चुरे दोहनले अन्ततः सबैलाई पिर्छ

चुरे तथा वन संरक्षण अभियानका सदस्यहरू काठमाडौँको माइतीघर मण्डलमा धर्नामा छन् । २०८१ जेठ १० गते सुरु भएको धर्नामा सहभागीहरूमध्ये अधिकांश महिला छन् । उनीहरू ‘चुरे तथा वनजङ्गल संरक्षण अभियान’ लिएर २२ जनाको टोलीमा सहभागी भई २०८१ वैशाख १६ गते सप्तरीको भारदहबाट पैदल हिँडेर २३ दिनमा काठमाडौँको माइतीघर मण्डल र नयाँ बानेश्वर क्षेत्रमा आइपुगेका थिए […]