नेपाली पत्रकारितामा महिला सहभागिता र चुनौती

नेपालमा नै छापी प्रकाशन भएको ‘सुधासागर’ बाट गणना गर्दा पनि नेपाली पत्रकारिताको यात्राले करिब सवा शताब्दीको यात्रा पार गरेको छ । यात्राको यो दौरानमा पत्रकारितामा महिलाको प्रवेश कहिलेबाट कसरी भयो र अहिलेको अवस्था के छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ ।

पत्रकारितामा महिला आउनभन्दा टिक्न गाह्रो – ज्ञानु श्रेष्ठ, पत्रकार

ज्ञानु श्रेष्ठ रामेछाप जिल्लामा बसेर ११ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएको छ । सिन्धुलीबाट निस्किने ‘जनबोली सन्देश’ दैनिक पत्रिकामा २०६८ सालदेखि रामेछापबाट समाचार पठाउने कामबाट उहाँको पत्रकारिता सुरु भएको थियो ।