सम्बन्ध टुट्दा ओझेलमा परेको सम्पत्तिमाथिको अधिकार

सम्बन्धविच्छेद राज्यको कानुनअन्तर्गत विवाहको आधिकारिक अन्त्य गर्ने कार्य हो । पति वा पत्नी अथवा दुवैले एक अर्कासँग सम्बन्ध कायम राखी बस्नुभन्दा सम्बन्धलाई अन्त्य गर्न उत्तम ठानेमा सम्बन्धविच्छेद हुने गर्दछ । विवाहको कानुनी दायित्व तथा जिम्मेवारी खारेज गर्ने र अधिकारको संरक्षण गर्ने कुरासँग समेत यो सम्बन्धित हुन्छ । सम्बन्धविच्छेदपछि सम्पत्तिमाथिको अधिकारबाट महिलाहरू वञ्चित हुने गरेका छन् […]
विधवा विवाहप्रति उदार बन्दै नेपाली समाज

पतिको मृत्यु हुँदा पत्नीले एकै चितामा जल्नुपर्ने सतीप्रथा उन्मूलन भएको एक शताब्दीभन्दा बढी भयो । १९७७ असार २५ गते तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले नेपालबाट सतीप्रथा अन्त्य भएको घोषणा गरेपछि आम रूपमा विधवाले बाँच्न पाए । त्यसो त इतिहासलाई हेर्दा ‘मुलुकी ऐन, १९१०’ मै ‘सती जान्याको’ व्यवस्था गरी सतीप्रथामा केही बन्देज लगाइएको देखिन्छ । त्यसपछि […]