सम्बन्ध टुट्दा ओझेलमा परेको सम्पत्तिमाथिको अधिकार

सम्बन्धविच्छेद राज्यको कानुनअन्तर्गत विवाहको आधिकारिक अन्त्य गर्ने कार्य हो । पति वा पत्नी अथवा दुवैले एक अर्कासँग सम्बन्ध कायम राखी बस्नुभन्दा सम्बन्धलाई अन्त्य गर्न उत्तम ठानेमा सम्बन्धविच्छेद हुने गर्दछ । विवाहको कानुनी दायित्व तथा जिम्मेवारी खारेज गर्ने र अधिकारको संरक्षण गर्ने कुरासँग समेत यो सम्बन्धित हुन्छ । सम्बन्धविच्छेदपछि सम्पत्तिमाथिको अधिकारबाट महिलाहरू वञ्चित हुने गरेका छन् […]
विधवा विवाहप्रति उदार बन्दै नेपाली समाज

पतिको मृत्यु हुँदा पत्नीले एकै चितामा जल्नुपर्ने सतीप्रथा उन्मूलन भएको एक शताब्दीभन्दा बढी भयो । १९७७ असार २५ गते तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले नेपालबाट सतीप्रथा अन्त्य भएको घोषणा गरेपछि आम रूपमा विधवाले बाँच्न पाए । त्यसो त इतिहासलाई हेर्दा ‘मुलुकी ऐन, १९१०’ मै ‘सती जान्याको’ व्यवस्था गरी सतीप्रथामा केही बन्देज लगाइएको देखिन्छ । त्यसपछि […]
छोराको बिहेमा जन्त गएका आमाहरू

नेपालका केही समुदायमा आमाले छोराको बिहेमा जन्त जानैपर्ने चलन छ । यस्तो भए पनि नेपालकै अधिकांश समुदायका आमाहरूलाई ‘चलन नभएको’ मान्यताले छोराको बिहेमा जन्त जानबाट रोकेको पाइन्छ । त्यस्तो मान्यताको पछाडि चित्तबुझ्दो कुनै आधार भने भेटिएको छैन । यसैले केही आमाहरू रोकटोकको मान्यतालाई चुनौती दिँदै पारिवारिक समझदारी र तारतम्य मिलाएर छोराको बिहेमा जन्त जान थाले […]
छोराको बिहेमा जन्ती गएँ, बुहारी लिएर फर्कें -जयन्ता पोखरेल

हाम्रो समाजमा छोराको बिहेमा आमा जन्ती जान हुँदैन भन्ने चलन छ । छोराको बिहेमा आमा गए ‘अशुभ’ हुन्छ भन्ने चलन हराएको छैन । तर, भदौ १ गते (अगस्त १८) जयन्ता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा दुईटा तस्बिरसँगै स्टाटसमा लेख्नुभयो, “दङ्ग परेकी रछु म त, कान्छा छोराको बिहेमा जन्ती जाँदा । बिहे घरको कामलाई राम्रो व्यवस्थापन गरेर […]