सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना

‘जनआन्दोलन–२०४६’ निष्कर्षमा पुगेपछि देशमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था घोषणा भएको ३२ वर्ष पूरा भएको छ । २०४६ साल फागुन ७ गते सुरु भएको आन्दोलन झन्डै दुई महिनामा उत्कर्षमा पुगी सफल भएको थियो । चैत २६ गते राति ११:४५ बजे रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राजदरबारको विज्ञप्ति प्रसारित भयो । त्यसमा नेपालको संविधान, […]
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य

मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका पाँच संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९९६ मा ललितपुर जिल्लाको कुम्भेश्वरमा भएको थियो । निरङ्कुश राणाशासनविरुद्धको आन्दोलनमा लाग्ने क्रममा राजनीतिमा लाग्नुभएकी मोतीदेवीको निधन २०५४ साल जेठ ७ गते भयो ।
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष शान्ता बस्याल वि.सं. २०३७ सालदेखि स्कुलबाटै तत्कालीन अनेरास्ववियू एकता (पाँचौ) मा आबद्ध हुनुभयो । पाल्पा जिल्लामा जन्मिनु भएकी उहाँ २०४६ सालको आन्दोलनमा रुपन्देही जिल्लाको भैरहवा क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ/सल्लाहकार लक्ष्मी कार्की २०३५/३६ सालदेखि राजनीतिक आन्दोलनमा लाग्नुभएको हो । २०४४ सालमा गठित नवौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीबाट केन्द्रिय सचिवालय सदस्य हुनुभएका उहाँले नै अनेरास्ववियुमा पहिलो पटक आफ्नो अध्यक्षतामा महिला विभाग गठन गर्नुभयो । उहाँ २०४६ मा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल महिला संघको […]
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’
–सुशीला श्रेष्ठ

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष तत्कालीन व्यवस्था परिवर्तनका लागि २०२८ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक आन्दोलनमा लाग्नु भएकी सुशीला श्रेष्ठ २०३५ सालदेखि एक दशकभन्दा बढी भूमिगत राजनीतिमा संलग्न हुनुभयो । २०३५ साल पुसमा राष्ट्रिय सम्मेलनद्वारा गठन भएको तत्कालीन नेकपा (माले) मा आबद्ध भएर काम गर्नुभएकी श्रेष्ठ पूर्वी नेपालको पहाडी जिल्लाहरुमा राजनीति गर्दा पार्टीको काम […]
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष ललितपुर मङ्गलबजारकी बुद्धलक्ष्मी महर्जन २०४६ सालको जनआन्दोलनको बेला स्वतःस्फूर्त रूपमा सहभागी हुनुभयो । त्यसपछि संयुक्त जनमोर्चामा आबद्ध हुँदै उहाँ हाल वैज्ञानिक समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक हुनुहुन्छ ।
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष काठमाडौँ विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायबाट ‘विमेन इम्पावरमेन्ट इन पोलिटिक्स’ शीर्षक शोधप्रबन्धमा २०७४ सालमा विद्यावारिधि गर्नुभएकी पाण्डेका ‘विमेन इन नेपाली पोलिटिक्स’ समानताका पाइलाहरू’, ‘धर्तीमाथिको दाबी अधिकारको लडाइँ’ लगायत पुस्तक प्रकाशित छन् ।
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य रेग्मी विद्यालय जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ राजनीतिक परिवर्तन र महिला आन्दोलनमा क्रियाशील हुनुभएको पाँच दशक नाघिसकेको छ । २०२८ सालमा उहाँ चितवनको शारदानगर हाइस्कुलको नेविसंघ उपसभापति हुनुहुन्थ्यो । २०३६ सालको […]