामा जन्मिनुभएकी दाहालको विवाहपछि राजनीति गर्ने भूगोल मकवानपुर भयो । उहाँ मकवानपुरबाटै सांसदको उम्मेदवार पनि हुनुभएको थियो ।
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य

मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका पाँच संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९९६ मा ललितपुर जिल्लाको कुम्भेश्वरमा भएको थियो । निरङ्कुश राणाशासनविरुद्धको आन्दोलनमा लाग्ने क्रममा राजनीतिमा लाग्नुभएकी मोतीदेवीको निधन २०५४ साल जेठ ७ गते भयो ।
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष सिरहामा जन्मिनु भएकी डा. मञ्जुला गिरी समाजसेवी तथा पत्रकार हुनुहुन्छ । सन् १९७५ मा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको अन्तर्वार्ता गर्नुभएकी उहाँ २७ वर्षको उमेरमा वर्ल्ड प्रेस इन्स्ट्च्यिुटले दिने (डब्ल्यूपिआइ) फेलोसीप पाउनुभएको थियो । त्यति बेला उहाँ राष्ट्रिय समाचार समितिको एक मात्र महिला पत्रकार हुनुहुन्थ्यो ।
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ/सल्लाहकार लक्ष्मी कार्की २०३५/३६ सालदेखि राजनीतिक आन्दोलनमा लाग्नुभएको हो । २०४४ सालमा गठित नवौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीबाट केन्द्रिय सचिवालय सदस्य हुनुभएका उहाँले नै अनेरास्ववियुमा पहिलो पटक आफ्नो अध्यक्षतामा महिला विभाग गठन गर्नुभयो । उहाँ २०४६ मा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल महिला संघको […]
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष पृष्ठभूमि वि.सं.२०४६ को आन्दोलनको नेतृत्व गर्ने दुई वटा मुख्य मोर्चा थिए । नेकपा माले, नेकपा मार्क्सवादी, बर्मा समूहलगायत सात वटा बामशक्तिहरूको बाम मोर्चा बनाइएको थियो । सात बामपार्टीहरूमा सबैभन्दा ठूलो तत्कालीन नेकपा माले थियो । अर्को नेपाली काँग्रेस थियो ।
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष जनता समाजवादी पार्टीकी नेता हिसिला यमी लेखक पनि हुनुहुन्छ । उहाँको संस्मरणात्मक कृति ‘हिसिला : फ्रम रिभोलुसनरी टु फर्स्ट लेडी’ २०७८ सालमा प्रकाशित भयो । २०४६ सालको जनआन्दोलनका बेला यमी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्राध्यापनरत हुनुहुन्थ्यो । आन्दोलनका सक्रिय सहभागीहरूमध्ये उहाँ पनि हुनुहुन्थ्यो ।