वन जोगाउन महिलाको भूमिका महत्त्वपूर्ण – भारती पाठक

भारती पाठक सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालको पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ । सामुदायिक वनको अभियानमा महिलाको सहभागिता, योगदान र नेतृत्व देखेर उहाँ सामुदायिक वनको अभियानमा लाग्नुभयो । मकवानपुरमा जन्मेकी उहाँ आफ्नो जिल्ला महिला तथा बालिका बेचबिखन प्रभावित भएका कारण विद्यार्थीकालदेखि नै महिला अधिकारका क्षेत्रमा काम गरेको स्मरण गर्नुहुन्छ ।

आँखाले हैन, चेतनाले संसार देख्ने नीरा

नीरा अधिकारीले सात वर्षको हुँदासम्म आँखा देख्नुहुन्थ्यो । २०४२ सालमा ज्वरो आएर उहाँ सिकिस्त बिरामी पर्नुभयो । चिकित्सकको भनाइअनुसार, उहाँलाई टाइफाइड भएको थियो । त्यही टाइफाइडको कारणले उहाँको आँखाको दृष्टि गयो । त्यतिबेला उहाँ कक्षा ३ मा पढ्दै हुनुहुन्थ्यो । उपचारका लागि उहाँलाई २२ दिनसम्म अस्पताल बस्न पर्‍यो । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उहाँका दुवै […]

परिवर्तन चाहने महिलालाई समाजले रोक्न सक्दैन

– मनिका झा, नेपाल पत्रकार महासङ्घ, धनुषा जिल्ला अध्यक्ष मनिका झा झन्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । धनुषाको जनकपुरमा बसेर पत्रकारिता गर्ने उहाँ हाल काठमाडौँबाट प्रकाशित हुने ‘अन्नपूर्ण पोस्ट’ दैनिकको मधेस प्रदेश ब्यूरो प्रमुख हुनुहुन्छ । उहाँ २०७७ चैतमा भएको निर्वाचनबाट नेपाल पत्रकार महासङ्घ, धनुषा जिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।

अनि श्रम शोषण र हिंसाविरुद्ध बोल्न थालेँ : – यशोदा केसी

आठ, नौ वर्षको उमेरमै यसोदा केसीले गीत गाउन सुरु गर्नुभयो । विद्यालयको शुक्रवारे प्रतियोगिताहरूमा भाग लिएर प्रथम भएपछि त उहाँले मेला–महोत्सवमा पनि गाउने अवसर पाउन थाल्नुभयो । उहाँले गीत गाएको कुरा परिवारलाई भने मन परेको थिएन । गाउँघरमा गीत गाएर हिँड्नेहरूका बारेमा नकारात्मक टिप्पणी गरिन्थ्यो । उहाँले परिवारको गाली खाएरै भए पनि गीत गाउन छोड्नुभएन […]

अपाङ्गता भएका महिलाहरूले प्रस्तुत गरे प्रतिभा (फोटो फिचर)

वि.सं. २०८० जेठ २० गते शनिवार । ललितपुर जिल्लाको सानेपास्थित हेरिटेज गार्डेनको हलमा त्यो दिन अलिक फरक कार्यक्रमको आयोजना भइरहेको थियो । कार्यक्रमको नाम थियो, ‘मिस एन्ड मिसेस् डिस्याबिलिटी क्विन–२०२३’ । यो फरक तर शारीरिक अपाङ्गता भएका देशभरका इच्छुक महिलाहरूले प्रतिभा प्रस्तुत गर्न सक्ने एउटा मञ्च थियो । ‘मिस एन्ड मिसेस् डिस्याबिलिटी क्विन’ को यो […]

बयान गर्नै सकिँदैन साइकल जानेपछिको खुसी (भिडियो/फोटोसहित)

सन्दर्भ : विश्व साइकल दिवस (जुन ३) आज विश्व साइकल दिवस ! जुन ३ तारिखलाई साइकल दिवसका रूपमा मनाउन थालेको पाँच वर्ष भयो । सन् २०१८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ३ लाई विश्व साइकल दिवस मनाउने निर्णय गरेको हो ।

कमाउने र जागिर खाने ठाउँ होइन राजनीति – मीना पाण्डे

मीना पाण्डेले झन्डै पाँच दशक राजनीतिमा बिताउनुभयो । २००९ साल बैशाख २९ गते रामेछापको बेथान गाउँ विकास समिति वडा नम्बर २ मा खड्का परिवारमा जन्मेकी मीना किसान परिवारकी छोरी हुनुहुन्थ्यो । बाबुआमा अशिक्षित भए पनि शिक्षाप्रति सकारात्मक सोच राख्नुहुन्थ्यो । छोराछोरी दुवैलाई पढाउनुपर्छ भन्ने भावना थियो । तर पनि पहाडबासी किसान परिवार भएकाले छोरीका लागि […]

जनआन्दोलनका सपना अधुरै रहेपछि

२०४६ सालको जनआन्दोलनताका म तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी (नेकपा माले) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (पाँचौँ) मा आबद्ध थिएँ । आबद्ध सङ्गठनको म सक्रिय कार्यकर्ता पनि थिएँ । त्यो जनआन्दोलन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको संयुक्त आह्वान र आयोजनामा भएको थियो । नेकपा माले बाममोर्चाको महत्त्वपूर्ण घटक थियो । आफू आबद्ध पार्टीसमेतको आयोजनामा भएको […]

पितृसत्ता के हो ?

पितृसत्ता पुरुषलाई प्रधान वा उच्च र महिलालाई सहायक वा नीच मान्ने सोचबाट निर्देशित शासनसत्ता हो । पितृसत्ताले पुरुषलाई प्रमुख, मूली वा प्रभुत्वशाली स्थानमा राख्छ भने महिलालाई पुरुषको मातहत वा पुरुषआश्रित ठान्छ । पितृसत्तामा वंश बाबुमा निहित हुन्छ र सन्तानको नागरिकता बनाउनसमेत बाबु नै चाहिन्छ । नेतृत्व भन्नेबित्तिकै पुरुष नै हो भन्ने सोच आउँछ । हरेक […]