अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ

खगेन्द्र नवजीवन केन्द्रका निमित्त कार्यकारी निर्देशक सूर्यकुमारी गुरुङ काठमाडौँ महानगरपालिका वडा नम्बर ४ चण्डोलमा बस्नुहुन्छ । २०२४ सालमा नुवाकोटमा जन्मिनुभएकी उहाँको गोडामा एकाएक घाउ निस्कियो । समयमै राम्रो उपचार पाउनुभएन । २०३१ सालमा सात वर्षको उमेरमा उहाँको गोडा नै काट्न पर्‍याे। आफूले बाल्यकालदेखि नै शारीरिक अपाङ्गताको अवस्थालाई भोग्न परेका कारण उहाँले ठुलो भएपछि अपाङ्गता भएका […]

आँखै अगाडि बुबा एक्कासि ढल्नुभयो – शशिन्द्र महर्जन (सहिद लनबहादुरको छोरा) (भिडियो सहित)

शशिन्द्र महर्जन २०४६ सालको जनआन्दोलनमा सहभागी किशोर र सहिद पिताका पुत्र हुनुुहुन्छ । पञ्चायती शासन व्यवस्थाको विरुद्ध भएको सो आन्दोलनको लहरले अन्यत्र जस्तै काठमाडौँको कीर्तिपुरलाई पनि तरङ्गित बनाइसकेको थियो । चैतमा त्यहाँ ठुलो आन्दोलन भयो । चैत २० गते कीर्तिपुरवासीसँग प्रहरीको झडप भयो र गोली चल्यो । गोली लागेर चार जना सहिद भए । सहिदहरूमा […]

अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)

पञ्चायती शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा देशव्यापी जनआन्दोलन भयो । जनआन्दोलन सफल भएर देशमा बहुदल स्थापना भएको अहिले ३३ वर्ष पुगेको छ । त्यो आन्दोलनको बारेमा खोजी पस्दा देशभरिबाट सबै वर्ग, क्षेत्र, समुदाय, लिङ्ग र विशेष खालको क्षमता भएका नागरिक सहभागी भएको बुझिन्छ । सहभागीहरूमध्ये एक हुनुहुन्छ, कुमार थापा । पूर्णदृष्टिविहीन […]

सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)

औपचारिक रूपमा २०३४ सालदेखि पार्टीमा आबद्ध शशी श्रेष्ठ त्यतिबेलैदेखि नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन अन्तर्गतको अखिल नेपाल महिला संघ र विद्यार्थी सङ्गठनमा पनि आबद्ध हुनुभयो । २०३६ सालदेखि पूर्णकालीन सदस्य भएर कम्युनिस्ट राजनीति गर्न थालेकी उहाँ २०३८ सालमा पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा निर्वाचित हुनुभयो । साथै, २०४० सालदेखि करिब २० वर्ष […]

बहुल पहिचानमा राज्यको समबुझाइ र समभाव हुनुपर्छ – प्रतिमा गुरुङ (भिडियो कुराकानी)

प्रतिमा गुरुङ अपाङ्गता भएका आदिवासी जनजाति महिलाहरूको अधिकारका लागि काम गर्नुहुन्छ । उहाँ राष्ट्रिय आदिवासी अपाङ्ग महिला सङ्घ नेपाल (निडवान नेपाल) को अध्यक्ष हुनाका साथै अपाङ्गता भएका आदिवासी जनजातिहरूको ग्लोबल नेटवर्कमा आबद्ध हुनुहुन्छ । उहाँले अपाङ्गता भएका महिलाहरूलाई घरपरिवार भित्रैबाट हुने हिंसा र विभेदसम्बन्धी अनुसन्धान गर्नुभएको छ ।

पत्रकारितामा महिला आउनभन्दा टिक्न गाह्रो – ज्ञानु श्रेष्ठ, पत्रकार

ज्ञानु श्रेष्ठ रामेछाप जिल्लामा बसेर ११ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएको छ । सिन्धुलीबाट निस्किने ‘जनबोली सन्देश’ दैनिक पत्रिकामा २०६८ सालदेखि रामेछापबाट समाचार पठाउने कामबाट उहाँको पत्रकारिता सुरु भएको थियो ।

छोरीछोरा दुवैलाई अंश दिन्छु भनेर उबेलै बोलेँ र दिएँ –दुइजे हायु

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ वादीका स्थायी बासिन्दा हुनुहुन्छ, दुइजे हायु । १९९१ सालमा जन्मिएका उहाँ ९० वर्ष पुग्न लाग्नुभयो । बस्तीका विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्दा थाहा भयो, छोरीहरूलाई अंश दिने व्यक्तिको रूपमा चिनिनुहुँदो रहेछ, दुइजे हायु ।

म त पहिलेदेखि नै महिला पुरुष दुवैले घरभित्रको काम गरेपछि मात्रै समानता आउँछ भन्थेँ – गणेशकुमारी भट्टराई (भिडियो सहित)

गणेशकुमारी भट्टराई नेपाली कांग्रेस र त्यसको भगिनी संस्था ‘नेपाल महिला संघ’ को पुरानो नेत्री हुनुहुन्छ । २०४६ सालको जनआन्दोलन सफल भएर देशमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएपछि नेपाल महिला संघको रामेछाप जिल्ला सभापति हुने पहिलो महिला उहाँ नै हुनुहुन्छ ।

परिवार धान्न नसकेपछि छोरीलाई कमलरी पठाउँथे – कौशिला चौधरी (भिडियो सहित)

नेपालमा कमलरी मुक्त घोषणा भएको ९ वर्ष पुगेको छ । २०७० साल असार १३ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले कमलरी मुक्तिको घोषणा गरेको थियो । घोषणा भएपछि करिब १३ हजार किशोरी तथा बालिका कमलरी प्रथाबाट मुक्त भए ।