भूमिगत राजनीतिदेखिको अनुभव (भिडियोसहित)

निर्दलीय पञ्चायती व्यवस्था चलिरहेको समय थियो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी लीला कट्टेल कार्की २०४१ मङ्सिरदेखि २०४४ असारसम्म भूमिगत हुनुभयो । २०२१ जेठमा जन्मिएकी उहाँ कक्षा १० मा पढ्दै गर्दा २०३६ सालमा विद्यार्थी सङ्गठनमा आबद्ध हुनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हुँदै उहाँ वामपन्थी राजनीतिमा लागेपछि पार्टीले उहाँलाई भूमिगत भएर काम […]
पक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे

सुप्रभा घिमिरे प्राध्यापनका साथै नेपालको राजनीति र महिला आन्दोलनका क्षेत्रमा परिचित नाम हो । उहाँले २०२३ देखि २०५२ सालसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसमा प्राध्यापन गर्नुभयो । पद्मकन्या बहुमुखी क्याम्पस (पिके) बाट सुरु भएको उहाँको प्राध्यापन पेसा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस हुँदै केन्द्रीय क्याम्पस कीर्तिपुरसम्म गरी झन्डै तीन दशक निरन्तर रह्यो । उहाँ २०४७ सालमा […]
साथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन

मेरो राजनीति २०३९ सालमा सुरु भएको हो । म त्यतिबेला पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य थिएँ । २०४२ सालमा सत्याग्रह हुँदा पनि म पद्मकन्यामै पढ्थेँ । विद्यार्थी राजनीतिमै सक्रिय थिएँ । स्ववियुको सहसचिव थिएँ । २०४५ सालमा पद्मकन्या क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएँ । त्यसपछि स्ववियुको चुनाव लामो समयसम्म हुन नसकेकाले २०४९ […]
सुँडेनी कामसँगै राजनीति पनि गरेँ (भिडियाे सहित)

पल्टीदेवी महरा, प्रदेश सभा सदस्य सात दशकअघिसम्म पनि नेपालका विभिन्न भागमा छोरीले विद्यालय जानु हुँदैन भन्ने सामाजिक मान्यता बलियो थियो । त्यही मान्यताले धेरै छोरीहरूलाई घरभित्रकै काममा र फरक संसारमा सीमित रहन बाध्य गरिदियो । छोरीहरूले जीवनको दौडमा छोराहरू सरह अघि बढ्न चाहेर पनि पाएनन् । अशिक्षाकै कारण छोरीमान्छेको जीवनभोगाइको संसार केही फरक र अलग […]
महिला आन्दोलनमा पुरुष : सहयोगी कि सहयात्री ?

आमा दिदी बहिनी होकति बस्छौ दासी भईसुख्को सधैँ प्यासी बनेर …
व्यवस्था परिवर्तनका लागि राजनीतिमा लागेँ – मेनुका काफ्ले (भिडियो सहित)

मेनुका काफ्लेको राजनीतिक यात्रा १५ वर्षको उमेरमै सुरु भयो । २०२१ सालमा जन्मिएकी उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय भएरै सहभागी भएको स्मरण गर्नुहुन्छ । राजनीतिमा आबद्ध अग्रजहरूले विभिन्न खालका पुस्तकका साथै चिनियाँ चित्रकथाका किताबहरू पढ्न दिनुहुन्थ्यो । ती चित्रकथामा चिनियाँ क्रान्तिमा १४–१५ वर्ष उमेरका किशोरकिशोरीहरूको सक्रिय सहभागिताका कुरा हुन्थे । ती कुराले राजनीतिमा लाग्नैपर्छ […]
मेचेको अवस्थामा परिवर्तन आइरहेको छ (भिडियो सहित) – कुमारी मेचे

नेपालका १० वटा लोपोन्मुख जातिमध्ये एक मेचे पनि हो । मेचे जातीय समुदायको बसोबास झापा जिल्लाको विभिन्न स्थानमा छ । २०७८ सालको जनगणना अनुसार मेचेको जनसङ्ख्या पाँच हजार १९३ छ । लोपोन्मुख जातिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । यसले मेचे समुदायका लागि शिक्षा र स्वास्थ्यमा राहत पुगेको भनाइ मेचे समुदायका अगुवाहरूको छ […]
कमाउने र जागिर खाने ठाउँ होइन राजनीति – मीना पाण्डे

मीना पाण्डेले झन्डै पाँच दशक राजनीतिमा बिताउनुभयो । २००९ साल बैशाख २९ गते रामेछापको बेथान गाउँ विकास समिति वडा नम्बर २ मा खड्का परिवारमा जन्मेकी मीना किसान परिवारकी छोरी हुनुहुन्थ्यो । बाबुआमा अशिक्षित भए पनि शिक्षाप्रति सकारात्मक सोच राख्नुहुन्थ्यो । छोराछोरी दुवैलाई पढाउनुपर्छ भन्ने भावना थियो । तर पनि पहाडबासी किसान परिवार भएकाले छोरीका लागि […]
जनआन्दोलनका सपना अधुरै रहेपछि

२०४६ सालको जनआन्दोलनताका म तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी (नेकपा माले) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (पाँचौँ) मा आबद्ध थिएँ । आबद्ध सङ्गठनको म सक्रिय कार्यकर्ता पनि थिएँ । त्यो जनआन्दोलन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको संयुक्त आह्वान र आयोजनामा भएको थियो । नेकपा माले बाममोर्चाको महत्त्वपूर्ण घटक थियो । आफू आबद्ध पार्टीसमेतको आयोजनामा भएको […]