सिपमूलक सामानलाई बेच्नैको समस्या (भिडियोसहित)

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करकी हर्कमाया थामी शक्तिशाली भूकम्पबाट घर भत्किँदा घाइते मात्रै हुनु भएन पछि विस्थापित पनि हुन पुग्नुभयो । उहाँको घर भएको जिल्ला सिन्धुपाल्चोकमै २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका परकम्पहरूका कारण सबैभन्दा बढी जनधनको क्षति भएको थियो । गोरखा भूकम्पका नामले पनि चिनिने उक्त भूकम्प भएको आठ वर्ष हुँदा […]

महिला भएरै नजानेको भन्ठान्नेहरूले मलाई पनि लैङ्गिक विभेद गरे

सन्धान संवाद शृङ्खला ६ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, सीताकुमारी पौडेल अधिकारी । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ३ स्थित रसुवा जिल्लाको कालिका गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७६ पुस १७ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशबाट महानगरपालिका […]

सिलाइकटाइ सिपबाटै थप रोजगारी सिर्जनातिर

– कल्याणी घिसिङ, उद्यमी झन्डै तीन दशकअघि सिलाइकटाइ उद्यममा लागेकी सिन्धुपाल्चोककी कल्याणी घिसिङले बाह्रबिसेमा गार्मेन्ट उद्योग पनि सञ्चालन गर्दै आउनुभएको छ । उहाँले २०४९ सालमा पहिलो पटक सिलाइकटाइ सिकेको र २०५२ सालमा पर्साको वीरगन्जमा गएर सिलाइकटाइमै व्यावसायिक काम सुरु गरेको बताउनुभयो । आफूले प्रशिक्षार्थीलाई सिपसँगै स्वरोजगारका उपायहरू पनि सिकाउनुपर्छ भनेर काम गर्दै आएको बताउने उहाँले […]

भूमिगत राजनीतिदेखिको अनुभव (भिडियोसहित)

निर्दलीय पञ्चायती व्यवस्था चलिरहेको समय थियो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी लीला कट्टेल कार्की २०४१ मङ्सिरदेखि २०४४ असारसम्म भूमिगत हुनुभयो । २०२१ जेठमा जन्मिएकी उहाँ कक्षा १० मा पढ्दै गर्दा २०३६ सालमा विद्यार्थी सङ्गठनमा आबद्ध हुनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हुँदै उहाँ वामपन्थी राजनीतिमा लागेपछि पार्टीले उहाँलाई भूमिगत भएर काम […]

महिलाहरू आत्मनिर्भर हुन सक्नुपर्छ (भिडियाे सहित)

रूपक स्वेटर उद्योगकी संस्थापक र सञ्‍चालक रुक्मिणी देवकोटा महिलाले आत्मनिर्भर हुने बाटो रोज्नैपर्ने मान्यता राख्नुहुन्छ । पाल्पा जिल्लामा २०१८ सालमा जन्मिएकी उहाँले सानैदेखि आत्मनिर्भरताको बाटो खोज्नुभयो र होजियरी तालिम लिनुभयो । तालिमपछि पाल्पामै उद्योग दर्ता गर्नुभयो ।

घरैमा गलैँचा बुनेर कमाइ गर्छन् महिला

उषा तामाङ गलैँचा उद्यमीसँगै प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको घर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा पर्छ । उहाँले २०६५ सालमा गलैँचा बुन्ने तालिम लिनुभयो । सो तालिम देशको राजधानी काठमाडौँमा सञ्चालित थियो ।

आत्मनिर्भर बन्न डुङ्गा चलाउँदै महिला

फेवातालमा डुङ्गा चढ्ने आठ वटा घाटमा सबै गरेर ३५६ वटाभन्दा बढी डुङ्गा चल्छन् । ती डुङ्गाहरू फेवा डुङ्गा व्यवसायी संगठनको मातहतमा आलोपालो प्रणालीमा सञ्चालित छन् । उक्त संगठनबाट प्राप्त जानकारी अनुसार, तीमध्ये चार–पाँच जना महिलाले मात्र नियमित डुङ्गा चलाउने काम गर्छन् ।

थारू जातिमा महिला नेतृत्वप्रति बढ्दो विश्वास

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका सात गाउँमा यस वर्ष माघमा सात जना महिला भलमन्सा बन्न सफल भए । उनीहरू थारू जातिमा रहेको परम्परागत कार्यविभाजन र बडघर प्रथाको अनुसरण गर्दै २०८०–८१ को एक वर्षका लागि आ–आफ्नो गाउँको भलमन्सा भएर नेतृत्वमा पुगेका हुन् ।

कामले सम्मान पाएकामा खुसी

– कल्पना बुढा, अटो चालक कल्पना बुढाले अटोरिक्सा चलाउन थालेको करिब पाँच वर्ष भयो । उहाँको कर्म क्षेत्र जुम्ला र कालिकोट हो । जुम्लाकै पातारासी गाउँपालिका वडा नम्बर ७ (साबिकको पातारासी गाविस वडा नंं.२) पटमारामा जन्मिएकी कल्पनाको बालविवाह भएको रहेछ । उहाँका अनुसार, मायाको लहरमा लागेर १४ वर्षको उमेरमा २२ वर्षका रतन रावतसँग बिहे भयो […]