पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी

सन्दर्भ : संसदीय निर्वाचन २०७९ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २०७९ साल मङ्सिर ४ गते निर्वाचन हुँदैछ । निर्वाचन आउन अब २० दिन बाँकी छ । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशतको हाराहारीमा मात्रै महिलाहरूको उम्मेदवारी परेको छ ।

न आफ्नो नाममा जमिन छ, न बन्दिलो घर छ –सुकमाया प्रजा (भिडियो सहित)

सुकमाया प्रजा (चेपाङ) मकवानपुरको हाँडीखोला गाउँपालिका वडा नम्बर ४ मा बस्नुहुन्छ । बाढीपीडित भएका कारण उहाँ आफ्नो पुरानो थातथलो छोडेर २०७४ सालदेखि त्यहाँ बस्नुभएको हो । सो ठाउँमा सुकमाया जस्तै सयभन्दा बढी चेपाङ परिवारको बस्ती छ । उनीहरू स–साना छाप्रा बनाएर बसेका छन् ।

महिला शक्ति प्रदर्शन हो इन्द्रजात्रा –डा. चुन्दा बज्राचार्य (भिडियो सहित)

काठमाडौँ उपत्यकामा यतिबेला महत्त्वपूर्ण पर्वका रूपमा मानिने इन्द्रजात्रा चलिरहेको छ । भदौ २२ गते हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्ति अगाडि विधिवत लिङ्गो ठड्याइएसँगै यस वर्षको इन्द्रजात्रा सप्ताह सुरु भएको छ । यो उपत्यकाको एउटा लामो जात्रा पनि हो । यसलाई इन्द्रोत्सव पनि भनिन्छ । यसको प्रमुख आकर्षण रथयात्रालाई मानिन्छ ।

‘कुमारी नागरिकता’ भए विवाह दर्ता प्रमाणपत्र पनि बोक्नुपर्ने – सुनिता कुमारी (भिडियाे सहित)

अहिले नागरिकता विधेयक र त्यसमा भएका विविध प्रावधानका बारेमा बहस भइरहेको छ । विधेयकमा कुनै व्यवस्था नभएको तर विशेष गरी तराई र तराईमा पनि मधेस प्रदेशमा रहेको ‘कुमारी नागरिकता’ को अभ्यास र त्यसले महिलाहरूलाई पारिरहेका व्यावहारिक अप्ठ्याराबारे आज हामीले कुराकानी गरेका छौँ ।

महिनावारी भएको भनेर ऋषि पञ्चमीमा ‘चोखिनु/चोख्याउनु’ गलत अभ्यास हो – राधा पौडेल (भिडियाे सहित)

आज ऋषि पञ्चमी । हरेक वर्ष तीजको लगत्तैपछि पर्ने भाद्र शुक्ल पञ्चमीको दिन विशेष गरी हिन्दु महिलाहरूले पूजाआजा गरी मनाउँछन् । महिनावारी भएका बेला जानीनजानी ‘छाइछुइ’ भएको रहेछ भने ‘पाप’ लाग्छ र यस्तो ‘पाप पखाल्नका लागि’ भनेर रजस्वला हुन आरम्भ भएका किशोरीदेखि महिलाहरूलाई यो दिन सप्तऋषि आदिको पूजा गर्न लगाइएको पाइन्छ । वर्ष दिनको प्रतीकको […]

छोराछोरी आमाको जिम्मामा, आफू आन्दोलनमा – उमा दाहाल (भिडियो सहित)

उमा दाहाल राजनीतिज्ञ तथा समाजसेवी हुनुहुन्छ । महोत्तरी जिल्लामा जन्मिनुभएकी दाहालको विवाहपछि राजनीति गर्ने भूगोल मकवानपुर भयो । उहाँ मकवानपुरबाटै सांसदको उम्मेदवार पनि हुनुभएको थियो ।

द्वन्द्वकालका यौनहिंसा पीडितलाई प्राथमिकतामा राखेर काम गर्ने पीडितमैत्री आयोग हुनुपर्छ  –डा. माधवी भट्ट (भिडियो सहित)

हरेक वर्ष जुन १९ लाई ‘द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ का रुपमा विश्वभर मनाउने गरिएको छ । यस दिवसको सन्दर्भमा ‘सन्धान’ ले नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला भएका बलात्कार तथा यौनजन्य हिंसाका घटना, ती घटनाको अनुसन्धान, पीडित तथा प्रभावित महिलाहरूका लागि न्याय र परिपूरणको विषय उठान गरिरहेको छ ।

सशस्त्र द्वन्द्वका समयमा यौनहिंसामा परेका महिलाहरुको न्यायका लागि विशेष युनिट चाहिन्छ (भिडियो सहित)

हरेक वर्ष जुन १९ लाई ‘द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ का रुपमा मनाउने गरिएको छ । यस दिवसको सन्दर्भमा ‘सन्धान’ ले नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला भएका बलात्कार तथा यौनजन्य हिंसाका घटना, ती घटनाको अनुसन्धान, पीडित तथा प्रभावित महिलाहरूका लागि न्याय र परिपूरणको विषय उठान गरिरहेको छ ।

फोटो पत्रकार बज्राचार्यको नजरमा २०४६ को जनआन्दोलन

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष फोटोग्राफीबाट फोटो पत्रकारितामा पाइला चाल्दै गर्दा मिन रत्न बज्राचार्यले २०४६ सालमा प्रजातन्त्रका लागि भएको जनआन्दोलनलाई क्यामेराको लेन्सबाट राम्ररी नियाल्न पाउनुभयो । सर्वमान्य नेता गणेशमान सिंहको निवास चाक्सीबारीमा भएको नेपाली कांग्रेसको सम्मेलनबाटै प्रजातन्त्रका लागि आन्दोलन गर्ने घोषणा भयो । त्यो घोषणासभाको तस्बिर खिचिरहनुभएका बज्राचार्य जनआन्दोलनभर काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा […]