महिलाको व्यक्तित्व विकासमा सहकारिता

कर्णाली कथा जुम्लाका महिलाको व्यक्तित्व विकासमा सहकारिताको महत्त्वपूर्ण स्थान रहेको छ । सहकारिताले जुम्लाका कतिपय महिलामा बचत गर्ने बानी बसेको छ । सहकारीले नै आफूमा आत्मविश्वास बढाएको र नेतृत्व तहमा पुर्याउन मद्दत गरेको ठान्ने महिलाहरू पनि छन् । तिनैमध्येमा पर्छन्, तिला गाउँपालिकाकी पूर्वउपाध्यक्ष विष्णुमाया बुढा, तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल र तिला गाउँपालिका वडा नम्बर […]
तरकारी खेतीमा जुम्लाका महिला : श्रमको बाँडफाँट र आयमा स्वामित्वको प्रश्न

“मलाई अमेरिका यै, मलाई जापान पनि यै !” बोलको गीत जुम्लाका ग्रामीण भेगका किसान महिलाको परिश्रमसँग केही हदसम्म मिल्दोजुल्दो छ । पशुपति शर्माले गाएको यो गीत चन्दननाथ नगरपालिका–९ को बयलकाटिया, पातारासी गाउँपालिका–६ को घोडेसिन र पातारासी–७ को रिनिगाउँका केही महिलाको दैनिकीसँग फरक तरिकाले मिलेको पाइन्छ । जुम्लाका महिलाहरू खेतबारीमा काम गरेर आयआर्जन गर्न सफल त […]