कमैयादेखि कमलरीको मुक्ति र पुनर्स्थापना अभियानमा जुट्दा (भिडियोसहित) – मैनामोती चौधरी

मैनामोती चौधरी मुक्तकमलरीहरूको महिला तथा मानव अधिकार र पुनर्स्थापनाका लागि क्रियाशील हुनुहुन्छ । उहाँले कमैया तथा कमलरीको मुक्ति अभियान र मुक्तिपछिको अधिकारका लागि काम गर्दै आएको झन्डै दुई दशक भइसकेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की बासिन्दा उहाँ इन्सेकको जिल्ला प्रतिनिधिका रूपमा पनि काम गर्नुहुन्छ ।

सामूहिक बचतबाट हुँदै आएको हो परिवर्तन (भिडियो सहित)

रामेछाप जिल्ला तत्कालीन रामेछाप गाउँ विकास समितिका छ जना महिला मिलेर २०५७ सालमा एउटा समूह बनाए । उनीहरूले समूहमा मासिक पाँच रुपैयाँ बचत गर्ने निर्णय पनि गरे । आजभन्दा २४ वर्षअघि गाउँमा पैसा हातमा पर्ने बाटो केही पनि नभएका तर घरधन्दा र खेतीपातीमा व्यस्त हुनुपर्ने महिलाका लागि त्यो पाँच रुपैयाँ पनि ठुलो थियो । त्यति […]

आर्थिक अधिकारविनाको अप्ठ्यारो जिम्मेवारी (भिडियो सहित)

– गीता नेपाल, उपाध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका झन्डै २० वर्ष भयो गीता नेपाल थामी समुदायको आर्थिक तथा शैक्षिक अवस्था सुधार गर्न सक्रिय रहनुभएको । २०७९ सालमा भएको स्थानीय निकाय निर्वाचनबाट उहाँ सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्ष हुनुभएको छ । उहाँ नेपाली कांग्रेससँग आबद्ध स्थानीय जनप्रतिनिधि हुनुहुन्छ ।

बयान गर्नै सकिँदैन साइकल जानेपछिको खुसी (भिडियो/फोटोसहित)

सन्दर्भ : विश्व साइकल दिवस (जुन ३) आज विश्व साइकल दिवस ! जुन ३ तारिखलाई साइकल दिवसका रूपमा मनाउन थालेको पाँच वर्ष भयो । सन् २०१८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ३ लाई विश्व साइकल दिवस मनाउने निर्णय गरेको हो ।

जनआन्दोलनमा म, श्रीमान् र छोरा जेल परेका थियौँ (भिडियो सहित) – यज्ञकुमारी सिटौला

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बिर्ताबजार निवासी यज्ञकुमारी सिटौला नेपाली कांग्रेसको पुरानो राजनीतिज्ञ हुनुहुन्छ । ८२ वर्षीया सिटौला अहिले पनि देशको राजनीति र राजनीतिक अवस्थाबारे उत्तिकै चासो र चिन्ता गर्नुहुन्छ ।

गोली लागेका श्रीमान्‌काे शव पनि हेर्न दिइएन (भिडियो सहित)

– शरण महर्जन (सहिद लनबहादुरकी श्रीमती) जनआन्दोलन २०४६ अन्तर्गत चैत २० गते कीर्तिपुर तनावग्रस्त भयो । स्थानीय चार युवालाई प्रहरीले गिरफ्तार गरेपछि उनीहरूको रिहाइको माग गर्दै स्थानीय बासिन्दाले प्रहरी चौकी घेराउ गरे । त्यसपछि आन्दोलन सुरु भएको थियो ।आफन्त/छिमेकी पक्राउ परेको विरोधमा हरेक घरबाट स्थानीय मानिसहरू निस्किएपछि कीर्तिपुरको कुटुझोल क्षेत्र तनावग्रस्त बनेको थियो । आन्दोलनलाई […]

सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)

औपचारिक रूपमा २०३४ सालदेखि पार्टीमा आबद्ध शशी श्रेष्ठ त्यतिबेलैदेखि नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन अन्तर्गतको अखिल नेपाल महिला संघ र विद्यार्थी सङ्गठनमा पनि आबद्ध हुनुभयो । २०३६ सालदेखि पूर्णकालीन सदस्य भएर कम्युनिस्ट राजनीति गर्न थालेकी उहाँ २०३८ सालमा पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा निर्वाचित हुनुभयो । साथै, २०४० सालदेखि करिब २० वर्ष […]

लाजले गर्दा एक्लै र अँध्यारामै जन्माएँ छोराछोरी (भिडियोसहित) – चेमकान्ती बस्याल

सुरक्षित सुत्केरीका लागि योगदान गरेकी चेमकान्ती बस्याल आफू भने एक्लै सुत्केरी हुनुभएको थियो । १९८५ सालमा पाल्पाको साबिक बराङ्दी गाविस–५ साफाकुममा जन्मेकी उहाँको सानैमा बिहे भएको थियो । बिहेपछि सोही ठाउँको बेलौतीखर्क पुग्नुभयो ।

टीका र चुरा किन्ने पैसा बचाएर राजनीतिक अभियानमा (भिडियो सहित)– प्रेममाया श्रेष्ठ

सन्दर्भ : संसदीय निर्वाचन २०७९ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्नका लागि यही २०७९ मङ्सिर ४ गते निर्वाचन हुँदैछ । देशभरका मतदाताले मतदानस्थलमा गएर मतदान गर्न अब १३ दिन बाँकी छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशतको हाराहारीमा मात्रै महिलाहरूको उम्मेदवारी परेको छ ।