परालमा सिप जोडेर आयआर्जन गर्दै महिला (फोटो फिचर)

सानागाउँका हरेक चोक र गल्लीमा महिलाहरू अहिले जाडो यामको घाम ताप्दै सुकुल बुनिरहेका भेटिन्छन् । ललितपुर जिल्लाको महाङ्काल नगरपालिका वडा नम्बर ६ मा रहेको यस गाउँका महिलाले परालको सुकुल मात्र होइन, चकटी, जुत्ता, मुढा आदि पनि बुन्ने गर्छन् । यो उनीहरूको पहिचान झल्काउने परम्परागत सिपमूलक पेसा हो । यसैलाई प्रयोग गरेर सानागाउँका कतिपय महिलाले आयआर्जन […]

सुँडेनी कामसँगै राजनीति पनि गरेँ (भिडियाे सहित)

पल्टीदेवी महरा, प्रदेश सभा सदस्य सात दशकअघिसम्म पनि नेपालका विभिन्न भागमा छोरीले विद्यालय जानु हुँदैन भन्ने सामाजिक मान्यता बलियो थियो । त्यही मान्यताले धेरै छोरीहरूलाई घरभित्रकै काममा र फरक संसारमा सीमित रहन बाध्य गरिदियो । छोरीहरूले जीवनको दौडमा छोराहरू सरह अघि बढ्न चाहेर पनि पाएनन् । अशिक्षाकै कारण छोरीमान्छेको जीवनभोगाइको संसार केही फरक र अलग […]

बाँचेपछि नाच्न पाउँछु भनेर ‘खुट्टा’ काट्ने निर्णय गरेँ (भिडियो सहित)

– सीता सुवेदी सीता सुवेदी शास्त्रीय नृत्य गर्नुहुन्छ । उहाँको एउटा गोडा छैन । शास्त्रीय कत्थक नृत्यमा हात र गोडाको सर्वाधिक प्रयोग गर्नुपर्ने मान्यता छ । सामान्यतः नाच्नका लागि दुई गोडा नै चाहिन्छ भन्ने सोचिन्छ । तर, प्रतिभाशाली नृत्य कलाकार सीता सुवेदी अपवादमा पर्नुहुन्छ । उहाँको लागि एउटै गोडा काफी छ, जस्तोसुकै नृत्य गर्न पनि […]

आर्थिक अधिकारविनाको अप्ठ्यारो जिम्मेवारी (भिडियो सहित)

– गीता नेपाल, उपाध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका झन्डै २० वर्ष भयो गीता नेपाल थामी समुदायको आर्थिक तथा शैक्षिक अवस्था सुधार गर्न सक्रिय रहनुभएको । २०७९ सालमा भएको स्थानीय निकाय निर्वाचनबाट उहाँ सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्ष हुनुभएको छ । उहाँ नेपाली कांग्रेससँग आबद्ध स्थानीय जनप्रतिनिधि हुनुहुन्छ ।

महिलाहरूले चलाएको सहकारी बन्यो जिल्लाकै उत्कृष्ट (भिडियो सहित)

अप्नाकुमारी श्रेष्ठ नेपालमा कतिपय महिलाहरू समूहमा आबद्ध हुँदै सहकारी चलाएर आत्मनिर्भर पनि बन्ने गरेका छन् । रामेछाप बजार र आसपासका गाउँका महिलाहरूले पनि यसै गरेको पाइन्छ । उनीहरूले २०५७ सालमा समूह गठन गरेर निश्चित रकम बचत पनि गर्ने निर्णय गरे । उतिबेला आम्दानीको स्रोत नभए पनि समूहमा आबद्ध भएर महिलाहरूले बचत गर्न थालेका रहेछन् । […]

महिलालाई मेयर स्विकार्न नै गाह्रो मान्ने समाज छ – विमला अर्याल

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवल नगरपालिकाकी प्रमुख विमला अर्याल लुम्बिनी प्रदेशको ३६ वटा नगर तथा उपमहानगर पालिका मध्येकी एक मात्र नगर प्रमुख (मेयर) महिला हुनुहुन्छ । पहिलो पटक असफल भए पनि दोस्रो पटकको उम्मेदवारीमा उहाँ मेयर बन्न सफल हुनुभयो । उहाँ विगतदेखिको आफ्नो सङ्घर्ष, बलिदान र संवैधानिक व्यवस्थाका कारण आफू नेतृत्वमा आउन सफल र […]

के पुरुष पनि महिलावादी हुन्छन् ?

लैङ्गिक न्याय र समानता चाहने जो कोही व्यक्ति पनि महिलावादी हुन सक्छ । महिलावादको सम्बन्ध व्यक्तिको यौनिक पहिचानमा होइन, उसको सोचाइ र व्यवहारसँग हुन्छ । समानतामा आधारित सामाजिक न्यायसहितको समाज निर्माणको पक्षमा लाग्ने हरेक व्यक्ति महिलावादी हुन् । यस आधारमा विचार गर्दा महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जो कोही व्यक्ति पनि महिलावादी हुने […]

उद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)

ललितपुर महानगरपालिकामा महानगरस्तरीय ‘उद्यमी महिला सञ्जाल’ गठन गरिएको छ । हालै गठन गरिएको उक्त सञ्जालमा विभिन्न उद्यममा लागेका स्थानीय महिलाहरूको सहभागिता छ ।

छोराको बिहेमा जन्त गएका आमाहरू

नेपालका केही समुदायमा आमाले छोराको बिहेमा जन्त जानैपर्ने चलन छ । यस्तो भए पनि नेपालकै अधिकांश समुदायका आमाहरूलाई ‘चलन नभएको’ मान्यताले छोराको बिहेमा जन्त जानबाट रोकेको पाइन्छ । त्यस्तो मान्यताको पछाडि चित्तबुझ्दो कुनै आधार भने भेटिएको छैन । यसैले केही आमाहरू रोकटोकको मान्यतालाई चुनौती दिँदै पारिवारिक समझदारी र तारतम्य मिलाएर छोराको बिहेमा जन्त जान थाले […]