तपाईंहरूलाई खेल्नै पुगेको छैन, कसरी राजनीतिमा आएको भनेर पद्म शमशेरले सोधे (भिडियोसहित)

नेपालको राजनीतिक, सामाजिक तथा महिला मुक्तिको आन्दोलनकी अग्रणी व्यक्तित्व हुनुहुन्छ, स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ । २००४ साल साउन २२ गते मंगलादेवी सिंहको अध्यक्षतामा गठन भएको नेपाल महिला संघमा उहाँ महासचिव हुनुभएको थियो । त्यसपछि आफ्नो जीवनकालका सात दशकभन्दा बढी समय सामाजिक–राजनीतिक आन्दोलनमै बिताएको उहाँ बताउनु हुन्छ ।