सुरक्षित गर्भपतन अभियानमा लाग्दा (भिडियो सहित)

डा. अरुणा उप्रेती महिला अधिकारका सवाल र जनस्वास्थ्य सरोकारका विषयमा क्रियाशील प्रबुद्ध व्यक्ति हुनुहुन्छ । पेसाले चिकित्सक उहाँले स्त्रीरोग विशेषज्ञका रूपमा काम गर्ने क्रममा महिलाको प्रजनन स्वास्थ्य र प्रजनन स्वास्थ्य सेवा सुविधामा पहुँचको अभावले भएको महिलाको मृत्युका थुप्रै घटना देख्नुभयो । त्यस्तो देखेपछि उहाँ चिकित्सक पेसाको दैनिकी छोडेर सामाजिक अभियान तथा महिला अधिकारका क्षेत्रमा बढी […]

कोरोनाको फरक कथा

विवाह भएको तीन वर्ष बितिसकेको थियो । छिमेकीले पनि चियोचर्चो गर्न थालिसकेका थिए । ‘जोईपोइको मेल पो छैन कि !’ भन्ने संशय छरछिमेकमा व्याप्त थियो ।

कहिलेसम्म यसरी बाटोमै सुत्केरी हुनुपर्ने होला ? – सिर्जना सार्की, अनमी

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ की उज्जली सुनारले यही सोमबार (भदौ ११ गते ) बिहान बाटोमै बच्चा जन्माउनुभयो । सामाजिक सञ्जाल खासगरी फेसबुक र ट्वीटरमा उहाँका तस्बिरहरूसहित विभिन्न स्टाटसहरू आउन र फैलिन थाले । केही सञ्चार माध्यममा समाचार पनि आए । सार्वजनिक भएको तस्बिरमा एक जना स्वास्थ्यकर्मीको पनि उपस्थिति देखिन्छ । उहाँ को […]

स्वास्थ्य स्वयंसेविकाहरू चरम बेवास्तामा –भगवती राजभण्डारी

स्वास्थ्य स्वयंसेविका भएर २२ वर्ष सेवा गरेकी भगवती राजभण्डारी अहिले नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ की जनप्रतिनिधि हुनुहुन्छ । स्वास्थ्य स्वयंसेविकाबाट २०७८ सालमा अवकाश पाएपछि उहाँले २०७९ वैशाखमा स्थानीय तहको चुनाव लड्नुभयो र वडा सदस्य निर्वाचित हुनुभयो । ६३ वर्षीया उहाँ अहिले पालिका स्तरको जनप्रतिनिधिको भूमिकामा क्रियाशील हुनुहुन्छ । उहाँको विचारमा महिलाले स्वास्थ्य […]

चेपाङ महिलामा प्रजनन स्वास्थ्य ज्ञानको कमी

व्यास नगरपालिका–११ राम्चेकी १८ वर्षीया प्रीति चेपाङ तीन सन्तानकी आमा हुनुहुन्छ । १४ वर्षमै विवाह गरेकी उहाँ फेरि अर्को सन्तान जन्मन्छ कि जन्मँदैन भन्नेमा अनभिज्ञ देखिनुहुन्छ । प्रीति भन्नुहुन्छ, “तीन बच्चा पनि मेरो रहरमा जन्मिएका होइनन्, अब अर्को बच्चा के हुन्छ भन्ने पनि थाहा छैन ।”

छोरीको अटिजम पहिचानपछि नयाँ जीवन सुरु भयो

अप्रिल : विश्व अटिजम सचेतना महिना काठमाडौँको सम्पन्न परिवारमा जन्मेहुर्केकी एलिना बज्राचार्यलाई जीवन सरल र सहज लाग्थ्यो । आफूले रोजेको जीवनसाथी, सोचे जस्तो जागिर, सन्तानका रूपमा एक छोरा र एक छोरी ! छोरीमा देखिएको अटिजमले भने सहजतापूर्वक हिँडिरहेको एलिनाको जीवनको सरल बाटो एक्कासि जटिलतातिर मोडियो । छोरीको अटिजम पहिचानपछि एलिनाको नयाँ जीवन सुरु भयो । […]

महिला विकास र लैङ्गिक समानताको अविस्मरणीय यात्रा

सरकारी सेवाका अमूल्य ३० वर्ष सरकारी सेवाको आज ३० वर्ष पूरा हुँदासम्म जीवन जिउन जागिर खाएको कहिल्यै सोचिनँ । हरेक क्षण मानवको सेवा गर्न गजबको अवसर पाएको छु भन्ने ठानेँ । बुद्धि विवेकले भ्याए जति गरेँ । इमान्दार हुने प्रयास गरिरहेँ । आफूले हात हालेर काम गरेको क्षेत्रका महिला र समाजलाई उत्साहित र चलायमान बनाएर […]

रजोनिवृत्ति : व्यवस्थापनका व्यावहारिक उपाय

प्रजननयोग्य उमेरको पछिल्लो खण्डमा डिम्बाशयले एस्ट्रोजन (Estrogen) हर्मोन उत्पादन गर्न बन्द गर्दा महिनावारीको प्रक्रिया रोकिन थाल्छ । महिनावारी बन्द वा रजोनिवृत्त भएपछि महिलाहरूले प्राकृतिक रूपमा गर्भधारण गर्दैनन् । एस्ट्रोजन हर्मोनले महिलाको प्रजनन अङ्गको विकासमा महत्त्व राख्छ । यसैले यसलाई ‘महिला हर्मोन’ पनि भनिन्छ । शरीरमा यो हर्मोन उत्पादन हुन छाडेपछि महिलाले आफूमा शारीरिक र मानसिक […]

लाजले गर्दा एक्लै र अँध्यारामै जन्माएँ छोराछोरी (भिडियोसहित) – चेमकान्ती बस्याल

सुरक्षित सुत्केरीका लागि योगदान गरेकी चेमकान्ती बस्याल आफू भने एक्लै सुत्केरी हुनुभएको थियो । १९८५ सालमा पाल्पाको साबिक बराङ्दी गाविस–५ साफाकुममा जन्मेकी उहाँको सानैमा बिहे भएको थियो । बिहेपछि सोही ठाउँको बेलौतीखर्क पुग्नुभयो ।