आर्थिक अधिकारविनाको अप्ठ्यारो जिम्मेवारी (भिडियो सहित)

– गीता नेपाल, उपाध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका झन्डै २० वर्ष भयो गीता नेपाल थामी समुदायको आर्थिक तथा शैक्षिक अवस्था सुधार गर्न सक्रिय रहनुभएको । २०७९ सालमा भएको स्थानीय निकाय निर्वाचनबाट उहाँ सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्ष हुनुभएको छ । उहाँ नेपाली कांग्रेससँग आबद्ध स्थानीय जनप्रतिनिधि हुनुहुन्छ ।

महिलालाई मेयर स्विकार्न नै गाह्रो मान्ने समाज छ – विमला अर्याल

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवल नगरपालिकाकी प्रमुख विमला अर्याल लुम्बिनी प्रदेशको ३६ वटा नगर तथा उपमहानगर पालिका मध्येकी एक मात्र नगर प्रमुख (मेयर) महिला हुनुहुन्छ । पहिलो पटक असफल भए पनि दोस्रो पटकको उम्मेदवारीमा उहाँ मेयर बन्न सफल हुनुभयो । उहाँ विगतदेखिको आफ्नो सङ्घर्ष, बलिदान र संवैधानिक व्यवस्थाका कारण आफू नेतृत्वमा आउन सफल र […]

महँगो राजनीतिले महिलालाई अप्ठ्यारो पारिरहेको छ (भिडियो सहित) – विभा ठाकुर

सन्दर्भ : संसदीय निर्वाचन २०७९ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २०७९ साल मङ्सिर ४ गते निर्वाचन हुँदैछ । निर्वाचन आउन अब ३२ दिन बाँकी छ । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशतको हाराहारीमा मात्रै महिलाहरूको उम्मेदवारी परेको छ । अहिलेका ठुला सबैजसो पार्टीमा स्थापनाकालदेखि नै महिलाहरूको योगदान र सहभागिता रहँदै आएको छ ।

‘सन्धान मोबाइल फोटो प्रतियोगिता’ को नतिजा

आशिष गुप्ता, सुरजकुमार भुजेल र स्मृति वाई सी विजयी ‘स्थानीय तहको निर्वाचन २०७९ मा महिला सहभागिता सम्बन्धी फोटो प्रतियोगिता’ को नतिजा सार्वजनिक भएको छ ।

पालिका प्रमुखमा करिब साढे तीन प्रतिशत महिला निर्वाचित

‘स्थानीय तह निर्वाचन २०७९ विशेष’ बैशाख ३० गते भएको स्थानीय निर्वाचन २०७९ बाट पालिका प्रमुखमा २५ जना महिला निर्वाचित भएका छन् । कूल ७५३ वटा पालिकामध्ये २५ पालिकामा महिला निर्वाचित भएका हुन् । एक जना महानगरपालिका प्रमुख, एकजना उपमहानगरपालिका प्रमुखसहित १३ नगरप्रमुख र १२ जना गाउँपालिकाको अध्यक्षमा महिला निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा […]

उपप्रमुख हुँदा ७५ प्रतिशत घरमा पुगेर कुरा सुनेको छु –ताराकुमारी काजी महतो, नगरप्रमुख, माडी

‘स्थानीय तह निर्वाचन २०७९ विशेष’ वैशाख ३० गते भएको ‘स्थानीय तह निर्वाचन २०७९’ को मतपरिणाम आइरहेको छ । निर्वाचनबाट २३ जना महिला गाउँपालिका वा नगरपालिकाका प्रमुख पदमा निर्वाचित भएका छन् । नवनिर्वाचित पालिका प्रमुख महिलाहरूलाई बधाई तथा शुभकामनासहित उहाँहरूसँग ‘सन्धान’ ले सुरु गरेको संवाद जारी छ । निर्वाचित पालिका प्रमुखहरूमध्ये एक हुनुहुन्छ, नेकपा एमालेका ताराकुमारी […]

‘स्थानीय तह निर्वाचन २०७९’ : बिहीवार बिहानसम्म प्रमुख/अध्यक्षमा १५ महिला विजयी

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन २०७९ को मतगणना जारी छ । कुल ७५३ पालिकामध्ये बिहीवार बिहानसम्म ५५३ पालिकाको आधिकारिक नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको वेबसाइटमा उल्लेख भएअनुसार, अहिलेसम्म गाउँ तथा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने महिलाको सङ्ख्या १५ रहेको छ । निर्वाचित महिलाहरू हुनुहुन्छ :